• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

मन्त्रीहरुलाई प्रधानमन्त्रीले भने–‘पार्टी लगभग फुट्यो, तपाईंहरु कता हो कित्ता क्लिएर गर्नुस्’

 काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कित्ता क्लिएर गर्न मन्त्रीहरुलाई चुनौतिका रुपमा निर्देशन दिएका छन् । बालुवाटारमा शनिबार साँझ आफ्नो मन्त्रिपरिषदका मन्त्री तथा राज्यमन्त्रीलाई बोलाएर प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । नेकपा फुटको संघारमा पुगेको र एकताका लागि अझै प्रयास भने जारी राख्ने उनले बताउँदै कित्ता क्लिएर गर्न निर्देशन दिएका थिए । ‘

मैले अब बाइ स्टेप, बाइ फोर्स कदम चाल्दै छु । तपाईंहरु कता लाग्ने हो रु कित्ता क्लिएर गर्नुहोस्‘, प्रधानमन्त्रीको भनाई उद्धिृत गर्दैै एक मन्त्रीले समाचार दैनिकसँग भने । पार्टी एकता चरम सङ्कटमा परेको अर्थ लगाउदै प्रधानमन्त्री ओलीले स्थायी कमिटी बैठकमा समेत आफुलाई तल्लो स्तरमा झरेर अपमानित ढंगले गालिगलौज गरिएको गुनासो गरे ।

यो षडयन्त्र हो, म यस्ता षडयन्त्रपूर्ण तरिकाले भएका स्थाय कमिटीका कुनै निर्णय मान्दिन । तपाईंहरू मन्त्रिपरिषद् सदस्य मात्रै होइन । पार्टी कमिटी सदस्य पनि हो । कता लाग्ने क्लियर गर्नुस ।ु साँझ साढे ७ बजेदेखिको बैठकमा झण्डै आधा घन्टा बोलेका प्रधानमन्त्री ओलीले अर्को बैठकमा आउँदा आफ्नो निर्णय लिएर आउन मन्त्रीहरुलाई अल्टिमेटम दिएको स्रोतले  बताएको छ ।

उनले पार्टी फुट्न लागेकोबारे मन्त्रीहरुसँग गुनासो गरेका थिए । यस विषयमा मन्त्री तथा राज्यमन्त्रीहरूसँग परामर्श गर्दै उनले सुझाव समेत मागेको सामान्य प्रशासन मन्त्री हृदेयश त्रिपाठीले  जानकारी दिए । प्रधानमन्त्री ओलीले पार्टी स्थायी कमिटीमा एजेण्डा नै नभएका विषयमा छलफल भएको र आफुलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट अपमानजनक ढंगले हटाउन खोजिएको गुनासो गरे ।

त्यस्तो अवस्था आउन नदिने अडान राख्दै प्रधानमन्त्री ओलीले भनेको कुरा उदृत गर्दै एक मन्त्रीले भने, ‘म अन्तिम समयसम्म पार्टी बचाउने प्रयास गर्छु तर सकिएन भने अलग हुन्छ । त्यसमा तपाईंहरुको सहयोग र साथ चाहिन्छ । पार्टीका साथीहरुको गतिविधि तपाईं सबैलाई थाहा नै छ । कसले के गरिरहेको छ, त्यो कुरा पनि सबै थाहा नै होला । यस्तो गतिविधिले पार्टी एक रहन सक्दैन ।’ देश र पार्टीलाई दुर्घटनाबाट बचाउने आफ्नो प्रयास अन्तिमसम्म रही रहने र अहिले पनि त्यसैका लागि लागिरहेको उनले दोहोर्याएका थिए ।

‘जुन साथीलाई म मन पर्छु, त्यो साथीले मलाई साथ दिनुहोला, जुन साथीलाई म मनपर्दैन साथ नदिनुहोला,’ प्रधानमन्त्रीले भनेका थिए । प्रधानमन्त्री ओलीले अहिले आफुले सरकारको नेतृत्व छाड्दा राष्ट्रियता समेत कमजोर हुने दावी गरेका छन् । एक मन्त्रीका अनुसार राष्ट्रियता र कम्युनिष्ट आन्दोलनको रक्षा हुने ज्ञरेण्टी भएमा आफुले राजिनामा दिने बताए ।

प्रधानमन्त्री ओलीले बोलिसकेपछि मन्त्रीहरु वर्षमान पुन, घनश्याम भुसाल र विना थापामगर पार्टीलाई फुटबाट जोगाउन आग्रह गरेका थिए । सत्तारुढ दल नेकपाभित्र पछिल्लो समय विवाद चर्किरहेको बेला मन्त्रीहरुलाई ओलीले त्यस्तो निर्देशन दिएका छन् । १० असारदेखि जारी पार्टीको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा माग भइरहेको छ ।

सरकार संचालनमा एकलौटी भएको, पार्टीका गतिविधिहरुमा ध्यान नगएको, पार्टी फुटाउन उद्दत भएको भन्दै पार्टी भित्रकै शीर्ष नेताहरुले उनलाई राजीनामाका लागि भनेका थिए । पार्टीभित्रबाटै राजीनामा माग भएपछि उनले परिस्थिति जटिल बनेको भन्दै आफ्ना सरकारका मन्त्रीहरुलाई बोलाएर संकटको समाधान गर्नेगरी अघि बढ्न भनेका हुन् ।

यसअघि प्रधानमन्त्री ओलीले केहीबेर अघिमात्र राष्ट्रपति विद्यादेवी भण्डारीसँग झण्डै २ घण्टा छलफल गरेर आएका थिए । राष्ट्रपतिसँग उनले पछिल्लो एक हप्तामा ३ पटक भेट गरिसकेका छन् ।

 

आइतबार, असार २१, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.