तेज बोहरा
बझाङ १० असार- बित्थडचिर गाउँपालिकाले बुधबार “शिक्षा , स्वास्थ्य, कृषि , पर्यटन ,बन बातवरण रोजगार , उद्योग, उर्जा जडीवुटी, दिगो आर्थिक बिकास सहित समग्र भोतिक पूर्वाधार खुशि सुखि समुन्नत तथा समृद्धी लागि बित्थडचीर गाँउपालिका को आधार ” भन्ने नारासहित चौथो गाउँ सभाबाट आगामी आर्थिक वर्ष २०७७÷०७८ का लागि ४९ करोडको बजेट ल्याएको छ ।
उपाध्यक्ष जानकी बोहराले ४९ करोड १२ लाख ८ हजार ५ सय ३६ रुपैयाँ बराबरको आयव्यय प्रस्तुत गरेकी हुन् । यस्तै गाउँ सभामा उपाध्यक्ष बोहराले आगामी आवका लागि आर्थिक, सामाजिक, वातावरण र विपद् व्यवस्थापन, पूर्वाधार, सुशासन, सेवा प्रवाह, अनुगमन एवं मूल्याङ्कनसम्बन्धी वार्षिक नीति तथा कार्यक्रम पेश गरेकी थिईन् ।
नीति तथा कार्यक्रममार्फत गाउँपालिकाको केन्द्रदेखि वडा कार्यालयसम्मको सडकलाई प्राथमिकतामा राखी बाह्रै महिना सञ्चालन हुने व्यवस्था मिलाइने उल्लेख गरिएको छ । त्यस्तै प्रधानमन्त्री स्वरोजगार कार्यक्रममार्फत पूर्ण रोजगारी सिर्जना गरी समृद्ध पालिकाको सपनालाई साकार पारिने नीति लिएको बताईन् ।
गाउँपालिकामा कृषि क्षेत्रको आधुनिकीकरण र विविधिकरण गर्दै व्यावसायिकरणलाई जोड दिइने नीति कार्यक्रममा सम्बोधन गरिएको छ । त्यसैगरी ‘एक वडा, एक युवा क्लब, एक खेलमैदान’ कार्यक्रममार्फत युवा तथा बालबालिकाहरुको क्षमता विकास गरिने भएको छ ।
समग्रमा बित्थडचिर गाउँपालिकाले आगामी आर्थिक वर्षमा स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, खेलकुद लगायत विभिन्न क्षेत्रको विकासमा जोड दिने जनाएको छ ।
बुधबार प्रस्तुत बजेट, नीति तथा कार्यक्रममाथि तिन दिनसम्म गाउँ सभामा छलफल गरी पारित गर्ने कार्यक्रम रहेको जनाएको छ । गाउँपालिका अध्यक्ष प्रेम बहादुर बोहराको अध्यक्षतामा गाउँ सभा सुरु भएको सभामा प्रमुख प्रशासकीय अधिकृत चक्र प्रसाद भट्टले स्वागत मन्तव्य राखेका थिए । यस्तै गाउँपालिका प्रवक्ता हर्क बहादुर धामीले गाउँ सभा सञ्चालन गरेका थिए ।
वार्षिक बजेट नीति तथा कार्यक्रम प्रस्तुत (पुर्ण पाठ)
बित्थडचिर गाउँपालिका गाउँसभामा उपाध्यक्षद्धारा प्रस्तुत आ.व. २०७७।०७८को नीति,कार्यक्रम तथा बजेट:
आदरणीय गाउँसभाका अध्यक्ष ज्यू, प्रमुख अतिथि ज्यू, विशिष्ठ अतिथि ज्यू, सम्पुर्ण गाँउसभा सदस्य ज्युहरु प्रमुख प्रशासकीय अधिकृत, कर्मचारी मित्रहरु, विभिन्न संघ संस्थाका प्रतिनिधीहरु, पत्रकार तथा सुरक्षाकर्मी मित्रहरु सम्पूर्णमा हार्दिक अभिवादन तथा नमस्कार व्यक्त गर्दछु ।
उपस्थित सम्पूर्ण महानुभावहरुमा वित्थडचिर गाउँपालिकाका तर्फवाट यस गाउँसभामा हार्दिक स्वागत गर्दछु । अगामी आर्थिक बर्ष २०७७।२०७८ को लागी यस समानित गाउँसभामा निति कार्यक्रम तथा बजेट प्रस्तुत गरीरहदा राष्ट्रप्रति समर्पित भई राजनितिक, सामाजिक र आर्थिक परिवर्तनका लागी भएका विभिन्न आन्दोलनहरुमा जीवन उत्सर्ग गर्नु हुने सम्पूर्ण ज्ञातअज्ञात शहिदहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । नेपालको समग्र राजनितिक परिवर्तनका क्रममा आन्दोलनका घाइते र बेपता भएका नागरिकहरुप्रति उच्च सम्मान साथ स्मरण गर्न चाहन्छु।
कोभिड १९ महामारीबाट संक्रमित भई स्वदेश तथा बिदेशमा जीवन गुमाउनु हुने नेपाली तथा अन्य राष्ट्रका नागरिकहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो सम्बेदना व्यक्त गर्दै उपचाररत सम्पुर्ण संक्रमित व्यक्तिहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । कोभिड १९ महामारीको संक्रमण रोकथाम नियन्त्रण तथा न्युनीकरण लागी अहोरात्र खटिनु हुने सम्पुर्ण जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षा कर्मी स्थानीय तहका कर्मचारीहरु लगायत सम्पुर्ण सहयोगी हातहरु र यस विषम परिस्थितिमासहयोग गर्ने जनसमुदाय प्रति हार्दिक अभार व्यक्त गर्दछु ।
मैले यसरी यस सम्मानित गाँउ सभामा निति कार्यक्रम तथा बजेट प्रस्तुत गरिरहदा कोभिड १९ बाट बित्थडचिर बासीको जीवन रक्षा गर्दै स्वास्थ्य सेवाको प्रत्याभुति प्रदान गर्न ओ पि डि सेवा एक्सरे भिडियो एक्सरे लगायत सबै प्रकारका ल्याब सेवाहरु नेपाल सरकारको नम्स अनुसार निं शुल्क रुपमा पाईने औषधी र अन्य फार्मेसी औसधि हरु आवश्यकता अनुसार उलब्ध गराउन र अन्य स्वास्थ्य सेवाहरु उपलब्ध गराउन थप जिम्मेवारी बोध गरीएको जानकारी गराउदछु ।
विश्वका २१५ मुलुकमा एकै चोटी मानवजातीको विरुद्ध अर्दिश्य शत्रु महामारीको रुपमा फैलिएको कोभिड १९ रोगको कारण विश्वले गम्भिर मानवीय र आर्थिक सामना गर्नु परेको छ । यस संकट बाट विश्व अर्थतन्त्र गम्भिर धरापमा परेकोले आर्थिक सिथिल हुने स्पष्ट संकेत देखिएको छ । महामारीको कारणले समृद्धिको यात्रामा बाधा पुर्याएको छ । अहिलेको विषम परिस्थितिमा हजारौ चुनौंतिका बाबजुत पनि जनतालाई रोग भोग बाट बचाउन जिवन रक्षा र रोजगारीको अवसर सिर्जना र जनजीवीका लाई पुर्ववतरुपमा सहज बनाउन सरोकारवाला सबैको प्रमुख जिम्मिेवारी र दायित्व रहेको महशुस गरेको छु ।
नेपाली आमाका धेरै सपुतहरुले संघर्ष र साहदत प्राप्त गरी २००७ सालदेखिको आफ्ना प्रतिनिधीहरुवाट बनाएको संविधानवाट शासन गर्ने चाहना दोश्रो संविधानसभाको निर्वाचनवाट २०७२ सालमा संविधान जारी भई वर्तमान समयमा तीनै तह स्थायी सरकारबाट अब मुलुकको समृद्धि र विकासको आशा गर्न सकिन्छ । गणतन्त्रलाई संस्थागत गर्नकालागि लोकतान्त्रिक व्यवस्थालाई अवलम्वन गर्दै जनतावाट चुनिएका प्रतिनिधीहरुले शासन गर्ने विधिको विकल्प छैन । संस्थागत शुसासन, पारदर्शिता, जवाफदेहीता र कानुनी राज्य विना मानव अधिकार दिगो विकासको परिकल्पना गर्न पनि सकिदैन । तीनै तहको सरकारको आधार भनेको स्थानीय सरकार हो । जनताले देख्न सक्ने, छुन सक्ने र नजिकैबाट आफ्ना समस्याहरुको समाधानको थलोको रुपमा आम जनसमुदायले चासोको रुपमा स्थानीय सरकारलाई लिएका छन् । सिंहदरवारको अधिकार गाउँ गाँउमा संविधानले र स्थानीय सरकार सञ्चालन ऐनले दिएको छ तर केन्द्रिकृत मानसिकता र केन्द्र तथा प्रदेश सरकारले समयमा ऐन नियम, कानून आर्थिक र भौतिक, मानव श्रोत व्यावस्थापन, पूर्वाधार जस्ता विषयमा गंभिरता नहुनु चुनौतीको विषय हाल पनि रहेको छ । आज विधायिकी अधिकार, कार्यपालिका र न्यायपालिकाको अधिकारको प्रयोग गर्ने गरी स्थानीय सरकार गठन भएकोमा यसको गरिमा महत्व र जिम्मेवारी हामीले स्वयं पालना गर्नु जरुरी छ ।
आदरणीय सभासद्ज्यूहरु, हामी एक दशक लामो राजनैतिक संक्रमणवाट द्वन्द्वको रुपान्तरण र २०७२ को संविधान घोषणाले आज नयाँ युगको थालनी भएको छ । मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापना र संविधान निर्माण र यसको कार्यान्वयनको थालनी भएको छ । जसअनुरुप यस गाँउसभाले विगतका वर्षदेखि नै “वित्थडचिर गाउँपालिकाको परिकल्पना, शिक्षा, स्वास्थ्य,कृषि,पर्यटन, रोजगार,उद्योग,उर्जा विपद व्यवस्थापन माहामारी प्रकोप नियन्त्रण तथा रोकथाम दिगो आर्थिक विकास समग्र भौतिक पूर्वाधार ” समृद्धी, बित्थडचिर गाँउपालिकाको मुल आधार” भन्ने संकल्पलाई निरन्तरता दिदै विश्व महामारीको रुपमा फैलिएको कोभिड 19 रोकथाम तथा नियन्त्रणलाई पहिलो प्राथमिकतामा राखी बित्थडचिर बासीलाई रोग र भोक बाट बचाउनुको साथै यस गाँउपालिकाको समग्र विकासको लागि प्रदेश सरकार संघिय सरकार को कानून र स्थानीय सरकार सञ्चालन ऐन यस गाउँपालिकाको नागरिकहरुको को मागमा आधारित र आवश्यकता बमोजिम चौंथो ऐतिहासिक गाउँसभामा आ.व २०७७/०७८ को वार्षिक नीति, कार्यक्रम तथा वजेट यस सम्मानित सभा समक्ष प्रस्तुत गर्न पाउँदा खुशीको अनुभूति गरेको छु ।
“शिक्षा , स्वास्थ्य, कृषि , पर्यटन ,बन बातवरण रोजगार , उद्योग, उर्जा जडीवुटी, दिगो आर्थिक बिकास सहित समग्र भोतिक पूर्वाधार खुशि सुखि समुन्नत तथा समृद्धी लागि बित्थडचीर गाँउपालिका को आधार ”
“हाम्रो गाँउपालिका( बित्थडचीर ) राम्रो गाँउपालिका ( बित्थडचीर ) खुशि नागरिक समृद्ध तथा समुन्नत गाँउपालिका ( बित्थडचीर ) ”
आदरणीय सभासद्ज्यूहरु, यस वित्थडचिर गाउँपालिकाका विद्यमान् भौगोलिक एवं साँस्कृतिक विविधता, इतिहास, कला, सँस्कृति, प्राकृतिक स्रोत साधनको प्रचुरता जस्ता विशिष्ठताहरुको सुव्यवस्थित उपयोगद्धारा समग्र वित्थडचिर गाउँपालिकाको बिकासमा सहयोग पुग्नेछ भन्ने आशा गरेको छु ।साथै यस बित्थडचिर गाउँपालिका बासी दाजु भाई तथा दिदि बहिनि हरु रोजगारीको सिलसिलामा गएका , छिमेकी राष्ट्र भारत र तेस्रो मुलूक कोभिड-19 को कारणले आफ्नो जन्मभुमिमा फर्केका बेरोजगार गाउँपालिका बासी हरुलाई रोग र भोग बाट बचाउन राहत र श्रम संग जोडेर राहत उपलब्ध गराउने लक्ष्यका साथ स्वास्थ्य,कृषि तथा पशुपालन,खानेपानी,भौतिक पूर्वाधार,शिक्षा महिला तथा बालबालिका,किसोर किशोरी ,वन वातावरण तथा विपद ब्यबस्थापन बेरोजगारी युबा,दलित तथा पिक्षडीएका वर्ग लक्षित स्वरोजगार मुलक सिप बिकास कार्यक्रम द्वारा बित्थडचिर बासीको जीवनमा सकारात्मक परिवर्तन ल्याउन कोभिड-19 को संक्रमण बाट आम बित्थडचिर बासीलाई सुरक्षित गराउन र समग्र गाउँपालिकाको दिगो विकासको पक्षमा ध्यान दिदै आगामी आ.व.२०७७/०७८को गाउँपालिकाको बजेट, नीति तथा कार्यक्रम तर्जुमा गर्दा लिइएका विभिन्न सोच ,लक्ष्य,उदेश्य र आधारहरु देहाय बमोजिम रहेको व्यहोरा म यस सम्मानित सभा समक्ष पेश गर्न चाहन्छु ।
सोच:
- “लघु उद्यम र कृषि मुख्य आधार, बित्थडचिरको प्राथमकिता स्वरोजार”भन्ने मुल नाराका साथ कृषिको आधुनिकरणसंगै बेरोजगारहरुको सहभागितामा बिश्वब्यापी भइरहेको कोरोनाको संकटबाट जोगिन नागरिकलाई स्वस्थ राखि गुणस्तरिय जीवनयापनमा टेवा पुर्याउन“समृद्ध बित्थडचिरबासी लाइ आत्मनिर्भर बनाउने र covid -19 महामारी संक्रमण लगायत सबै प्रकारका रोग र विपदको जोखिम बाट बित्थडचिर बासीको जिबन रक्षा गर्दै आर्थिक तथा सामाजिक विकासलाई निरन्तरता दिने आर्थिक बर्ष ०७७/०७८ को सोच रहेको छ ।
