काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार झण्डै ३ घण्टा लामो छलफल भएको छ ।
प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटारमा भएको छलफल पार्टी भित्र देखिएको आन्तरिक विवाद मिलाउन केन्द्रित भएको अध्यक्षद्वयको सचिवालयले जानकारी दिएको छ । अध्यक्षद्वयका बीचमा सौहार्दपूर्ण छलफल भएको र भोली फेरी बस्ने सहमित भएको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।
पार्टी स्थायी कमिटी बैठक चलिरहेका बेला केही दिन यता अध्यक्षद्वयबीच लगातार छलफल चलिबरहेको छ । अध्यक्ष प्रचण्डसहितका नेताहरुले प्रधानमन्त्री ओलीले पदबाट राजिनामा दिनुपर्ने प्रस्ताव अघि सारेका छन् भने प्रधानमन्त्रीले कुनै हालतमा नहट्ने अडान लिईरहेका छन् । अध्यक्षद्वयको बैठक बिहिबार फेरी बस्नेगरि आज सकिएको हो ।
आन्तरिक कलह चुलिदै जाँदा नेकपा फुटको संघारमा पुगेको आंकलन समेत गर्न थालिएको छ ।