प्रहरीले नेत्रविक्रम चन्द नेतृत्व बिप्लवको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका एकजना केन्द्रीय सदस्यलाई पक्राउ गरेको छ।
सुदूरपश्चिम इञ्जार्ज समेत रहेका ओम पुनलाई प्रहरीले कैलालीको धनगढीबाट पक्राउ गरेको हो। उनलाई प्रहरीले लखेटी लखेटी पक्राउ गरेको जनाइएको छ।
अप्रेसन जारी रहेको भन्दै प्रहरीले यस विषयमा थप जानकारी दिन मानेको छैन। पुनलाई प्रहरीले यसअघि पनि पटक पटक पक्राउको प्रयास गरेको थियो। उनी बसेको ‘लोकेशन’ नजिकै प्रहरी पुगेपनि पक्राउ गर्न असफल हुँदै आएको थियो।