लक्ष्यःदैनिक गुजाराका लागि भारत तथा तेस्रो मुलुक जाने बाध्यतालाई निरुत्साहीत गर्न “गाउँमै खोजौं रोजगारी,बिकासमा बनौं साझेदारी,”भन्ने मुल मर्मलाई अंगाल्दै बित्थडचिर बासीलाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ कृषि,स्वास्थ्य र शिक्षा जस्ता क्षेत्रहरुलाई समेट्ने नीति अवलम्बन गरिनेछ ।
आधारहरु:
- चालू आ. व. मा सञ्चालित भौतिक पूर्वाधार योजनाहरुको पुनःप्राथमिकीरण गरी प्राथमिकता प्राप्त योजनाहरुको मात्र निरन्तरता
- बन्दाबन्दीको कारण र आर्थिक गतिविधिमा परेको प्रतिकूल असरबाट बढी प्रभावित समूह (महिला, अशक्त, असहाय, अति विपन्न) को जीविकोपार्जन, हिंसा नियन्त्रण तथा स्वास्थ्य सुरक्षा
- आय आर्जनका अवसर, रोजगारी तथा गरिबी निवारणको अवस्थामा सुधार ल्याउन कृषि तथा पशुपालन, सहकारी, श्रम प्रधान सार्वजनिक निर्माण आयोजना तथा स्वरोजगार कार्यक्रमहरुमा जोड
- कोभिड–१९ र बन्दाबन्दीको प्रभावले करदातालाई पारेको असरलाई सम्बोधन गर्न कर सहुलियत ,
- कोभिड–१९ को प्रतिकूल असरलाई न्यूनीकरण गर्ने विषय प्राथमिकता सहित समावेश गर्दै स्थानीय सरकार अन्तर्गतका स्वास्थ्य सेवालाई सुदृढ र सबलीकरण
- कृषिमा आत्मनिर्भरता हासिल गर्न उत्पादन र उत्पादकत्व अभिबृदी गर्ने खाद्य सुरक्षा पोषणका कार्यक्रम हरुको निरन्तरता
- गरबी र महामारीबाट प्रभावित नागरिकहरुलाई राहत र श्रम संग जोड्ने खालका राहतका कार्यक्रमलाइ प्राथमिकता ,
- नेपालको संविधान २०७२ ले परिलक्षित गरेका निर्देशक सिद्धान्त तथा नीतिहरु,मौलिकहक र अनुसुचि ८ र ९ मा उल्लेखनिय स्थानीय तहका अधिकार र साझा अधिकारका सुचिका बिषयहरु ,
- स्थानीय सरकार सञ्चालन ऐन २०७४ र नेपाल सरकारले जारी गरेका नीति नियम, ऐन कानुनका साथै यस सभामा प्रस्तुत गरी पास गरिने विभिन्न ऐन, कानुन, नीति,नियम , नियमावली , कार्यविधि तथा निर्देशिका ,
- कार्यक्रम तथा बजेट तर्जुमासम्बन्धी मार्गदर्शन,
- पन्ध्रौ पञ्चबर्षिय योजनामा उल्लेखित सूचक हरु
- नेपाल सरकार, प्रदेश सरकार र विभिन्न मन्त्रालय मार्गदर्शन तथा निर्देशन र सुझावहरु,
- दिगो विकासका लक्ष्य तथा सूचकहरु
- बित्थडचिर गाउँपालीकाले तय गरेका पहिलो आवधिक योजना (२०७४/२०७५) तथा दिर्घकालिन नीति तथा कार्यक्रमहरु
- विश्भरी फैलिएको कोरोना भाइरस नियन्त्रण सम्बन्धि आबश्यक पहल तथा नियन्त्रण सम्बन्धि उपायहरु
- covid -19 को बढ्दो संक्रमण लाई मध्येनजर गर्दै सामाजिक दुरी कायम गरेर टोल वस्ती, वडास्तर, विषयगत समिति, एकिकृत योजना तर्जुमा समिति मार्फत योजना प्राथमिकीकरण सहित प्राप्त भएका आयोजना, कार्यक्रम तथा जनताका सुझावहरु,
- आर्थिक कारोबारमा आउन सक्ने शिथिलता तथा राजश्व सहुलियतको आवश्यकताका आधारमा आय अनुमान
- बहाल कर
- व्यवसाय कर
- सम्पत्ति बहाल
- बहाल विटौरी शुल्क (हाटबजार)
- ढुङ्गा गिट्टी बालुवा बिक्री
- घर नक्सापास दस्तुर
- घरजग्गा रजिष्ट्रेशन शुल्क
-सिफारिश तथा प्रमाणित दस्तुर
उद्देश्य :
- गरिबि निवारणका कार्यक्रमहरुलाई पहिलो प्राथमिकता दिई नागरिकलाई आफ्नै थातथलो, मातृभुमिमा स्वरोजगारको वातावरण बनाई सक्षम गाउँपालिकाका रुपमा परिणत गर्ने ।
- स्वास्थ्य संस्थाहरुलाई उपकरणयुक्त तथा जनशक्ति सम्पन्न बनाई नागरिकहरुको स्वस्थ रहन पाउने हकको सुनिश्चित गर्ने । समतामूलक र समावेशी गाउँपालिकाको बिकास गर्ने ।
- कोभिड -१९ का कारण शिक्षा क्षेत्रमा परेको असरलाई मध्यनजर गर्दै प्रविधीमार्फत शिक्षा प्रणाली व्यवस्थित गर्ने ।
राष्ट्रियता, लोकतन्त्र, विकास निर्माण, सुशासन र समृद्धिका क्षेत्रमा सहमतिका साथ अघि बढ्न बित्थडचिर गाउँपालिका प्रतिबद्ध छ । यो प्रतिबद्धता पुरा गर्न बित्थडचिर गाउँपालिकाका सबै राजनीतिक दल र अन्य सरोकारवालाको साथ र सहकार्यको लागि आव्हान गर्दछ ।
वर्तमान पुस्ताले नै अनुभूत गर्ने गरी विकास र समृद्धि हासिल गर्नेतर्फ केन्द्रित भएर यस सरकारले आर्थिक वर्ष २०७७/०७८ का नीति तथा कार्यक्रमहरु तय गरेको छ । योआर्थिक वर्ष बित्थडचिर गाउँपालिकाकालागि माहामारीका रुपमा रहेको कोभिड-१९ संग जुध्दै रोजगार र समृद्धिको ईतिहास रच्ने आधार वर्ष हुनेछ ।
बित्थडचिर गाउँपालिकाले विकासप्रतिको सोच र प्रक्रिया, कार्यसंस्कृति, शासकीय प्रणाली, अर्थतन्त्रको संरचना र सामाजिक न्यायका क्षेत्रमा रुपान्तरण गर्नेछ । विकास नीति, रणनीति, कार्यनीति, कानून, संस्था, जनशक्ति र स्रोत साधन, सहभागिता, सेवाप्रवाह र नतिजा अनुगमन एवं मूल्याङकनका क्षेत्रमा आमूल परिवर्तन गरिनेछ ।
विकास, निर्माण, सुरक्षा, शासकीय सुधार लगायतका विविध पक्षमा अध्ययन अनुसन्धान गरी सरकारलाई नियमित सुझाव दिनका लागि विज्ञहरु सम्मिलित सल्लाहकार समितिको व्यवस्था गरिनेछ ।
हाम्रा नीतिहरु प्रगतिशील र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने किसिमका हुनेछन् । विकास र सेवा प्रवाहलाई सहजीकरण गर्ने गरी अपूर्ण नीति र कानूनलाई पूर्णता दिइनेछ, आवश्यकता अनुसार नयाँ नीति र कानून निर्माण गरिनेछ ।
– महामारी रोगको संक्रमण बाट आम बित्थडचिर बासीलाई बचाउन सक्ने आशा गरेको छु ।
– श्रममा आधारित राहतले युवा लक्षित् कार्यक्रममा जोड दिई बेरोजगारी हटाउन सकिनेछ ।
-जेष्ठ नागरिक, दलित, महिला, बालबालिका र अपाङ्गता भएका व्यक्ति राज्यको सेवा सुविधावाट बञ्चित समुदायको स्रोत साधन तथा सेवामा पहूँच तथा युवाहरुको सार्थक सहभागिता सुनिश्चत गर्ने कार्यक्रमहरुमा जोड दिइनेछ ।
– आन्तरिक आय वृद्धि एवं राजश्व परिचालनमा आम नागरिक र नीजि क्षेत्रसँगको सहकार्य अभिबृद्धि गर्न र स्वच्छिक कर तिर्ने वातावरण तयार गरी गत आ.व. देखि नै लागु भइरहेको एकिकृत सम्पत्ति करलाइ निरन्तरता दिइनेछ । सो रकम जनताको प्रत्यक्ष लाभमा लगाईने नीति लिइनेछ ।
-covid -19 को संक्रमणको रोकथाम तथा नियन्त्रण गर्न क्वारेन्टाइन बनाइएका संरचना हरुलाई स्वच्छ खानेपानी तथा पूर्ण सरसफाइको ब्यबस्था गरिनेछ र आइसोलेसन बेड हरुको ब्यबस्थापन गरि कोरोना रोग रोकथाम र नियन्त्रणका लागी RDT र PCR परिक्षणको दायरा फराकिलो बनाई अघि बढाइनेछ ।
– गाउँपालिका भित्र टोलबिकास समिति र वडा स्तरीय समन्वय समिति गठन गरि सामुदायिक विकास कार्यक्रमलाई सहज बनाइने छ । महिला समुह, महिला सञ्जाल, बाल क्लव, किशोरी समुह तथा सञ्जाल, युवा क्लव, युवा सञ्जाल तथा संघ संस्थाहरु, दातृ निकायसँग सहकार्य तथा साझेदारी गरी सामुदायिक विकासलाई संस्थागत रुपमा अगाडि वढाईनेछ । नागरिकका अधिकार र कर्तव्य वारे बोध गराई अधिकारदावी गर्न सक्ने र कर्तव्य पालनामा आवश्यक क्षमताको विकास गरिनेछ । साथै सामाजिक विकृति जाँड, रक्सी, जुवा, तास विभिन्न दुव्र्यसनी, अपराध र हानीकारक चाल चलनहरु महिला वालवालिकामा हुने हिंसा, लैङ्गिक हिंसा घरेलु हिंसा बाल विवाह, छाउपडी प्रथा र जारी प्रर्था विरुद्धको अभियानमा सहकार्य गरिने छ । जनसहभागीतामा आधारित योजनालाई उच्च प्राथमिकता दिईने छ ।
-कृषि तथा गैर–कृषि क्षेत्र र उद्यम विकासको क्षेत्रमा जोड दिई स्थानीय उत्पादनमा बृद्धि गरी आत्मनिर्भरता तर्फ उन्मुख व्यवसायीकरणको माध्यमद्वारा कृषि र पशुपालनवाट गाउँपालिका बासीलाई आत्म निर्भर बनाउन जोड दिईने छ ।
-धार्मिक, साँस्कृतिक र प्राकृतिक सम्पदाको विकास तथा प्रवद्र्धन गरी पर्यटकिय गाउँपालिकाको रुपमा विकासमा जोड दिईने छ ।
-विभिन्न विषयगत क्षेत्रमा कार्यक्रम सञ्चालन गर्दा संस्थागत विकास साथै सुशासन, पारदर्शिता र भ्रष्टचाररहित नीति अवलम्वन गरिने छ ।
उल्लिखित उद्देश्यहरु प्राप्त गर्न पाँच वटा विषयगत क्षेत्रहरुका आधारमा नीति, कार्यक्रम तथा बजेटनिर्धारण गरिएको छ ।
कोभिड–१९ को असरलाई ध्यान दिई प्राथमिकताको आधारमा बजेट सिलिङ्ग निर्धारण गरिनेछ ।
| क्र.स. | बिषयगत क्षेत्र | प्राथमिकता |
| १. | सामाजिक विकास | उच्च |
| २. | आर्थिक बिकास | उच्च |
| ३. | बन वाताबरण तथा विपद | उच्च |
| ४. | पूर्वाधार बिकास | मध्यम |
| ५. | संस्थागत बिकास तथा सुशासन | मध्यम |
आ.व.२०७७/ ०७८ का लागि नीति तथा कार्यक्रमहरु यस प्रकार रहेका छन ।
विषयगत नितिहरु
१ ) सामाजिक विकास क्षेत्रः
स्वास्थ्य तर्फः
“स्वास्थ्य विमा नि.शुल्क उपचार, स्वास्थ्य नागरिक समृद्ध लागी जिम्मेवार स्थानीय सरकार
मेरो स्वास्थ्य मेरै हातमा, सहयोगका लागी बित्थडचिर गाउँपालिका छ साथमा ।”
- covid -19 महामारी रोग नियन्त्रण र रोकथामका लागि क्वारेन्टाइन ,आइसोलेसन र कन्ट्रयाक्ट ट्रेसिंग ब्यबस्थापन र चेतना मुलक कार्यक्रम असक्त तथा अति बिपन्न बर्गको हितका लागि कोभिड नियन्त्रण कोषको ब्यबस्था गरिनेछ ।
- संक्रमण जोखिम रहदाँसम्म अशक्त, असहाय एवं आर्थिक रुपले विपन्न गर्भवती महिला, जेष्ठ नागरिक एवं अपांगता भएका ब्यक्तिहरुलाई राहतका कार्यक्रम सञ्चालन गर्न आबश्यक बजेट व्यवस्था गरिनेछ ।
कोभिड-१९ मा स्थानीय तहमा खटिने स्वास्थ्यकर्मी तथा जनशक्तिलाई स्वास्थ्य सुरक्षा सामग्रीको लागि बजेट व्यवस्था गरिनेछ र कोभिड – १९ तथा विभिन्न बिपतउद्धारमा खटिने स्वयंसेवक तथा स्वास्थ्यकर्मीहरुको मनोबल उच्च राख्न स्वास्थ्य बिमा लगायतका अन्य प्रोत्साहनमूलक कार्यक्रम ल्याइनेछ । जनतामा गुणस्तरीय स्वास्थ्य सेवाहरुको प्रत्याभूत गर्न यस बित्डथचिर गाउँपालिकामा रहेका स्वास्थ्य संस्थाहरुमा आवश्यक पर्ने जनशक्ति व्यवस्थापन र परिचालनका लागि मानव संशाधन योजना तयार गरी कार्यान्वयन गर्न पहल गरिनेछ ।
- संक्रमणको सम्भावित जोखिममा रहेका नागरिकहरुलाई क्वारेन्टाईनमा राख्ने व्यवस्था मिलाउन वजेटको ब्यबस्था गरिनेछ ।
- एम्वुलेन्स जस्ता अति आबश्यक सेवालाई चौबीसै घण्टा सञ्चालन हुने गरी तयारी हालतमा राख्न वजेटको ब्यबस्था गरिनेछ ।
- covid -19 को महामारीले हुन सक्ने मानबिय क्षति तथा मृतकको शव ब्यबस्थापन का लागि वजेटको ब्यबस्था गरिनेछ ।
- वालवालिका, गर्भवती महिला, जेष्ठ नागरिक, अपांगता भएका ब्यक्ति, डिप्रेशनमा रहेका ब्यक्ति तथा मनोसामाजिक परामर्श आवश्यक पर्ने ब्यक्तिहरुलाई मनोसामाजिक परामर्श सेवा उपलब्ध गराउने कार्यक्रम सञ्चालन गर्न वजेटको ब्यबस्था गरिनेछ ।
