सोमवार,
असार १५,
सुर्खेत । कर्णाली प्रदेश सरकारका प्रवक्ता एव भुमि ब्यवस्था,कृषि तथा सहकारी मन्त्री विमला केसीले वाँझो जमिन सदुपयोग गरि खाद्य उत्पादन वृद्धि गर्ने अभियानमा लाग्न आह्वान आह्वान गरेकी छन् ।
उनले सोमबार १७ औं राष्ट्रिय धान दिवसका अवसरमा शुभकामना सन्देश दिदै कर्णालीवासीलाई रोग र भोक विरुद्ध साझा ढंगले लड्न सक्ने गर्जा पैदा होस् भन्ने कामना व्यक्त गरेकी छन् ।
मन्त्री केसीले शुभकामना सन्देशमा किसानका लागी यो समय भनेको मानो रोपेर मुरी फलाउने समय भएकोले विश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ संक्रमणबाट सुरक्षित रही, सामाजिक दुरी कायम गर्दै धान दिवस तथा रोपाई महोत्सवमा सहभागी हुन अपील गरेकी छन् ।
शुभकामना सन्देशमा ुुनेपाल सरकारको निर्णय बमोजिम बढिमा २५ जनासम्म मात्र भेला भएर १७ औ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाउने, यदि २५ जना भन्दा बढि भएमा न्युनतम सामाजिक दुरी ९६ फिट० कायम हुने गरि स –साना उपसमुहमा रहेर रोपाइ महोत्सव मनाउन अपिल गर्दछु ।ुुभनिएको छ ।
ुुकोभिड १९ रोगको जोखिम अवस्थामा समेत कृषि कर्मलाई नियमित नराखे निकट भविश्यमा खाद्य तथा पोषण असुरक्षाको अवस्था आउन सक्ने सम्भावना भएकोले कृषि सम्बन्धी सम्पुर्ण गतिविधिहरु आवश्यक सतर्कता अपनाई नियमित गर्न आवश्यक रहेको छ ।ुु सन्देशमा उल्लेख छ ।
१७ औं राष्ट्रिय धान दिवसका अवसरमा मन्त्री केसीले दिएको शुभकामना सन्देश