धनगढी, २४ असार- सुदूरपश्चिम प्रदेश सभाको बैठकमा प्रतिपक्षी दलको नाराबाजीका बिच बजेट पास गरेपछि प्रतिपक्षी दलहरु संर्घषमा जाने भएका छन् । असार २४ गते एकै दिन लगातार तिन पटक प्रदेश सभा बैठक गरी अन्तीम बैठकमा बजेट पास गरेका थिए ।
बुधबार बिहान र दिउँसो गरेर २ पटक बसेको बैठकको प्रारम्भ मै प्रतिपक्ष दलहरुले नाराबाजी गर्दै रोष्टम घेराउ गरेका थिए । सदनमा सभामुख निकै आक्रामक देखिएका थिए । प्रदेश सभाका सभामुख अर्जुन बहादुर थापाले प्रतिपक्ष दलहरुको अबरोधलाई बेवास्तै गर्दै सदनको काम कार्बाही अगाडी बढाएका थिए ।
प्रतिपक्षी दलहरुको चर्को नाराबाजीका बीच सभामुख अ थापाले अनुमति दिएपछि आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले बजेट पारित होस् भनी प्रस्ताब सदनमा पेश गरेका हन् । उनको प्रस्तावमा सत्तापक्षका साँसदहरुले समर्थन गरेपछि बजेट पारित भएको हो । प्रदेश सरकारले बजेट ल्याएपछि बिपक्षी दल नेपाली काँग्रेस र समाजबादीले लगातार सदन अबरोध गर्दै आएका थिए ।
प्रतिपक्षी दलहरूले कोरोनाको पिसिआर चेकजाँचको दायरा बढाउनुपर्ने, क्वारेन्टाइन तथा आइसोलेशनलाई व्यवस्थित गर्नुपर्ने, संक्रमितलाई आइसोलेशनमा राखेर उपचार गर्नुपर्ने,कोरोना रोकथामाको लागी गरिएको खर्च सार्बजनिक गर्नु पर्ने लगायतका माग अघि सार्दै संसदमा अवरोध गर्दै आएको नेपाली काँग्रेस, सुदूरपश्चिम प्रदेशका संसदीय दलका नेता डा. रणबहादुर रावलले बताए ।
उता प्रदेश सरकारका प्रबक्ता तथा आन्तरिक मामिला मन्त्री प्रकाशबहादुर शाह भने प्रतिपक्षी दलको संसदमा अबरोध बेमौसमी बाजा भएको आरोप लगाएका छन् । बिरोध गर्न थियो भने पनि संसदमै संसदको सम्बादबाट गर्नु पर्ने प्रबक्ता शाहको भनाई छ ।
५३ सदस्यीय रहेको सुदूरपश्चिम प्रदेशसभामा सत्तापक्ष नेपाल कम्युनिष्ट पार्टी नेकपाका ३९, प्रतिपक्षी नेपाली काँग्रेसका १२ र राष्ट्रिय जनता पार्टीका दुईजना सदस्य छन् ।