- प्राथमिक स्वास्थ्य केन्द्र , स्वास्थ्य चौकी तथा स्वास्थ्य एकाइबाट प्रदान गरिने खोप सेवा, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य, पोषण लगायतका जनस्वास्थ्य सेवाहरु र उपचारात्मक सेवाको लागि आवश्यक औषधी, उपकरण तथा स्वास्थ्य सामग्रीको लागि आवश्यक बजेट व्यवस्था गरिनेछ ।
- देउलेख प्राथमिक स्वास्थ्य केन्द्रमा सरुवा रोग संक्रमण नियन्त्रण शाखा स्थापना गरिनेछ ।
- खोप, सुरक्षित मातृत्व, प्रजनन स्वास्थ्य, पोषण जस्ता जनस्वास्थ्यसँग सम्बन्धित आधारभूत सेवा सुविधालाई प्रभावकारी बनाउन महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई परिचालन गरिनेछ ।
- आधारभूत तथा गुणस्तरीय स्वास्थ्य सेवाकालागि प्राथमिक स्वास्थ्य केन्द्र देउलेखलाईस्तर उन्नती गरी गाउँपालिका स्तरमा १५ सैयाको सेवा संचालन गरिनेछ । स्याडी स्वास्थ्य चौकीको लागि भवन निर्माणको लागि प्रदेश र केन्द्र सरकारसँग माग गर्ने र गाँउपालिकाले सहलगानी गरिने छ ।
- गुणस्तरीय स्वास्थ्य सेवामा सबैको सहज पहूँच पुराउन स्वास्थ्य विमा कार्यक्रमलाई प्रभावकरी बनाइने छ ।
- सुरक्षित खोपका लागि सौर्य ऊर्जाबाट संचालन हुने फ्रिज सहित कोल्डचेन व्यवस्था गरी पूर्णखोपको सुनिश्चिताका कार्यक्रमलाई निरन्तरता दिईनेछ ।
- सुरक्षित मातृ शिशु सेवा कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन no home delivery घरमा हुने प्रसुतीलाई न्युन गर्दै शत प्रतिसत स्वास्थ्य संस्थामा सुत्केरी हुने व्यवस्थाका लागि हाल संचालित प्रोत्साहन दिने कार्यक्रमलाई निरन्तरता दिइने छ ।
- सबै स्वास्थ्य संस्थामा गुणस्तरीय किशोर किशोरी मैत्री यौन तथा प्रजनन् सेवा संचालन गरिने छ ।
- वहुउदेश्यीय पोषण योजनालाई एकद्धार प्रणालीबाट प्रभावकारी रुपमा कार्यान्वयन गरिनेछ ।
- नेपाल सरकारबाट घोषणा गरिएका निःशुल्क औषधीहरु सहज रुपमा प्रत्येक स्वास्थ्य संस्थाबाट गाउँपालिका बासीको सर्वसुलभ पहुँचमा पुर्याईने छ ।
- covid -19 को बढ्दो संक्रमणलाई मध्येनजर गर्दै “यस गाउँपालिका बासीसंग डाक्टर” कार्यक्रममा घुम्ती सेवा, प्रसुती सेवा ,अशक्त अपांग लाइ घर दैलो उपचार सेवा र जेष्ठ नागरिक, उपचारको लागि घर दैलो स्वास्थ्य सिविर सुविधा प्रदान गरिने छ ।
- समय समयमा बिभिन्न रोग सम्बन्धीविशेषज्ञ शिविर सञ्चालन गरिने छ ।
- महिला स्वास्थ्य स्वयंसेवीका कार्यक्रमलाई प्रभावकारी र जिम्मेवार बनाउन प्रोत्साहन गर्ने कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
- खोप क्लिनिकमा परिवार नियोजन सेवालाई एकिकृत गरि महिलाहरुलाई परिवार सेवामा पहुँच बढाइन निरन्तरता दिइनेछ ।
- यस गाउँपालिका भित्र जटिल तथा दिर्घ रोगीहरु जस्तैः क्यान्सर, हेपटाइटिस बी, मृगौला पिडित, मुटुरोग, दम, एच.आइ.भि.एडस का बिरामीहरुलाई नियमित स्वास्थ्य उपचार र औषधिको ब्यबस्था गरिनेछ ।
- सबै स्वास्थ्य संस्थाहरुमा इन्टरनेट जडान तथा संचालनमा ल्याइनेछ । विरामी प्रतिक्षा कक्षा श्रव्य दृष्य सुचना सन्देश प्रवाह गर्ने व्यवस्था मिलाइने छ ।
- हेलो सिस्टर कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
- ल्याव, एक्सरे, अल्ट्रासाउण्ड सेवालाई प्रभावकरी बनाउन थप आधुनिक मेशिन तथा औजार खरिद गरिनेछ ।
- परिवार नियोजन सेवालाई प्रभावकारी बनाई सेवाग्राहीलाई आर्कषित गर्न दुई सन्तान पछि परिवार नियोजन गर्ने दम्पत्तिलाई सम्मान गर्ने कार्यक्रम संचालन गरिनेछ ।
- सुनौला हजार दिनको आमालाई अण्डा, कुखुरा वितरणका साथै पोषणयुक्त खानेकुरा हरेक बार खाना चारको अवधारणालाई प्रभावकारी रुपमा कार्यान्वयन गरिने छ ।
- गर्भवती महिला र दिर्ग रोगिहरुको स्वास्थ्यमा ध्यान दिदै घुम्ती स्वास्थ्य सिबिरलाई निरन्तरता दिदै घर दैलोमै अल्ट्रासाउण्ड को ब्यबस्था गरिनेछ ।
- सामूदिक विद्यालयका विद्यार्थिहरुको वर्षमा दुई पटक स्वास्थ्य परीक्षण गरिनेछ । स्वास्थ्य परीक्षणकै क्रममा विद्यार्थीहरुलाई जुकाको औषधि खुवाईनेछ ।
शिक्षा तर्फः
“दक्षजनशक्ति निमार्णको आधार, गुणस्तरिय शिक्षामा आधुनिक प्रविधि र शैक्षिक पुर्वाधार ।”
- विद्यार्थिको सिकाई उपलव्धि सुधारका लागी किताबसँग बालक कार्यक्रम लागू गरिनेछ । सो कार्याक्रमबाट हरेक बर्ष ५ अंकका दरले सिकाई उपलब्धि बृद्धि हुने लक्ष्य लिईएको छ ।
- covid -19 को कारणले विद्यालय वन्द रहेको अवस्थामा नेपाल सरकारले तोकेको मापदण्ड बमोजिम वैकल्पिक विधिको प्रयोग गरी पठनपाठन सुचारु गर्न आवश्यक वजेट व्यवस्था गरिएको छ ।
- सामाजिक दुरी कायम गरी विद्यालय सञ्चालन गर्न नेपाल सरकारबाट निर्णय भएको अवस्थामा स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गरी पठनपाठनलाई नियमित गर्न आवश्यक पर्ने पूर्वाधार निर्माण, खानेपानी, शौचालय तथा सरसफाईको प्रवन्ध गर्न आवश्यक बजेट व्यवस्था गरिनेछ ।
- निःशुल्क तथा अनिवार्य आधारभूत शिक्षा सुनिश्चित गाउँपालिका अभियान सञ्चालन गरिने छ ।
- यस वित्थडचिर गाउँपालिका भित्रकासवै विद्यालयका बाल कक्षा देखि ८ कक्षाका विद्यार्थीहरुलाई दिवा खाजा कार्यक्रम साझेदारीमा निरन्तरता दिइनेछ ।
- शिक्षकको क्षमता विकास गरी कम्प्युटर, प्रोजेक्टर र अंग्रेजी भाषा शिक्षणविधिबाट अध्यापन तथा सिकाईलाई प्रवद्र्धन गरिनेछ ।
- विद्यालय बिकास योजना अध्यायवधि गरिनेछ ।विद्यालय सुधार योजना कार्यान्वयनको आधारलाई प्र.अ.को मूल्याङ्कनको आधार बनाई पुरस्कार र दण्डीत गर्ने नीति अवलम्वन गरिनेछ ।
- सवै उमेर समूहका वालवालिकाहरुको विद्यालय पठाउन अनिवार्य गर्ने र विद्यालय नपठाउने अभिभावक तथा परिवारहरुलाई वडा तथा गाउँपालिकाबाट पाउने सेवा सुविधामा आंशिक वा पूर्णरुपमा वन्देज लगाउन सक्ने नीति लिइनेछ ।
- वित्तीय शुसासन र पारदर्शीता कायम गर्न ई हाजिरी तथा विद्यालयको लेखा प्रणालीलाई विद्युतीय माध्यमबाट व्यवस्थित गरिनेछ ।
- कक्षा १ देखी १२ सम्मका विद्यार्थीहरुलाई विद्यालयमा home work diary को प्रयोगलाई निरन्तरता दिइनेछ ।
- विद्यालय क्षेत्र भित्र जङ्क फुड जस्ता वस्तुहरुको विक्री वितरण निरुत्साहित गरिनेछ ।
- सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार ल्याउन शिक्षकको क्षमता अभिवृद्धि गर्न ICT कक्षा सञ्चालनको लागि प्रदेश सरकारसँग सहकार्य गर्ने नीति अवलम्बन गरिने छ ।
- ज्ञान नै शक्ति हो भन्ने भावना जागृत गराउदै सबैमा पढ्ने बानीको विकास गर्न गाउँपालिका स्तरमा एउटा सार्वजनिक पुस्ताकालय निर्माणको लागि प्रदेश सरकारसँग सहकार्यको नीति अवलम्बन गरिनेछ ।
- सबै बालबालिका र तिनका परिवारले आफ्ना आधारभूत आवश्यकता पूर्ति गर्न समान अवसर र क्षमताको विकास गर्न “बालमैत्री स्थानीय शासन” सहितको अवधारणालाई कार्यान्वयन गर्न बालमैत्री वार्ड घोषणा गर्ने योजना, बालबालिकामा लगानी, बाल सहभागिता र बाल आवजको सम्मान गरी निर्धारण गरिएका ३९ वटा सूचकहरु पूरा गर्नका लागि सरकारी तथा गैर सरकारी संस्थाहरुसँग समन्वय गरी चालु आ.व.मा २ वटा वार्डवाट बालमैत्री स्थानीय शासन सहितको वार्ड घोषणाको कामको थालनीकालागि वजेट व्यावस्था गरिने छ ।
- सामुदायिक विद्यालयमा अनिवार्य अंग्रेजी, अनिवार्य कम्प्यूटर पढाई, गुणस्तरिय शिक्षाकालागि जस्तै निरन्तर सिकाई मुल्याङ्कन इकाई, त्रैमासिक, अर्धवार्षिक, वार्षिक रुपमा विद्यार्थीहरु परिक्षा लिई अभिभावकहरुको समेत पृष्ठपोषण दिने लिने, सवै विद्यालयमा विद्यार्थी तथा शिक्षकहरुलाई पोसाक अनिवार्य लागु गर्ने, यदी विद्यार्थीको पोशक किन्न नसक्ने विपन्नताको अवस्थामा पहिचान भएमा पोशक वितरण गाउँपालिकाले सहयोग गरिने छ । सवै विद्यालयमा कक्षाकोठामा वुक लिष्ट र कर्नरको व्यवस्था गर्न र शिक्षक, विद्यार्थी र अभिभावक आचारसंहिता अनिवार्य वनाई लागू गरिने छ । कम सिकाई भएका शिक्षकहरुलाई भेला गराई माईक्रो टिचिङ्ग गर्ने र अनुगमनको ब्यवस्था गरिने छ । सवै विद्यार्थीहरुको चाल चलनको रेकर्ड विद्यालयमा राख्ने व्यवस्था गरिने छ । क्रमशः सवै विद्यालयमा ईन्टरनेट सुविधा पुर्याईने छ । शिक्षकहरुलाई अंग्रेजी माध्यमको विकासकालागि स्थानीय शिक्षकवाट कोचिङ र स्थानीय शैक्षिक सामाग्री निर्माण तालिम सञ्चालनमा सहकार्य गरिने छ ।
- विद्यार्थी शिक्षक अनुपात एवं विद्यालय मर्जर नीति लिईने छ ।
- पठन पाठनलाई थप व्यवस्थापन गर्नका लागि शैक्षिक क्यालेण्डर तयार गरी निरन्तर लागू गरिने छ । कक्षा ६ र एस.इ.इ. को उत्तीर्ण दरमा वृद्धि गरिने छ ।
- सुनकुडा क्याम्पस व्यवस्थापनमा लगानी गरिने छ । सुनकुडा क्याम्पसको स्तर उन्नती गरी सु.प. विश्वविद्यालयसँग आङगिक र बहुमुखी क्याम्पस बनाउनमा विशेष पहल गरिने छ ।
- सामुदायीक विद्यालयको शैक्षीक गुणस्तर सुधारमा जोड दिइनेछ । र विद्यालय,विद्यार्थी,शिक्षक संख्याको साथै भौतिक संरचनामा अनुपातिक सुधार तथा व्यवस्थापनका लागी बिशेष नीति अवलम्बन गरीने छ ।
- विद्यालय स्तर योग समिति निर्माण, योग शिक्षाको प्रारम्भ र प्रवद्र्धन गरिनेछ ।
- व्यवसायीक र सीपमुलक शिक्षामा बिशेष जोड दिदै गाउँपालीका भित्र रहेका सामुदायीक बिद्यालयहरुमा प्राबिधिक धार इत लाई निरन्तरता र कृषि तथा बाली विज्ञान (TSLC) कक्षा संचालन लाई निरन्तरता दिदै आबश्यकता अनुसार थप प्राबिधिक धारका बिद्यालयहरुको स्थापना गर्न पहल गरिनेछ ।
- निजी विद्यालयको संचालन मापदण्ड वमोजिम भए नभएको सो को प्रभावकारीता अनुगमन मुल्याङ्कन गरिने छ र निजी बिद्यालय र सामुदायीक बिद्यालयका बीचको दुरी कम गर्ने किसिमका कार्यक्रमहरु आयोजना गरीने छ ।
- गाउँपालिका भित्र रहेका बिद्यालयहरुमा शिक्षक दरबन्दी अभाबका कारण बिद्यालय ब्यवस्थापन समितीले न्युन पारिश्रमिकमा नियुक्त गरी राखेका निजी शिक्षक ब्यवस्थापनका लागी “गाउँ पालिका स्वंयम सेबक शिक्षक” नियुक्त गरी अभिबावकले लिईरहेको आर्थिक ब्ययभार गाउँपालिकाले आवश्यकता र औचित्यका आधारमा आर्थिक व्ययभारलाई निरन्तरता दिनेछ ।
- सबैसामुदायिक बिद्यालयमा प्राथमिक उपचार सामग्री उपलब्ध गराइनेछ .
