• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

४५ वर्षपछि विश्वको जनसंख्या कम हुँदै जाने

अहिले हामी एउटा नयाँ युग घोषणाको प्रक्रियामा छौं। यो युगको नाम हो एन्थ्रोपोसिन। यो युग प्रकृतिमाथि मानिसको प्रभावको परिणाम हो। ठिक यही बेला हाम्रो जनसंख्या प्राकृतिक रुपमा कम हुँदै गएको छ। जनसंख्या घटने दर केही दशकमै यती तीब्र हुनेछ कि त्यसको पुर्ताल हुनेछैन।

लान्सेट जर्नलमा प्रकाशित एक अध्ययन्को दाबी अनुसार सन् २०६४ मा विश्वको जनसंख्या ९ अर्ब तीन करोड पुग्ने छ। यो नै विश्व जनसंख्याको चरम स्तर हुनेछ। यसपछिका ३६ वर्षमा अर्थात यो शताब्दीको अन्त्यसम्ममा जनसंख्या ८ अर्ब ७९ करोडमा झर्नेछ।

इन्स्टिच्युट अफ हेल्थ मेट्रिक्स र वासिङटन विश्वविद्यालयका अनुसन्धानकर्ताले गरेको यो अध्ययन्मा सन् २१०० सम्म विभिन्न अवधिको जनसंख्या अनुमानका लागि १९५ देशको जनसंख्याका विभिन्न आयामलाई पहिल्याइएको छ।

अध्ययन्‌मा सहभागी क्रिस्टोमर मरेका अनुसार विश्वका अधिकांश देशको जनसंख्या प्राकृतिक रुपले नै घटदो छ। वैश्विक प्रजनन् दर सन् २०१७ मा २।४ रहेकोमा सन् २१०० सम्म पुग्दा १।७ प्रतिशत मात्र रहनेछ।

अध्ययन्‌का अनुसार सन् २१०० सम्म भारत विश्वमा सबैभन्दा धेरै जनसंख्या भएको देश बन्ने छ। भारतपछि दोस्रोमा नाइजिरिया हुनेछ भने चीन तेस्रो नम्बरमा झर्नेछ। जनसंख्या धेरै भएका देशमध्ये अमेरिका चौथो, पाँचौमा पाकिस्तान रहनेछन्।

यद्यपि, सन् २०५० पछि भारतको जनसंख्या पनि तीब्ररुपमा कम हुँदै जाने अध्ययनले देखाएको छ। यती हुँदाहुँदै पनि अन्य देशमा समेत जनसंख्या तीव्र रुपमा कम हुने हुँदा भारत सन् २१०० मा विश्वमा सबैभन्दा धेरै जनसंख्या भएको देश बन्नेछ।

अध्ययनका अनुसार भारत र चीनको जनसंख्या सन् २०५० भन्दा पहिले नै आफ्नो उच्चतम स्तरमा पुग्नेछ। यसपछि सन् २१०० सम्म चीनको जनसंख्या ५१।१ प्रतिशत र भारतको जनसंख्यामा ६८।१ प्रतिशतको गिरावट आउनेछ।

अहिले विश्वमा इतिहासमै सबैभन्दा धेरै युवा जनसंख्या छ। तर, अध्ययनले सन् २१०० मा स्थिति उल्टो हुने देखाएको छ।

यो शताब्दीको अन्तिमसम्ममा २ अर्ब ३७ करोड जनसंख्या ६५ वर्षभन्दा माथिको हुनेछ भने २० वर्षभन्दा कम उमेर समूहको जनसंख्या जम्मा १ अर्ब ७० करोड मात्रै। ८० वर्षभन्दा अधिक उमेरका मानिसको जनसंख्या ८६ करोड ६० लाख हुनेछ। सन् २०१७ मा यो जनसंख्या १४ करोड १० लाख थियो।

अध्ययनले वृद्ध जनसंख्या बढेसँगै बालबालिकाको जनसंख्यामा कमी आउने उल्लेख गरेको छ। सन् २०१७ र सन् २१०० का बीचमा पाँच वर्ष मुनीका बालबालिकाको संख्यामा ४१ प्रतिशतले कमी आउने छ।

यद्यपि, सब सहारा अफ्रिका, उत्तर अफ्रिका र खाडी मुलुकमा यो शताब्दीको अन्त्यसम्म पनि जनसंख्या बढ्दै जानेछ।

मध्य यूरोप, पूर्वी यूरोप र मध्य एसियाको जनसंख्या सन् १९९२ मै आफ्नै उच्चतम स्तरमा पुगिसकेको छ। यहाँ जनसंख्या कम हुने क्रम यो शताब्दी भर नै जारी रहनेछ।

अध्ययन्‌का अनुसार दक्षिण एसिया, पूर्वी एसिया, ओसेनिया, मध्य युरोप, पूर्वी युरोप र मध्य एसियामा जनसंख्यामा कमी आउने दर सबैभन्दा बढी हुनेछ।

अध्ययन्‌मा भविष्यमा हुने आप्रवासनको पनि अनुमान गरिएको छ। अनुमान गरिए अनुसार सन् २१०० मा १९५ मध्ये ११८ देशमा आप्रवासनको दर १००० मा एकजना हुनेछ।

यसबाहेक ४४ देशमा प्रति १००० जनामा यो दर २ हुनेछ। अमेरिका, भारत र चीनमा आप्रवासीको संख्या सबैभन्दा धेरै हुनेछ। अर्कोतिर सोमालिया, फिलिपिन्स र अफगानिस्तानबाट देश छोड्नेको संख्या निकै ठूलो हुनेछ।

बिहिबार, साउन ०१, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.