कैलाली र कञ्चनपुरमा अनुदानमा उपकरण वितरणमा मनोमानी भएको छ । अनुदानका लागि हचुवाको भरमा कृषक छनौट गरेको पाईएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरले हचुवाको भरमा मुल्यांकन गरि आवेदक छनोट गरेको जनाएको जानकारी दिएको छ । कृषि अनुदानमा अनियमितता भएको उजुरीपछि कृषि ज्ञान केन्द्र पुगेको अख्तियारको टोलीले प्रारम्भिक अनुसन्धानमा हचुवाको भरमा आवेदक अर्थात किसान छनोट गरेको फेला पारेको छ ।
प्रदेश कृषि निर्देशनालयको कृषि उपकरण अनुदान कार्यक्रमका लागि ६ हजार ८३ जनाले आवेदन दिएकोमा तीन सय ४७ आवेदक छनोट भएका थिए । अनुदान दिनका लागि स्थलगत अध्ययन, गरिरहेको काम केही पनि नहेरेर अनुदान दिने काम भईरहेको पाईएपछि अख्तियारले सोमवार छापा हान्दै कागजात नियन्त्रणमा लिएको थियो । प्रारम्भीक अनुसन्धानमा अनुदान वितरणमा मनोमानी भईरहेको पाईएको अख्तियार कञ्चनपुरका निमित्त प्रमुख महेश पाण्डेयले जानकारी दिए ।
सुदूरपश्चिम प्रदेशमा कृषि तर्फ ५० प्रतिशत अनुदानमा यन्त्र उपकरण वितरण गर्ने तयारी छ । सुदूरपश्चिम सरकारको भूमी, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मातहतको कृषि निर्देशनालय डोटीले आर्थिक बर्षको अन्त्यमा हतार–हतारमा कृषि उपकरण वितरण गर्ने तयारी थालेको छ । ५ करोडका कृषि उपकरण अनुदानमा वितरणका लागि निर्देशनालयले ५ महिना अघिदेखि नै प्रक्रिया अगाडी बढाएको थियो । उपकरण खरिदका लागि आपूर्तिकर्ता छनोट गर्न झण्डै तीन महिना लगाएको निर्देशनालयले किसानहरु छनोटमा भने ढिलाई गरेको छ ।
कृषि निर्देशनालयले माघ २० गते कृषि अनुदानको लागि आपुर्तिकर्ताबाट सिलवन्दी दरभाउपत्र आव्हान सम्बन्धी सूचना प्रकाशन गरेको थियो । १० आपूर्तिकर्ताले बोलपत्र दर्ता गराएकोमा ४ वटा आपूर्तिकर्तालाई छनोट गरीएको कृषि निर्देशनलय डोटीका सूचना अधिकारी टेकवहादुर विष्टले भने,जानकारी दिए । १० करोडका २२ प्रकारका उपकरण खरिदका लागि टेण्डर भएकोमा ५ करोड कृषि निर्देशनालय र बाँकी ५ करोड किसानहरुले तिर्ने छन् । कृषि यन्त्र र उपकरण आपूर्तिको जिम्मा पाएका चार वटा सप्लायर्सले टेण्डर आह्वान भएपछि छनोट नहुँदै कृषि निर्देशनालयले मागेका उपकरण खरिद गरिसकेका थिए । यस्ले टेण्डरमा पनि मिलोमतोको आशंका गरिएको छ ।
कैलाली, कञ्चनपुरमा अनुदानमा उपकरण बाड्न हचुवाको भरमा कृषक छनौट : अख्तियार
कैलाली र कञ्चनपुरमा अनुदानमा उपकरण बितरण गर्न हचुवाको भरमा कृषक छनौट गरेको पाईएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरले हचुवाको भरमा मुल्यांकन गरि आबेदक छनोट गरेको जनाएको हो।
कृषि अनुदानमा अनियमितता भएको उजुरीपछि कृषि ज्ञान केन्द्र पुगेको अख्तियारको टोलीले प्रारम्भिक अनुसन्धानमा हचुवाको भरमा आवेदक अर्थात किसान छनोट गरेको फेला पारेको हो। ‘ प्रदेश कृषि निर्देशनालयको कृषि उपकरण अनुदान कार्यक्रमका लागि ६ हजार ८३ जनाले आबेदन दिएको देखिएको छ,’ अख्तियार कञ्चनपुरका निमित्त प्रमुख महेश पाण्डेयले भने, ‘तीन सय ४७ आबेदक अनुदानका लागि छनोट भएका छन्। फिल्डमा गएर अख्तियारको कार्यालयले अनुसन्धान गर्दा हचुवाको भरमा मुल्यांकन गरि आबेदक छनोट गरेको पाइएको छ।’
उनले थप अनुसन्धानका लागि कृषि ज्ञान केन्द्र कंचनपुरबाट प्रमाणिात कागजात बरामद लिएको समेत जानकारी दिए। सुदूरपश्चिम प्रदेशमा कृषि तर्फ ५० प्रतिशत अनुदानमा यन्त्र उपकरण वितरण गर्ने तयारी छ। सुदूरपश्चिम सरकारको भूमी, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मातहतको कृषि निर्देशनालय डोटीले आर्थिक बर्षको अन्त्यमा हतार–हतारमा कृषि उपकरण वितरण गर्ने तयारी थालेको हो।
५ करोडका कृषि उपकरण अनुदानमा वितरणका लागि निर्देशनालयले ५ महिना अघिदेखि नै प्रक्रिया अगाडी बढाएको थियो। उपकरण खरिदका लागि आपूर्तिकर्ता छनोट गर्न झण्डै तीन महिना लगाएको निर्देशनालयले किसानहरु छनोटमा भने ढिलाई गरेको छ। कृषि निर्देशनालयले माघ २० गते कृषि अनुदानको लागि आपुर्तिकर्ताबाट सिलवन्दी दरभाउपत्र आव्हान सम्बन्धी सूचना प्रकाशन गरेको थियो।
‘१० आपूर्तिकर्ताले बोलपत्र दर्ता गराएकोमा ४ वटा आपूर्तिकर्तालाई छनोट गरीएको छ,’ कृषि निर्देशनलय डोटीका सूचना अधिकारी टेकवहादुर विष्टले भने, ‘१० करोडका २२ प्रकारका उपकरण खरिदका लागि टेण्डर भएकोमा ५ करोड कृषि निर्देशनालय र बाँकी ५ करोड किसानहरुले तिर्ने छन्।’
कृषि यन्त्र र उपकरण आपूर्तिको जिम्मा पाएका चार वटा सप्लायर्सले टेण्डर आह्वान भएपछि छनोट नहुँदै कृषि निर्देशनालयले मागेका उपकरण खरिद गरिसकेका थिए। यस्ले टेण्डरमा पनि मिलोमतोको आशंका गरिएको छ।