- प्रत्येक विद्यालयमा गुणस्तरीय शिक्षाका लागि नियमित नियमन अनुगमन गरिने छ ।
- प्रत्येक विद्यालयमा कम्तिमा एक जना महिला शिक्षिका अनिवार्य र क्रमश विद्यालय व्यवस्थापन समिति तथा प्रधान अध्यापकमा महिला प्राथमिकता दिइने छ ।
- बित्थडचिर गाउँपालिकाले अघि सारेको शैक्षिक गुणस्तर सुधारको आधार वर्ष २०७५/०७६ लाई भब्य रुपमा सफल भएको कुरा अबगत गराउदै गाउँ पालिकालाई उत्कृष्ठ शैक्षिक केन्द्रको रुपमा विकास गरिदै लगिने छ ।
- विद्यालयहरुमा भइरहेको शिक्षण सिकाइको अनुगमन, मूल्याङ्कन तथा समीक्षालाई सघन रुपमा संचालन गरिने छ । यसका लागि सबै सरोकारवालाहरुलाई परिचालन गरिने छ ।
- गाउँपालिका क्षेत्रभित्रका विद्यालय उमेरका सबै बालबालिकाको विद्यालयमा पहुँच सुनिश्चत गरी बालबालिकाहरुलाई विद्यालय “झिकाऔं, टिकाऔं, सिकाऔं र विकाऔं” अभियानलाई निरन्तरता दिइनेछ ।
- कक्षा ६ देखी १२ सम्मका छात्राहरुलाई महिनावारी सरसफाई अभिमुखीकरण, स्यानेटरी प्याड निर्माण तथा वितरण कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
- प्रत्येक विद्यालयमा वृक्ष रोपण, फलफुल र करेसाबारी निर्माण विशेष जोड दिइनेछ ।
- बालमैत्री कक्षा संचालनको अबधारणालाई निरन्तरता दिइनेछ ।
- बित्थडचिर गाउँपालिका भित्र रहेका बाल बिकास सहयोगी कार्यकर्ता र कार्यालय सहयोगी लाई प्रोत्साहन भत्ताको ब्यबस्था गरिनेछ ।
- शिक्षक बिद्यार्थी र विद्यालयको कक्षा संचालन अवस्थालाई अध्ययन गरि शिक्षक बिधार्थी अनुपातको आधारमा शिक्षक सरुवा तथा दरबन्दी निर्धारण गरिनेछ ।
महिला तर्फः
“समृद्ध राष्ट्र बनाउनमा महिला, विकास क्रियाकलापको अवसरमा पहिला”
- लैंगिक समानता, सामाजिक समावेशीकरण र लैंगिक उत्तरदायी (महिला मैत्री) बजेटलाई प्रभावकारी कार्यान्वयन गरिनेछ ।
- लैंगिक हिंसा, बालविवाह, छाउपडी, जारीप्रर्था जस्ता सामाजिक कुरीतिहरुलाई शुन्य सहनशिल्ताको नीति अख्तियार गरी सबै वडा गाउँ बस्ती तहमा व्यापक सामाजिक अभियानका साथै आर्थिक सामाजिक कार्यक्रम निरन्तरता दिइनेछ ।
- लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण महिला तथा पुरुष र विभिन्न सामाजिक समुहहरुबीचको असमान शक्ति सम्बन्धहरुलाई पुनः सन्तुलित गर्न तथा हरेक प्रकारका सामाजिक पहिचान भएका व्यक्तिहरुका लागि समान अधिकार अवसर एवं सम्मान सुनिश्चित गर्नका लागि प्राप्त स्रोत साधनहरुलाई “जसको सवाल उसैको अगुवाई” का लागि विभिन्न संजाल गठन परिचालन गरिने छ ।
- महिलाको मागका आधारमा उद्यम तथा क्षमता विकासका कार्यक्रम सञ्चालन गरी आय आर्जनमा बृद्धि गरिनेछ ।
- एकल वा विधवा महिलाको जिविकोपार्जनका लागि एक सुरक्षा कोषको व्यवस्था र सञ्चालन गरिने छ।
- सकारात्मक विभेदको नीति अवलम्वन गरी व्यवसायिक महिलालाई प्राथमिकता दिइने छ ।
- लैंगिक हिंसा र महिला सम्वन्धी व्यवस्था भएका ऐन र कानून बारेमा महिला अगुवाहरुलाई संचेतना कार्यक्रम निरन्तरता दिइनेछ ।
- महिला अगुवाहरुलाई नेतृत्व विकास विकास र क्षमता अभिवृद्धि तालिम संचालन गरि निरन्तरता दिइनेछ ।
- हिंसा पीडित महिला सामाजिक तथा आर्थिक सशक्तिकरणका लागि सीपमुलक तालिम र वीऊपूजीको उपलब्ध गराइनेछ ।
- किशोरीहरुलाई महिनावारी सरसफाई र स्वच्छता सम्वन्धी कार्यक्रम संचालन गरिनेछ ।
- गाउँपालिकाले अन्तराष्ट्यि नारी दिवस, बालिका दिवस र १६ दिने लैंगिक हिंसा विरुद्धको अभियान कार्यक्रम संचालन गरिनेछ ।
- महिलाहरुको सरकारी जागिर पहुँच बढाउने लोकसेवा तयारी कक्षा संचालन गरिने छ ।
- “शिप युक्त महिला आत्म निर्भर पहिला” भन्ने नारा लाई मुर्तरुप दिन महिला हरुका लागि सिलाई लाई कटाई, होजरी तथा ब्युटीपार्लर तालिम, हेयर कटिङ, हाउस वारिंग तालिम, कम्पुटर तालिम, मैन बत्ती निमार्ण तालिम, बेमौसमी तरकारी र फलफुल खेती तालिम लगायत सिप बिकास तथा उद्यम प्रर्बदन कार्यक्रम संचालन गरिनेछ ।
- अल्पकालिन सुरक्षित आवास खर मुक्त छाना निर्माण गरि निरन्तर सहयोग गरिने छ ।
- महिला समुह, समिति, निगरानी समुह गठन तथा समुह सदस्यलाई अनुशिक्षण तालिम संचालन गरिनेछ ।
- समुदायमा आधारित संरक्षण तालिम संचालन गरिनेछ ।
- विगतको जि.स.स. तथा अन्य संघ संस्थाबाट प्राप्त हुने सामाजिक क्षेत्र विकासको (सहकारी तथा अन्य स.सं.) रकम सामाजिक क्षेत्रबाट सार्वजनिक गराउने व्यवस्था गराइनेछ ।
बालबालिका तर्फः
१. बालविवाह अन्त्यका लागि बझाङ्ग जिल्ला रणनीतिक योजना २०७४ लाई कार्यन्वयन गर्दै यस गाउँपालिका २०७८ साल भित्र बाल विवाह अन्त्य गर्न विभिन्न कार्यक्रम संचालन गरिनेछ ।
२. प्रत्येक वडामा बाल क्लब तथा सञ्जाल पुर्नगठन गरी परिचालन गरेर वालमैत्री वडा घोषणा गरिनेछ ।
३. बालविवाह, बालशोषण, बालश्रम जस्ता गैरकानुनी प्रर्थाको अन्त्य गरिने छ ।
४. सवै तहका बालबालिकालाई शिक्षाको मूलधारमा ल्याउने व्यवस्था मिलाइने छ ।
५. बाल पोषण भत्ता ५ बर्ष मुनीका सबै विपन्न तथा दलित बालबालिकालाई दिइने छ ।
६.किशोरीहरुको विकास र सशक्तिकरणका लागि किशोरी समुह गठन, किशोरी सहजकर्तालाई प्रशिक्षण प्रशिक्षक तालिम तथा किशोरी रुपान्तरण कक्षा संचालन गरिनेछ । किशोरीका अभिभावकलाई समेत रुपान्तरण कक्षा संचालन गरि बालविवाह रोक्न अभियान संचालन गरिनेछ ।
७. किशोरकिशोरीका लागि जीवन उपयोगी सीप तालिम संचालन गरिनेछ ।
८. टुहुरा, गरिव, जेहेन्दार बालिका तथा किशोरीहरुलाई विद्यालय शिक्षामा सहयोग पुराउन पोशाक, स्टेशनरी तथा शैक्षिक सामग्री वितरण गरिनेछ ।
९. बालबालिका माथि हुने शारीरिक, मानसिक, दण्ड सजाय तथा यौनजन्य दुव्र्यवहार न्युनीकरण गरिनेछ ।
१०. टुहुरा बालबालिकाको लागत संकलन गरी संरक्षण प्रदान गरिनेछ ।
११. बालकेन्द्रित विपद व्यवस्थापन, बाल संरक्षण र लैंङ्गिक हिंसा न्यूनिकरण, खानेपानी, सरसरफाई तथा स्वच्छता, शिक्षा, वहुक्षेत्रीय पोषण, स्वास्थ्य र सामाजिक नीतिका क्षेत्रहरुमा सहकार्य, समन्वय र साझेदारी कार्यक्रममा निरन्तरता दिईनेछ ।
युवातथा खेलकुद तर्फः
“युवा तथा खेलकुदः सक्षम खेलाडी प्रतिस्प्रर्धि खेलकुद तथा मनोरञ्जन र स्वास्थ्य जीवन ।”
१. प्रत्येक वडामा युवा सञ्जालको पुनर गठन, नेतृत्व विकास तालिम र युवाका लागि लक्ष्ति स्वरोजगार उद्यम कार्यक्रम संचालन गरिने छ ।
२. गाउँपालिकास्तरमा एक व्यवस्थित खेल मैदान व्यवस्थाका लागि केन्द्र र प्रदेश सरकारसँग सहकार्य गर्दै निर्माणाधीन बित्थड खेलकुद मैदानको स्तरोन्नति गरिने छ । देउलेख र सुनकुडामा खेलकुद मैदान निर्माण गरिने छ साथै खेलकुद प्रतियोगिता आयोजना भएमा सहयोग गरिने छ । विभिन्न स्थानीय क्लवहरुसँग समन्वय गरी खेलकुद सामाग्रीहरु वितरण गरिने छ ।
३. युवाहरुको शक्तिलाई गाउँपालिकाको समृद्धिमा सहभागी गरिनेछ । गाउँस्तरिय प्रतिभाको खोजी तथा प्रोत्साहन कार्यक्रम निरन्तरता दिइनेछ ।
४. किशोर तथा युवाहरुलाई मादक पदार्थ, धुम्रपान, लागु औषध जस्ता दुब्र्यसनबाट बचाउन स्कुल तथा क्याम्पसमा गैर सरकारी संस्था र युवा क्लब तथा सञ्जालसंग सहकार्य गरी सचेतना कार्यक्रम संचालन गरिनेछ ।
५. गाउँपालिका स्तरीययुवा तथा खेलकुद समितियुवा लक्षित कार्यक्रम र खेलकुद सम्बन्धि कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
६. राष्ट्यि तथा अन्तराष्ट्यि रुपमा खेलिने बिभिन्न खेलहरु यस गाउँपालिकामा खेल विस्तार तथा संचालन गरिने छ ।
७. युवा लक्षित गरी लोक सेवा तथा शिक्षा आयोग तयारी कक्षा संचालन गरि सरकारी जागिर पहुँच बढाउने कार्यक्रम लाई निरन्तरता दिइनेछ ।
अपाङ्ग लक्षित तर्फः
“हाम्रो काम अपाङ्ग नागरिकको सम्मान ।”
१. निर्माण गरिने सरकारी कार्यालय तथा विद्यालयहरुका भौतिक संरचना निर्माण गर्दा अपाङ्गमैत्री बनाइनेछ ।
२. अपाङ्गको वर्ग पहिचान गरी क्षमता अनुसार व्यावसायिक बनाउने जस्तै: घुम्तीपसल, खुद्रा पसल, कुखुरापालन, तरकारी खेती, रेडियो प्रस्तोता, उद्घोषण, घडी, रेडियो, मोवाइल मर्मत, सिलाई, कटाई, वुटिक, व्युटिपार्लर जस्ता सीपहरुको प्रवन्ध गराई आत्मनिर्भर बनाईनेछ ।
३. अपाङ्गहरुको सहज आवात जावत गर्नको लागि आवश्यकता अनुसार ह्वील चियरको
व्यवस्था गरिनेछ ।
४. “क” वर्ग वाहेकका अपाङ्गहरुलार्ई आन्तरीक आयबाट व्यहोर्ने गरी एक अपाङ्ग सामाजिक
सुरक्षा कोष स्थापना गरि निर्देशिका बनाएर परिचालन गरिनेछ ।
५. अपाङ्गता भएका व्यक्तिहरुको पहिचान गरी अपाङ्गता परिचय पत्र उपलव्ध गराउने ।
६. नियमित शिक्षा, विशेष शिक्षा र सीपमा अपाङ्गताको प्रकृति र उमेर हेरेर अनिवार्यता
गरिनेछ । अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच बढाउन विद्यालय पोशक तथा शैक्षिक सामग्री वितरण गरिनेछ ।
७. पालिका स्तरीय अपाङ्ग समन्वय समिति गठन गरी अपाङ्गता सम्वन्धी कार्यक्रम गर्दा
सहकार्य र समन्वय गरिनेछ ।
८. अपाङ्गता दिवस मनाउने र उनीहरु प्रति सकरात्मक वातावरण सृजना गर्न अभियान
संचालन गरिनेछ ।
९अपाङ्गता तथा विपन्न छात्र छात्रालाई छात्रवृत्रि निति लिनेछ ।
जेष्ठ नागरिक तर्फः
“हाम्रो काम “जेष्ठनागरिकको सुरक्षा र सम्मान ।”
१. जेष्ठ नागरिकको अनुभवको उपयोग गर्दै उहाँहरुको मर्यादित जीवन लागि परिचय पत्र वितरण, अभियान तथा जेष्ठ नागरिक सम्मान कार्यक्रम संचालन गरिने छ ।
२. जेष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता घर घरमा गएर सम्मानका लागि हात हात वितरण गरिनेछ ।
३. जेष्ठ नागरिकहरुलाई विभिन्न तिर्थधामको दर्शन गराइनेछ ।
४. जेष्ठ नागरिक दिवसका दिनमा स्वास्थ्य शिविर सञ्चालन गरी औषधी उपचार सेवा दिने, सम्मान गर्दै, ब्यांकेट तथा पोशक वितरण तथा फलफुल र्हलिक्स वितरण गर्ने ।
दलित तर्फः
१. दलित पिछडिएको वर्ग क्षेत्रको उत्थान, सामाजिक तथा आर्थिक सशक्तिकरण गर्दै जातिय छुवाछुत र भेदभावको अन्त्य गरिने छ ।
२. दलित परम्परागत पेशाको आधुनिकरण तथा औजारमा सहयोग गरी व्यवसाय संचालन गरी दलित समुदायको आर्थिक सशक्तिकरण गर्ने ।
३. दलित युवाहरुलाई उद्यम, स्वारोजागारका लागि सीपमूलक तालिम र वस्तुगत टेवा ।
४. दलित जनप्रतिनिधिको नेतृत्व विकास तालिम दिने ।
६. गाउँपालिका स्तरीय दलित सञ्जाल गठन र परिचालन गरी दलित सवालमा सामाजिक अभियान सञ्चालन गरिनेछ ।
सामाजिक सुरक्षा तर्फः-
१. सामाजीक सुरक्षा भत्ता घुम्ती सेवा मार्फत वितरणको व्यवस्था मिलाइनेछ ।
२. सामाजिक सुरक्षा कार्यक्रम एकिकृत रुपमा संचालन गरि प्रभाबकारी रुपमा अनुगमन गरिनेछ ।
२.) आर्थिक क्षेत्र:
कृषि:
- बिश्वब्यापी फैलिएको कोरोना संक्रमणको महामारीबाट उत्पन्न संकटबाट बच्न स्वरोजगारको वातावरण सृजना गर्ने निती अवलम्बन गरिनेछ । जसका लागि गाउँपालिका तथा वडा स्तरमा कार्यन्वयन हुने गरी “ बित्थडचिर स्वरोजगार कृषि कार्यक्रम”लागु गरिनेछ । यसको बेग्लै निर्देशिका तयार पारि साना तथा मझौला कृषि परियोजना संचालन हुनेछन् । यस कार्यक्रम अन्तर्गत निम्नानुसार गतिविधी संचालन गरिनेछ –
क) कृषि क्षेत्रमा लघु उद्यमहरु संचालन गर्न चाहनेहरुका लागि कृषि औजार उपकरणमा ७५ प्रतिशत अनुदान दिइनेछ ।
ख) एक वडा एक लघु उद्यम स्थापना गरिनेछ ।
ग) १ लाख रुपैयाँ भन्दा बढी कारोबार गर्ने किसानहरुलाई प्रोत्साहन स्वरुप नगद रकम किसानकै बैंक खातामा जम्मा गर्ने कार्यक्रम लागु गरिनेछ ।
घ) संयुक्त लगानी (म्याचिङ्ग फण्ड) का आधारमा कृषि उद्यम गर्न चाहनेहरुलाई बिना धितो ऋण तथा सहुलियतपूर्ण ब्याज उपलब्ध गराउन बित्तिय संस्थाहरुसंग समन्वय गरिनेछ ।
ङ) भकारो सुधार कार्यक्रमलाई कार्यान्वयनमा ल्याउनुका साथै जैविक मल तथा विषादी उत्पादन गर्ने उद्योग स्थापना गर्न प्रोत्साहन गरिनेछ ।
च) कृषि नर्सरी उद्योग स्थापनाका लागि पहल गरिनेछ ।
छ) बाँझो रहेको जमिनलाई कृषि कार्यमा उपयोग गर्न तथा टुक्रिएको जमिनको चाक्लाबन्दी गरी व्यवसायिक कृषि कार्यमा प्रयोग गरिनेछ । खाद्यान्न संकटलाई ध्यानमा राखि तत्काल उत्पादन हुने उन्नत नगदेबाली खेतीमा बिउबिजन, मलखाद्य तथा सिचाई योजनाहरुमा शतप्रतिशत अनुदान दिई खाद्य संकट न्युनीकरण गर्न भारत तथा तेस्रो मुलुकबाट फर्किएकाहरुलाई प्रोत्साहन गरिनेछ । नगदे खेतीबाली आर्थिक वर्षको तीन महिनाभित्र कार्यक्रम लागु गरिनेछ ।
- सामुदायिक वनहरुमा कबुलीयती खेतीमा जोड दिईनेछ । बाँझो जमिन राख्ने प्रबृतिलाई निरुत्साहीत गरिनेछ । कृषि उत्पादकत्व वृद्धि गरी दश वर्षमा कृषिको उत्पादन दोब्बर बनाउन कृषिलाई आधुनिकीकरण र व्यवसायीकरण गरिनेछ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई विस्तार गरी तीव्रताका साथ कार्यान्वयन गरिनेछ ।
- निजी उद्यमी र सहकारी क्षेत्रको संलग्नतामा करार तथा सहकारी खेतीलाई विशेष जोड दिईनेछ ।
- बाँझो जमिनमा ओखर,सुन्तला,मौसमी तथा अन्य ब्यबसायिक खेती गर्ने किसानलाई प्राथमिकता दिइनेछ ।
- निर्वाहमुखी कृषि पद्दतिलाई दश वर्षभित्रमा पूर्ण रुपमा व्यवसायिक कृषितर्फ रुपान्तरण गर्न माटो परीक्षण, जलवायु अनुकूल कृषि बालीको छनौटलाई क्रमिक रुपमा कार्यान्वयन गर्दै लगिनेछ ।
- बित्थडचिर गाउँपालिका क्षेत्रमा रहेका सार्वजनिक तथा ऐलानी जग्गाहरुको प्रकृति, स्वरुप र सम्भावनाका आधारमा समग्र भूमिको उपयोग गर्न करार, सहकारी र सामुहिक खेतीलाई विशेष प्रोत्साहन गरिनेछ ।
- प्रमुख कृषि उपज, पशुपन्छीजन्य तथा मत्स्य उत्पादनमा आत्मनिर्भर हुने र उच्च मूल्यका कृषि उपजहरुको निर्यात वृद्धि गर्ने नीति अवलम्बन गरिनेछ । निर्यातयोग्य उच्च मूल्यका कृषि उपजहरुको खेतीलाई प्रोत्साहन गरिनेछ । अर्गानिक खेती प्रणालीलाई प्रोत्साहन र कृषिजन्य उपजको आयातलाई निरुत्साहन गरिनेछ ।
- कृषि उत्पादनलाई चाहिने मल, बिऊ, औषधि, उपकरण र अन्य आवश्यक सेवाहरु कृषि तथा पशु सेवा केन्द्रमार्फत उपलब्ध गराइनेछ । कृषकहरुलाई माटो स्वास्थ्य प्रमाणपत्र वितरण, कृषि बीमा बिस्तार, कृषि ज्ञान केन्द्रको स्थापना गर्न आवश्यक नीति अवलम्बन गरिनेछ ।
- कृषि जन्य उपजको भण्डारणका लागिशीत भण्डारणको व्यवस्था गर्न आवश्यक नीति अवलम्बन गरिनेछ । कृषि उत्पादनका साधनहरुको उपलब्धता, उत्पादन, सञ्चय, बिक्री वितरण र मूल्यको अनुगमन र नियमन गरिनेछ ।
- आधुनिक प्रविधिको प्रयोग गरी साना तथा मझौला सिंचाई आयोजनाहरुको निर्माण तथा कार्यान्वयनबाट कृषियोग्य जमिनमा सिंचाई सुविधा विस्तार गरिनेछ ।
- कृषि साझेदारीहरुसँग समन्वय गरी अन्तर्राष्ट्रिय बजारसम्म पहुँच वृद्धि गर्न आवश्यक नीति अवलम्बन गरिनेछ ।
- खाद्य सुरक्षा तथा खाद्य सम्प्रभुतालाई व्यवस्थित गर्न बजार अनुगमन तथा व्यवस्थापन समिति गठन गरीखाद्य सुरक्षाप्रतिकार्य योजना (Food Security Response Plan) कार्यान्वयन गरिनेछ ।
- कृषि उत्पादनलाई व्यवस्थित र सुरक्षित बनाउन आधारभूत कृषिजन्य बालीहरुमा रोगहरुको पहिचान र सचेतना अभिवृद्धि गर्न आवधिक रुपमा कृषिजन्य अभिमुखीकरण सञ्चालन गरिनेछ ।
- बित्थडचिर गाउँपालिका क्षेत्रमा कृषि क्षेत्रमा अनुकरणीय योगदान पुर्याए वापत वार्षिक रुपमा सर्वोत्कृष्ट कृषि व्यवसायी घोषणा गरि प्रोत्साहनको ब्यबस्था गरिनेछ ।
- जडिबुटीको व्यवसायिक खेतीको सम्भाव्यता अध्ययन गरी सोही अनुरुपका कार्यक्रम तथा योजनाहरुलाई विशेष प्रोत्साहन दिइनेछ ।
- दश वर्षे कृषि विकास रणनीतिले तय गरे अनुसार नेपाल सरकारले युवा लक्षित स्वरोजगार कार्यक्रम अन्तर्गत रोजगारी सिर्जना गर्न बेमौसमी तरकारी र अन्य सम्भावित बालीलाई व्यवसायीकरण गर्न जोड दिइनेछ ।
- सुख्खा क्षेत्रमा रिचार्ज पाउण्डको अवधारणा लागू गरिनेछ .थोपा सिंचाई तथा फोहोरा सिंचाई, सिमेन्ट पोखरी र प्लाष्टिक पोखरी निर्माण गरी वर्षातको पानी संकलनमा जोड दिइनेछ । लोपोन्मुख तथा मौलिक बाली संरक्षण, सम्बर्द्धन तथा प्रवर्द्धन कार्यमा जोड दिने, यसको लागि ग्रामीण स्तरमा बिउ बैंक (Seed bank) स्थापना गर्न आवश्यक नीति तय गरिनेछ ।
- फलफूल र आलु तथा अन्य तरकारी भण्डारणका लागि सेलर स्टोर तथा रष्टिक स्टोरको निर्माणका लागि यस बित्थडचिर गाउँपालिकामा कार्यरत संघ संस्थासँग समन्वय गरिनेछ ।
- उच्च मूल्य कृषि वस्तु बजारीकरणको लागि सहकारीमा आधारित बिक्री वितरण प्रणाली (co-operative marketing system) लाई प्रोत्साहन गरिनेछ ।
- जलवायु परिवर्तनबाट कृषि क्षेत्रमा परेको प्रभाव सम्बन्धी अध्ययन तथा अनुसन्धानमा जोड दिइनेछ ।
- गरीब तथा विपन्न परिवारहरुलाई पहिचान गरी तरकारी खेतीमा अनुदान दिने नीति लिईनेछ।
पशुपन्छी:
- गाउँपालिका क्षेत्रमा भएका जंगली पशुपन्छीहरुकोप्राकृतिक संरक्षण (In-situ conservation)को व्यवस्था गरी जैविक विविधता कायम राख्न आवश्यक नीति अवलम्बन गरिनेछ ।
- गाउँपालिका स्तरमा एक सहकारीलाई दुग्धडेरीको स्थापनाका लागी अनुदान दिईनेछ ।
- पशु व्यवसायलाई व्यवस्थित गर्न पशु चरणको लागि सम्भावित ठाउँ पहिचान गरी सञ्चालन गर्न आवश्यक नीति अवलम्बन गरिनेछ ।
- मौसमी कृत्रिम गर्भाधान (Artificial Insemination) लाई ग्रामीण दुर्गम क्षेत्रमा सामुदायिक पशु प्रजनन केन्द्रको सुरुवात गर्न र ती ठाउँमा न्यून उत्पादकत्व भएका भाले पशुहरुलाई बन्ध्याकरण गर्न प्रोत्साहन गरिनेछ । यसका साथै नश्ल सुधार कार्यक्रमलाई कार्यान्वयन गर्न आवश्यक नीति अवलम्बन गरिनेछ ।
- आधुनिक व्यावसायिक भेडा,बाख्रा,गाई,भैंसी, बंगुर लगायत अन्य पशुपंक्षी फर्मको विकास गर्न जोड दिइनेछ।
- हिउँदमा पशुहरुको आहारा आपूर्तिको लागि स्थानीय पोषिला घाँसहरुको पहिचान रसंरक्षण गरी स्थानीय स्रोत साधनबाट पौष्टिक आहारको प्रवर्द्धन गरिनेछ ।
- यस गाउँपालिकामाआवश्यकता अनुसार आधुनिक बधशाला निर्माण गर्न पहल गरिनेछ ।
- व्यवसायिक पंक्षीपालनलाई प्रोत्साहन तथा प्राथमिकता दिइनेछ ।
- गाउँपालिकाका प्रत्येक वडामा पशु स्वास्थ्य सेवा सुनिश्चत गर्न निजी प्राईभेट र ग्रामीण स्वास्थ्य कार्यकर्ताहरु परिचालनमा गाउँपालिकाको संलग्नतालाई प्रोत्साहन गरिनेछ ।
- गाउँपालिका स्तरीय घुम्ती पशु शिविर सञ्चालन गर्न आवश्यक कार्यक्रम तय गरिनेछ ।
सहकारी:
- गाउँ गाउँमा सहकारी, घर घरमा रोजगारी‘ भन्ने नारालाई सार्थकता प्रदान गर्न स्थानीय सहकारी ऐन मार्फत र स्थानीय तहमा हस्तान्तरण भईसकेका सहकारी संस्थाहरु, दर्ता हुन आउने संस्थाहरुको सञ्चालन, नवीकरण, नियमन र खारेजी गरिनेछ ।
- दशैँ तिहार जस्ता चाडपर्वका र विपद वेला सहुलियत दरमा आबश्यक खाद्य सामग्री वितरण गरिनेछ ।
- स्थानीय तहको दीगो र समतामूलक आर्थिक विकास तथा अग्रगामी सामाजिक रुपान्तरणका लागि सवल र सक्षम सहकारी प्रणालीलाई विकास गर्न आवश्यक नीति अवलम्बन गरिनेछ ।
- स्थानीय श्रम, सीप र पूँजीलाई अधिकतम रुपमा परिचालन गर्ने गरी सहकारीलाईअर्थतन्त्रको एक सबल स्तम्भको रूपमा विकसित गर्दै आर्थिक तथा सामाजिक विकासको लक्ष्यमा योगदान पुर्याउने नीति अवलम्बन गरिनेछ ।
- शिक्षा, तालिम र सूचनाको माध्यमबाट सहकारीको संस्थागत क्षमता विकास रसहकारीसम्बन्धी जनचेतना अभिबृद्धि गर्ने सम्बन्धमा आवश्यक नीतिहरूअवलम्बन गरिनेछ ।
- कृषि क्षेत्र लगायत अन्य उत्पादन तथा सेवामा आधारित सबै प्रकारका व्यवसायमा सहकारीलाई क्रियाशील तुल्याउने नीति अवलम्बन गरिनेछ ।
- सहकारीको विकास, विस्तार र प्रवर्द्धनको लागि दीर्घकालीन योजना, मानव संशाधन विकास, आवश्यक संगठन संरचनाहरुको निर्माण एवम् कानुनी व्यवस्थाहरु तय गर्न आवश्यक नीति अवलम्बन गरिनेछ ।
- सहकारीको विकास, विस्तार र प्रवर्द्धन गर्न सरकार, सहकारी, नीजी क्षेत्र तथा विकास साझेदारहरु बीच सहकार्य र सहयोगलाई प्रवर्द्धन गर्ने नीति अवलम्बन गरिनेछ ।
- सहकारीको निर्दिष्ट मूल्य र सिद्धान्तहरुको अभ्यास गर्दै प्रभावकारी व्यवस्थापन विधिको अवलम्बन तथा नियमन मार्फत सहकारी क्षेत्रमा सुशासन कायम गर्ने नीति अंगीकार गरिनेछ ।
- सहकारी प्रवर्द्धित उद्योग व्यवसायको विकास तथा विस्तार गर्दै सहकारी क्षेत्रलाई प्रतिस्पर्धी, प्रभावकारी एवम् गुणस्तरीय बनाउन आवश्यक नीति अवलम्बन गरिनेछ ।
- महिला, गरीब, अपाङ्ग, सीमान्तकृत, भूमिहीन तथा पिछडिएका वर्ग र श्रमिकहरुका साथै आम नागरिकहरुको जीवनस्तरमा सुधार ल्याउन सहकारीको पहुँच अभिवृद्धि गरिनेछ ।
उद्योग:
- बित्थडचिर गाउँपालिकाक्षेत्रमा सञ्चालनमा रहेका मझौला, घरेलु तथा साना उद्योगहरुको विवरण अद्यावधिक गरी उक्त उद्योग व्यवसायको अधिकृत पूँजी, स्वरुप, प्रकृति, क्षेत्रका आधारमा वर्गीकरण गर्ने तथा सञ्चालन र नियमनका लागि आवश्यक नीति अवलम्बन गरिनेछ ।
- घरेलु तथा साना उद्योगहरुलाई कच्चा पदार्थको आयात तथा उद्योगजन्य उत्पादनको निर्यात, वस्तुको बजारीकरणमा विशेष सहुलियत दिइनेछ ।
- बित्थडचिर गाउँपालिकामा प्रचुर मात्रामा सम्भावना रहेको सम्भाव्य उत्पादनलाई व्यवसायीकरण गर्न आगामी आर्थिक वर्षबाट औद्योगिक ग्रामको स्थापना गर्न प्रदेश सरकारसँग समन्वय गरिनेछ ।
- बित्थडचिर गाउँपालिका भित्र घरेलु तथा साना उद्योगको विस्तार गरिनेछ । स्थानीय सीप, स्रोत र साधनलाई प्रयोग गरी अल्लो ढाका,निगालो,बाँस जस्ता उत्पादन गर्ने लक्षित वर्गलाई अनुदानको व्यवस्था गरिनेछ ।
- काठजन्य उद्योगलाई व्यवस्थित गर्न बित्थडचिर गाउँपालिकाले आवश्यक नीति अवलम्बन गर्नेछ ।
रोजगार प्रवर्द्धन:
- बेरोजगार नागरिकहरुको सर्वेक्षण गरि त्यस्ता व्यक्तीलाई सुचिकृत गरी सिप क्षमता र योजना अनुसार सहकारी मार्फत कृषि व्यवसायमा लगानी गरिनेछ । स्वरोजगार कार्यक्रमलाई प्रोत्साहन गरी स्थानीय उद्यमशिलतालाई जोड दिने कार्यक्रमहरुलाई मुख्य प्राथमिकतामा राखिनेछ ।
- गाउँपालिकाबाट आ.व. २०७७/०७८ मा वार्षिक बजेट विनियोजन गर्दा भारत लगायत तेस्रो मूलुकबाट आएका व्यक्तिलाई प्रत्यक्ष रोजगारी सिर्जना हुने आयोजनाहरुलाई उच्च प्राथमिकता प्रदान गरिनेछ ।
- गाउँपालिकाबाट विनियोजित योजनाहरुबाटप्रत्यक्ष लाभग्राहीहरु स्थानीयबासी हुने र स्थानीयवासीमा रोजगारी सिर्जना हुने अवस्थामा उक्त आयोजनाहरु उपभोक्ता समितिबाट सञ्चालन गरिनेछ ।
- वैदेशिक रोजगारीको अनुभव प्राप्त गरी स्वदेश फर्केका मानव संशाधनलाई स्वरोजगारमूलक, आयमूलक तथा उत्पादनमूलक उद्योग, सेवा तथा व्यवसायमा आकर्षित गरिनेछ ।
- गाउँपालिकाबाट स्वीकृति प्राप्त गरी विभिन्न क्षेत्रहरुमा सीप तथा क्षमतामूलक कार्यक्रमहरु सञ्चालन गर्ने प्रस्तावना पेश भएको खण्डमा उक्त कार्यक्रम सञ्चालन गरिने क्षेत्रहरुसँग समन्वय गरेर दोहोरोपन नआउने गरी क्षेत्र निर्धारण गरिनेछ ।
- वैदेशिक रोजगारबाट (भारत लगातय अन्य मूलुक) आर्जित पूँजी, सीप, अनुभवको प्रयोग गरी स्वदेशमा उद्यमशीलता प्रवर्द्धन क्षेत्रमा लगानी गरी योगदान दिने उद्यमीलाई प्रोत्साहित गरिनेछ । साथै बित्थडचिर गाउँपालिकालाई मर्यादित र अनुशासित बनाउन युवाहरुलाई स्वयंम सेवकको रुपमा खटाईनेछ ।
- स्थानिय तहमा दर्ता भएका बेरोजगार व्यक्तिलाई न्यूनतम रोजगारिको प्रत्याभुति गर्नका लागि कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना संचालन गरि श्रममुलक अयोजना मार्फत समुदायको विकाससंगै सामाजिक संरक्षणको प्रत्याभुति गराइनेछ।
- दक्ष तथा सक्षम जनशक्तिको विकास गरि आन्तरिक रोजगारिको प्रवर्द्धन गर्न आवश्यक सीपमुलक तालिमको पहिचान गरि बेरोजगार व्यक्तिलाई तालिमप्रदान गराइ स्वरोजगार बनाउन केही रकम अनुदानको रुपमा दिइनेछ।
- पालिका स्तरिय योजनाहरुमा भारतबाट फर्केका युवाहरुलाइ रोजगार सेवा केन्द्रमा सुचिकृत गराइ प्रत्येक वडामा कम्तिमा १०० जना श्रमिकहरुलाई वडागत रुपमा संचालित आयोजनामा परिचालन गर्ने सम्बन्धमा आवश्यक व्यवस्था गरिनेछ।
- “जग्गा नराखौ बाँझो, हाम्रै हातमा छ उत्पादनको साँचो” स्वावलम्बन अभियान संचालन गरि बेरोजगार युवाहरुलाई दैनिक ज्यालाको रुपमा काम गराइ खाद्यान्न उत्पादन तथा बजार व्यवस्थापन गरिने छ ।
- आन्तरिक रोजगारि सिर्जना गर्न सरोकारवाला निकाय र निजी सहकारी तथा गैह्रसहकारी क्षेत्रसंग समन्वय र सहकार्यमा जोड दिइनेछ।.
- युवा तथा शैक्षिक बेरोजगारलाई प्राथमिकतामा राखि स्वरोजगारमुलक कार्यमा संलग्न स्थानीय युवा उद्यमीहरुलाई प्रोत्साहित गरिनेछ ।
- श्रम सम्वन्धलाई प्राथमिकता दिईदै सार्वजनिक पुर्वाधार निर्माण,कृषि,व्यवसायिक उद्योग,वित्तिय क्षेत्रबाट रोजगारी सिर्जना गरिनेछ।
- रोजगार सेवा केन्द्र संचालन तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाइनेछ ।
- युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजना तथा कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना संचालनलाई थप शसक्त रुपमा कार्यान्वयन गरिनेछ।
- वैदेशिक रोजगारीबाट फर्किएका,रोजगारी गुमाएका युवाहरुलाई उद्यमशीलता विकास गराउन बिउ, पुँजी उपलब्ध गराउने गरि आवश्यक व्यवस्था गरिनेछ।
- कामको सम्मान,स्वरोजगार, उपयुक्तपारिश्रमिक र सामाजिक संरक्षणसहितको श्रम व्यवस्थापन यस गाउँपालिकाको नीति हुनेछ।
- कामका लागि पारिश्रमिक, कामका लागि खाद्यान्न सामुदायिक आयोजनाहरुमा सरोकारवालाहरुसंग साझेदारीका लागि पहल गरिनेछ।
कानून:
नेपालको संविधानमा उल्लिखित जनताको मौलिक हक तथा सम्बद्ध नीतिहरुको साथै दीगो विकासका लक्ष्य अनुसार गरीबी हटाउने कार्यको लागि समेत बित्थडचिर गाउँपालिकाले आवश्यक रणनीति र कार्यनीति तय कार्यक्रमहरु सञ्चालन गर्नेछ ।
- यस गाउँपालिकालाई गरिबीमुक्त गाउँपालिकाको रुपमा विकास गरिनेछ । गरिबी निवारण तथा सामुदायिक विकासमा संलग्न गैरसरकारी संस्था तथा वैदेशिक सहयोगलाई एकद्वार प्रणाली मार्फत गरिबी घटेको परिणाम देखिने कार्यक्रम तय गर्ने नीति बित्थडचिर गाउँपालिकाले लिनेछ ।
- भारत लगायत तेस्रो मुलुकबाट आएका व्यक्तिहरुलाई जनता सँग अध्यक्ष कार्यक्रम मार्फत परिचालन गरी यस कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
- यस बित्थडचिर गाउँपालिका भित्र रहेका सुकुम्बासी परिवारहरुको लागत तथा तथ्याङ्क संकलन गरी आवश्यक पर्ने जग्गा उपलब्ध गराउने नीति लिईनेछ ।
- गाउपालिकाको आबधिक योजना तयार गरिने छ,
यस गाँउपालिकाको सडक यातायात गुरुयोजना तयार गरी सम्पूर्ण वडाहरु सडक संजालमा जोडिने निति लिइनेछ ,
प्रत्येक बर्ष पाश्वचित्र अध्यावधिक गरिनेछ ,
यस गाँउपालिकाको ५ बर्षे रणनीतिक योजना तयार पारिने छ ,
मध्यकालिन खर्च संरचना तयार गरि लागू गरिने छ ,
गरीबी न्यूनीकरण:
- गरिबहरुको संख्या यकिन गर्न बित्थडचिर गाउँपालिकाले सञ्चालन गर्ने गरिब घरपरिवारको पहिचान कार्यको थालनी गरिसकेको वर्तमान अवस्थामा छिट्टै स्थानीय मानक समेत रहने गरी गरिब परिचय पत्रको व्यवस्था गरिनेछ । सो परिचयपत्र धारकहरुलाई कार्यविधि तय गरी क्षमता अभिवृद्धि, पूँजीगत अनुदान तथा रोजगारी दिइनेछ । अनुदान, सेवा सुविधा वा सहुलियतलाई कामसँग आवद्ध गरिनेछ ।
पर्यटन:
- ऐतिहासिक धार्मिकस्थल, कालिकाभगवती केदार, चिरासैनीभगवती सिगास, केदार, कालिका,भूमिराज,कैलपाल,पोहरावल,डाडाबाग,माहादेव,मनासायी,निमोन,अगुनढाट,मष्टा,जगन्नाथ,कैलपाल,भवानी,सिकासधुरा,केदार,घटाल,बाटपाला बेताल, गढदेबी जस्ता शक्ती पिठको संरक्षण र प्रचार प्रसारमा जोड दिइनेछ ।
- वित्थडचिर गाउँपालिकाका महत्वपूर्ण पर्यटकीय स्थल वित्थड, खसीलडा, तोली, देउलाट, धारछडी, भाटेगुफा, सिगास, गुइलटा आनन्द ताल लगायतका स्थलमा धार्मिक तथा पर्यटकीय क्षेत्र विकासको लागि प्रदेश सरकारको सहलगानीमा साम्भाव्यता अध्ययन गरिने नीति अवलम्बन गरिने छ ।
- पर्यटकीय गन्तव्य स्थलको रुपमा पहिचान गरिएका ठाउँहरुमा पूर्वाधार निर्माण गरी व्यवसायमा लगानी गर्न सहकारी र निजी क्षेत्रलाई प्रोत्साहन गरिनेछ । यसका लागि पर्यटन व्यवसायी र युवाहरुलाई पर्यटन उद्योगमा आकर्षित गर्न आवश्यक तालिम र सहुलियत ऋणका लागि समन्वय गराइनेछ ।
- बित्थडचिर गाउँपालिकामा रहेका ऐतिहासिक तथा पर्यटकीय क्षेत्रहरुलाई जोड्ने यातायात र पदमार्गहरुलाई व्यवस्थित गरिनेछ ।
- प्राकृतिक प्रकोप र विपद्को समयमा मानवीय उद्वार गर्नका लागि प्रदेश सरकारसँग सहकार्य र समन्वय गरी बित्थडचिर गाउँपालिका भित्र उपयुक्त स्थानमा हेलिप्याड निर्माणको सम्भाव्यता अध्ययन गरी निर्माण कार्य अगाडि बढाइनेछ ।
- बित्थडचिर गाउँपालिकाकोसामाजिक साँस्कृतिक विकासका लागि होम स्टेको अवधारणालाई सुरुवात गर्न आवश्यक कदम अगाडि बढाइनेछ ।
राजस्व:
- गाउँपालिका क्षेत्रमा करको दायरालाई फराकिलो पार्न यस क्षेत्रमा पाइने वन पैदावार, घरेलु उत्पादित वस्तु तथा सामाग्री, अर्न्तराष्ट्रिय आयात निर्यातका वस्तुहरु, ढुङ्गा, गिटी, बालुवाको प्रयोगलाई करको दायरामा ल्याइनेछ ।
- बित्थडचिर गाउँपालिका क्षेत्रका सबै व्यवसायीहरुलाई अनिवार्य व्यवसाय दर्ता गराई करको दायरामा ल्याइनेछ ।
- एकीकृत सम्पत्ति कर नबुझाउनेलाई बित्थडचिर गाउँपालिकाको कार्यालय, वडा कार्यालयहरु र अन्य गाउँपालिका मातहतका कार्यालयहरुबाट प्रदान गरिने विभिन्न सेवा, सुविधाबाट बञ्चित गराइने हुँदा आ.व. २०७७/०७८ मा एकीकृत सम्पत्ति करलाई थप प्रभावकारी बनाईनेछ ।
गुनासो सुनुवाई:
- गाउँ कार्यपालिकाको कार्यालय तथा वडा कार्यालयहरुमा रहेको उजुरी पेटिकालाई द्वैमासिक रुपमा खोली प्राप्त उजुरी तथा गुनासोहरुलाई आवश्यक सम्बोधन गरिनेछ ।
न्याय तथा कानूनी मामिला
न्याय :
- आधारभूत न्यायमा नागरिकको पहुँच अभिवृद्धि गर्न न्यायिक पहुँच सम्बन्धी कार्यक्रमहरु तर्जुमा गरी कार्यान्वयन गरिनेछ ।
- मेलमिलापको माध्यमबाट स्थानीय विवादका विषयहरु निरुपण गर्ने प्रक्रियालाई बढावा दिइनेछ ।
- न्यायिक इजलासलाई व्यवस्थित गर्न एक कर्मचारी सहितको न्यायिक इजलास कक्ष गठन गर्दै स्थानीय तहमा न्यायसम्पादनलाई चुस्त, दुरुस्त र अनुमानयोग्य तुल्याउन आवश्यक रणनीति, कार्यनीति अवलम्बन गरिनेछ ।
- बित्थडचिर गाउँपालिकाबाट पारित तथा अनुमोदन भएका ऐन, नियमावली, कार्यविधि लगायतका कानूनहरुलाई स्थानीय राजपत्र तथा वेबसाईटमा प्रकाशन गरी नियमित रुपमा सार्वजनिकीकरण गरिनेछ ।
मानव अधिकार:
- मानव अधिकारको संरक्षण, बाल अधिकारको संरक्षण, घरेलु हिंसाको अन्त्य गर्न सामाजिक तथा आर्थिक विकास शाखा तथा कानुनी मामिला इकाइ मार्फत विशेष कार्यक्रम तय गरिनेछ ।
३) पूर्वाधार विकास तर्फ :-
“भौतिक पुवाधार, विकासको आधार ।”
क) सडकः
“सामाजिक आर्थिक रुपान्तरणको आधार,वडा वडामा यातायात पुर्वाधार ।”
१. सवै वडामा यातायातको पहुँच पुराउन सडक ट्रयाक खोली, सञ्चालन रहेका सडकलाई स्तरोउन्ती गर्नका लागि संघ र प्रदेश सरकार तथा सरोकारवाला निकाय संग पहल गरिनेछ ।
२. सबै खाले सडकको तल माथि छेउछाउमा वृक्षारोपण गरि हरियाली सडकको नीति अबलम्बन गरिने छ ।
३. सडक सञ्जाल गुरुयोजना तयार गरी, वातावरणीय प्रभाव अध्ययन र डिपिर तयार गरेर मात्र सडक निर्माण गर्ने नीति लिइनेछ ।
४. छिमेकी स्थानीय तह तथा जिल्ला जोड्ने सडकलाई प्राथमिकता दिई अर्थतन्त्र प्रवद्र्धन गर्ने नीति लिइनेछ ।
५.गाउँपालिका क्षेत्र भित्र रहेको मुख्य राजमार्ग बर्खा याम र हिमपातको कारणले अबरोध हुने भएकोले निर्बाध रुपमा संचालन गर्न पहल गरिनेछ ।
ख) सिचाईः
१. यस गाउँपालिका भित्र बन्ने सिचाई आयोजनाहरु जमिन मुनी आर.सि.सि. ढलाई युक्त निर्माण कार्यलाई निरन्तरता दिइनेछ ।
२. साना सिचाई तथा पोखरी सिचाई निर्माण गरी कृषि उत्पादन बृद्धि गरिनेछ ।
३. विग्रिएका सिचाई कुलाहरुलाई मर्मत सम्भार गरी सिचाई कुलोलाई पुन सुचारु गरिनेछ ।
४. आयोजना, सरकारी तथा गैरसरकारी निकायसँग सहकार्य गरी सिंचाई नपुगेको जमिन सिचाईको व्यवस्था गरिनेछ ।
५.पानिको मुहान बस्ति र कृषि योग्य जमिन भन्दा तल भएको क्षेत्रमा सोलार लिफ्टिंङ् सिंचाई योजनाका लागी सम्बन्धित निकाय संग पहल गरिनेछ ।
ग) भवन तथा शहरी विकासः
१. राष्ट्रिय भू–पयोगको नीति लागु गरीबस्ती विकास योजना निर्माण गर्दैआवास निर्माणलाई सुरक्षित र व्यवस्थीत बस्ती निर्माणमा जोड दिइनेछ ।
२. घर निर्माण गर्न घर नक्सा पास मापदण्ड निर्माण गरी गाउँपालिकाबाट नक्सा पास गरेर घर निर्माण व्यवस्थीत गर्न नीति नियम तयार गरि प्रभावकारी कार्यान्वयन गरिनेछ ।
३. कानुनी आधारमा गाउँपालिका मातहतमा रहने भौतिक संरचनालाई संरक्षण, प्रवद्र्धन, नियमन र अनुगमन गरिनेछ ।
४. सार्वजनीक जमीन मिचेर भोग चलन गर्ने कार्यलाई निरुत्साहित गरि सार्वजनीक जमीनको लगत लिई संरक्षण र सम्वद्र्धनमा जोड दिइनेछ ।
५. एक घर परिवार ३०विरुवा रोपी हरीयाली गाउँपालिका अभियान संचालन गरिनेछ र वृक्ष रोपणका लागि फलफुल तथा बहुमुल्य जडिबुटी बोट विरुवा अनुदान र संरक्षणका लागि प्रति बोटका दर नगद रकम उपलब्ध गरिनेछ ।
६. भवन निर्माणको ब्यवसायी र आवासीय गरी दुई भागमा बर्गीकरण निर्माणमा लागू गरिनेछ ।
७.गाउँपालिका भवन र सबै वडा कार्यालय भवन निर्माणका लागि संघ र प्रदेश सरकार संग साझेदारी,सहकार्य र समन्वय गरिनेछ ।
घ) खानेपानी तथा सरसफाई तर्फः
“खाने पानीमा लगानी, स्वच्छ जिन्दागानी ।”
१. जल उपयोग गुरुयोजना अनुसार खानेपानी मुहान संरक्षण र सवद्र्धन गरी साझा स्वामीत्व
स्थापना गर्दै सबैलाई स्वच्छ खाने पानी व्यवस्था गरिने नीतिलाई निरन्तरता दिइने छ ।
२. जलउपयोग गुरु योजना अनुसार यस गाउँपालिकामा पानी संरक्षण र समुचित उपयोग
गरिने छ ।
३. ग्रामिण जलस्रोत व्यवस्थापन परियोजना लगायत अन्य सरकारीतथा गैर सरकारी संघ संस्था
सँग समन्वय र साझेदारी गरी यस गाउँपालिकामा पिउने पानीको समस्यालाई समाधान गर्दै
लगिनेछ ।
४. यस गाउँपालिका भित्र एक घर एक स्वच्छ खानेपानी धारा पुराउने नीति लाई निरन्तरता दिइनेछ ।
५. पूर्ण सरसफाई युक्त गाउँपालिका निर्माण गर्न क्रमिक रुपले वडाहरुलाई पूर्ण सरसफाई युक्त वडा
घोषणा गर्दै लगिने छ ।
६. निमार्ण भएका तर बिचमा बिग्रेका पीउने पानीको मर्मत सम्भार गरीनेछ ।
७. मुहान भन्दा बस्ती माथि भएको ठाउँमा सोलार पम्पीङ बिधि प्रयोग गरि खानेपानी वितरण लाई आबश्यकता अनुसार निरन्तरता दिइनेछ ।
८. सरसफाईको लागि टोल समितिलाई प्रभावकारी वनाई निरन्तरता दिइनेछ ।
९. फोहरमैला व्यवस्थापनमा उचित मापदण्ड अपनाई दण्ड र जरीवानालाई प्रभावकारी वनाईनेछ ।
१०. खाने पानी तथा सरसफाई उपभोत्ता समिति निर्माण गरी खाने पानी मर्मत संभार व्यवस्थापनको जिम्मेवारी सम्बन्धित उपभोक्ता दिइनेछ ।
११. यातायात आवात जावात र सेवाग्राहीको चाप भएको स्थानमा सार्वजनीक शौचालय निर्माण
गरिनेछ ।
१२. पूर्ण सरसफाई युक्त वित्थडचिर गाउँपालिका बनाउन साझेदारी कार्यक्रमलाई अगाडी बढाउने
कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
१३. प्रत्येक वडाहरु सरसफाई सहजकर्ता राखी खानेपानी, स्वच्छता तथा पूर्ण सरसफाई घोषणा
गर्न अभियानको रुपमा निरन्तरता दिइनेछ ।
१४. ग्रामिण जलश्रोत व्यवस्थापन परियोजनासँग साझेदारी गर्दै वित्थडचिर गाउँपालिकालाई एक घर एक धाराको अवधारणा र पानीको वहुउपयोगी नीति लिईनेछ ।
१५ एक घर एक हात धुने स्टेश्न निर्माण अभियान सञ्चालन गरिनेछ ।
१६ माध्यामिक विद्यालयमा सरसफाई स्वच्छता वातावरण सुधार कार्यक्रम सञ्चालन गरि ३ तारा पद्दति अनुसार नमुना विद्यालय, महिनावारी स्वच्छताका लागी निःशुल्क स्यानेटरी प्याड व्यवस्था गरिने छ ।
ङ) सुचना तथा संचारः
- डिजिटल बित्थडचिर गाउँपालिकाको अभियानलाई साकार तुल्याउन प्रत्येक वडाहरुमा इन्टरनेट सेवा जडान गरिनेछ र यसको दिगोपनालाई विशेष ध्यान दिईनेछ ।
- सूचना तथा सञ्चार प्रविधि सम्बन्धी सेवाहरु, रेडियो, टेलिभिजन प्रसारणको व्यापक पहुँच एवम् विस्तार सुनिश्चित गर्न कार्यक्रम तर्जुमा गरी लागु गरिनेछ ।
- स्थानीय सञ्चारमाध्यमको विकास र प्रवर्द्धन गर्न बित्थडचिर विकास कार्यक्रमलाई निरन्तरता दिईनेछ ।
- विकास एवम् सार्वजनिक सेवा प्रवाह सम्बन्धी चुनौति सामना गर्न सूचना तथा प्रविधिमा आधारित नवीनतम तथा मौलिक प्रयोग (Innovative Use) प्रवर्द्धन गर्न विशेष कार्यक्रम लागु गरिनेछ ।
- बित्थडचिर गाउँपालिकामा सर्भरको विकासका लागि सम्भाव्यता अध्ययन गरी यथासक्य प्रयोगमा ल्याइनेछ ।
- शैक्षिक क्षेत्रमा सूचना तथा सञ्चार प्रविधिलाई समायोजन गर्दै तालिम तथा शैक्षिक गुणस्तर अभिवृद्धिको लागि विशेष कार्यक्रमहरु तर्जुमा गरी लागू गरिनेछ ।
- निजी क्षेत्र समेतको सहभागितामा Group SMS, IPT Software, मोबाइल एप,दर्ता चलानी सम्बन्धी सफ्टवेयरहरुको निर्माण गरी कार्यालयमा सञ्चालनमा ल्याई भर्चुअल (Virtual) बित्थडचिर गाउँपालिका बनाईनेछ।
- कार्यालय कामकाजमा प्रयोग गरिदैं आएका ASCII फन्टहरु (जस्तैः कान्तिपुर, प्रिति, प्रतिमा ईत्यादी) लाई पूर्ण रुपमा विस्थापित गरी नेपाली युनिकोड अनिवार्य रुपमा लागु गरिनेछ । हस्तलिखित दस्ताबेजहरुको स्थानमा कम्प्युटराइज्ड कागजातहरुको मात्र प्रयोग गरिनेछ ।
- डिजिटल नोटिस बोर्ड, LED नोटिसबोर्डको प्रयोग गरी गाउँपालिकामा भइरहेका विभिन्न गतिविधिहरु निरन्तर अद्यावधिक गरिनेछ ।
- Biometric Attendance System ले Manual Attendance System लाई पूर्ण रुपमा विस्थापित गरी प्रशासनिक चुस्ततालाई कायम गरिनेछ ।
- कार्यालयको गतिविधिहरुलाई निरन्तर सूचना प्रवाह गर्न सामाजिक सञ्जालहरु फेसबुक, ट्विटर, युट्युबमा आधिकारिक अकाउण्ट खोली प्रयोगमा ल्याइनेछ ।
- Paperless Office को अवधारणालाई लागु गर्न गाउँपलिकामा हुने तथा गरिने सम्पूर्ण क्रियाकलापहरुको सफ्ट कपि सूचना तथा अभिलेख केन्द्रमा डिजिटल भण्डारण गरिने व्यवस्था मिलाइनेछ ।
- व्यापार व्यवसाय तथा सेवा क्षेत्रमा पर्न गएको असरबाट राहत प्रदान गर्न कर सहुलियत सम्बन्धी कानूनी व्यवस्था गरिनेछ ।
- कर तथा गैरकर राजस्वमा पर्न सक्ने असरलाई आँकलन गरी आन्तरिक आय अनुमानलाई यथार्थपरक बनाउने ब्यबस्था गरिनेछ ।
- स्थानीय तहमा हस्तान्तरण भई आएका सरकारी भवन, जग्गा जमिन आदिको लगत निर्माण गरी सार्वजनिक गरिनेछ ।
- कार्यालय भित्र रहेका सम्पूर्ण शाखा हरु र गैसस द्वारा संचालित सबै कार्यक्रम हरुको प्रगति प्रतिबेदन माथि मासिक चौमासिक समिक्षा गरिनेछ ।
- स्थानीय तहको सवै खाले कार्य सम्पादन गर्न आवश्यक समिति, उप समिति गठन गरि परिचालन गरिनेछ ।
च) वैकल्पीक उर्जा तथा साना जलविद्युतः
१. गाउँपालिकाको सबै टोल बस्ति र वडामा राष्ट्रिय बिधुत लाइन विस्तारका लागि बिषेश पहल गरिनेछ र तत्काल राष्ट्रिय बिधुत लाइन पुगाउन नसकिने क्षेत्रमा सोलार बत्तीको ब्यबस्था गरिनेछ ।
२. वायु ग्याँस, सुधारीएको चुलो, इन्डेक्स चुलो ,आधुनिक घट्ट, सडक वत्तीको व्यवस्थापन, पोल्टीफम, कुटानी पिसनी मिल, उज्यालो वित्थडचिर निर्माणको लागि संघीय सरकार, प्रदेश सरकार, गाउँपालिका, बैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, र अन्य संघ सस्थासँग सहकार्य र साझेदारी गरी कार्यक्रम संचालन गर्ने नीतिलाइ निरन्तरता दिइने छ ।
३. बिद्युत्तिय माध्यामद्धारा सीप विकास कार्यक्रम संचालन गर्न अनुदान प्रदान गरिने छ ।
५. वैकल्पीक उर्जा केन्द्रिय कार्यालयसँग समन्वय गरी वैकल्पीक उर्जा सम्बन्धि सबै सेवाहरु जनताको माझमा सर्भसुलभ पहुँच पूर्याउन समन्वय गरिनेछ ।
६. यस गाउँपालिका भित्रका प्रत्येक टोल वस्ती र घरधुरीलाई पुग्ने गरी ग्रामिण विद्युतीकरण गर्न डिएफएस गरिनेछ ।
४) वातावरण तथा विपद व्यवस्थापनतर्फः
“हरियो वन, बित्थडचिर बासीको धन ।”
- कोभिड-१९ बाहेकका विपद्हरुको रोकथाम तथा न्यूनीकरणको लागि पूर्वतयारी, प्रतिकार्य र पुनर्लाभका कार्यक्रम सञ्चालन गर्न स्थानीय विपद व्यवस्थापन कोषमा आवश्यक बजेटको व्यवस्था गरिनेछ ।
- पूर्वाधार विकासका क्रियाकलापहरु सञ्चालन गर्दा विपद जोखिम संवेदनशीलतालाई केन्द्रविन्दुमा राखी कार्यान्वयन गर्न सघाउ पुग्ने गरी डिजाइन तथा इष्टिमेट गरिनेछ ।
- खाली रहेको जमीनमा वृक्षरोपण गरी सरकारी तथा सामुदायिक वनमा रहेको जडीबुटीको पहिचान, उत्पादन र वितरणको व्यवस्था गर्ने नीति निरन्तरता गरिनेछ ।
- मुख्य सडक र शाखा सडकहरुको छेउछाउमा वृक्षरोपण गरी हरियाली सडक(green road) बनाउने नीतिर कार्यक्रमलाई निरन्तरता गरिनेछ ।
- आवधिक जलवायु अनुकुलन योजना तयार गरी सोही अनुसार कार्यक्रम संचालन गर्ने गरिनेछ ।
- यस पालिकाको विपद व्यवस्थापनका लागि पूर्व तयारी तथा प्रतिकार्य आवधिक योजना तयार गरि सोही अनुसार कार्यक्रम लागु गर्ने नीति लिइनेछ ।
- यस पालिकाको विपद व्यवस्थापनका लागि पूर्व तयारी तथा प्रतिकार्य आकस्मिक कोषको स्थापना र संचालन गरिनेछ ।
- विपदको बेला खोज पडताल, उद्धारको सामग्री, औषधी र राहत सामग्रीहरु खरिद तथा भण्डारण गर्ने र विपदमा परिचालन गर्दै र विपद पीडिलाई राहत वितरण गरिनेछ ।
- भवन आचार संहिता र विपद सम्वन्धी सचेतनामूलक सन्देश प्रशारण, पर्चा वितरण र अभिमुखीकरण कार्यक्रम संचालन गरिनेछ ।
- प्लाष्टिक झोलाको प्रयोगमा पूर्ण प्रतिवन्ध लगाई वातावरण संरक्षण गर्न जोड दिइनेछ ।
- विशेष वनक्षेत्र पहिचान गरि पर्यटकीय, स्वच्छ उद्यान र पिकनिक स्थल निर्माण गरिनेछ ।
- धार्मिक तथा पर्यटकीय पार्क निर्माणको गरिनेछ ।
- प्रकोप नक्शाङकन गरी VCA प्रतिवेदनका आधारमा विपद जोखिम न्युनिकरण सम्बन्धि योजना कार्यान्वयनमा निरन्तरता दिइने छ ।
- विपद जोखिम न्युनिकरण व्यवस्थापन सम्बन्धि आर्थिक प्राबिधिक सहयोग र सहजीकरण गर्नग्ल्क्ष्ऋभ्ँ नेपालसँग निरन्तर रुपमा साझेदारी गरिने छ ।
- आपतकालीन बाढी पहिरोबाट जोखिममा रहेको बस्तीहरु स्थानान्तरण गर्न संघीय सरकार, प्रदेश सरकारसँग सहकार्य गरि कार्यान्वयन गर्न प्रयत्न गरिने छ ।
५) संस्थागत विकास सेवा प्रभाव र सुशासन तर्फ :
- स्थानीय तहको सम्पूर्ण कार्यालयहरुको स्थापना, भौतिक निर्माण, बजार केन्द्र स्थापना, सार्वजनिक जमिनहरुको लगत निर्माण, पार्किङ्ग स्थलको निर्माण र फोहोर व्यवस्थापन गरिनेछ ।
- विभिन्न गाउँसभा, कार्यपालिका र वडा तहको निर्णयहरु, प्रगती, उपलब्धी र खर्चको विवरण, सार्वजनिक सुचनाहरुलाई वेब साइट लगायत अन्य संचार माध्यम मार्फत सार्वजनिक गरिनेछ ।
- सुरक्षा व्यवस्थालाई समेत मध्येनजर गरी सामाजिक सुरक्षालाई अवलम्वन गरिने छ । साथै सुरक्षा निकायलाई उचित ठाउँमा स्थापना सहित समन्वय गरी सेवा प्रवाह गरिनेछ ।
- व्यक्तिगत घटना दर्तासम्बन्धी प्रभावकारी सेवा स्थापित गरिनेछ ।
- सवै तहमा अनुशासन, सभ्यताको विकास गरी सुशासनको प्रवद्र्धन गरिनेछ ।
- विभिन्न तहको प्रणालीलाई खोज अनुसन्धानात्मक विधिबाट परिवर्तित परिस्थिति अनुसार विकासको आधार बनाई लागू गरिनेछ ।
- यस गाउँपालिकाको वडा नं. १ स्थित वन क्षेत्रलाई व्यवस्थित गर्नका लागि वित्थड रेञ्जपोष्टबाट तथा सुरक्षा प्रदानका गर्नको लागि स्याडी इलाका प्रहरी कार्यालयबाट सेवा लिने दिने कार्यलाईव्यवस्थित गरिनेछ ।
- नेपाल टेलीकम मार्फत ईन्टरनेटको सहज पहुँचकालागि अप्टीकलफाईवरको पहुँचकालागि पहल गरिने छ ।
- खर्चमा मितव्ययिता अपनाइने गरी कार्यक्रम सञ्चालन गरिनेछ । वित्थडचिर गाउँपालिकाबाट सञ्चालित कार्यक्रममा कुनै गुनासो भएमा गुनासो सुन्ने व्यवस्था समेत गरिनेछ ।
- कामको मुल्याङ्कनको आधारमा उत्कृष्ट वडा, वडा अध्यक्ष, सभा सदस्य र कर्मचारीलाई बिशेष पुरस्कृत गरिनेछ ।
- समुदायमा हुने विवाद तथा झैझगडाहरुलाई मेलमिलापको प्रक्रियाबाट स्थानीय स्तरमा समाधान गरी विपन्न र कमजोर वर्गको न्यायमा पहुँच सुनिश्चित गर्न “विवादको साटो मेलमिलापको बाटो” जोड दिने छौ । यस कामकालागि सामाजिक समावेशीकरणको क्षेत्रमा वजेट विनियोजन गरी कार्यक्रम संचालन गरिने छ ।
- आवधिक योजना, दिर्घकालिन योजना, अल्पकालिन योजना निर्माण गरी सोही अनुसार बार्षिक विकास कार्यक्रम र बजेट तयार गरी अगाडी वढाउने नीति लिइनेछ ।
- कर प्रणालीलाई व्यवस्थित गरी आन्तरिक आयलाई वृद्धि गर्ने नीति लिइनेछ ।
- जग्गाको किसिम, प्रकृति र भौगोलिक क्षेत्र अनुसार करको दायरा फराकिलो बनाउने नीति निरन्तरता दिइनेछ ।
- यस गाउँपालिका भित्र रहेका खानीजन्य उद्योग र जडिबुटीको सम्भाव्यता अध्ययन, उत्पादन र विक्री वितरण गरी आम्दानी बढाउने नीति लिइने छ ।
- तोकिएको समयमा योजना सम्पन्न गरी गुणस्तरीय कार्य गर्ने उपभोक्ता समितिलाई प्रोत्साहनको नीति निरन्तरता दिइनेछ ।
- योजनाको पेश्की र वेरुजु शुन्य नीति लिइने छ ।
- लेखापरीक्षण कार्यलाई व्यवस्थित गरी वित्तीय सुशासन कायम गरिनेछ ।
- सहभागितामूलक तवरबाट सातौ चरणमा योजना तर्जुमा र कार्यान्वयन गरिनेछ ।
- राजस्वबाट उठेको रकमलाई यस गाउँपालिकाको जनताको लोककल्याणकारी कार्यको लागि खर्च गरिनेछ ।
- धार्मिक, पुरातात्विक, साँस्कृतिक र पर्यटकीय स्थलहरुको पहिचान, प्रवद्र्धन र विकास गरी आन्तरीक वाह्य पर्यटकलाई आकर्षण गरी आम्दानी बढाइनेछ ।
- कवाडीजन्य वस्तुहरुको संकलन तथा विक्री वितरण कार्यलाई व्यस्थित गरी आम्दानीको आन्तरीक आम्दानीको स्रोत बढाइनेछ ।
- राजस्वका दरहरुलाई समयानुकूल परिवर्तन गर्दै लगिने छ ।
- लक्ष्य अनुरुप राजस्व संकलन गर्ने कर्मचारीलाई प्रोत्सहान गर्न पुरस्कृत गरिनेछ ।
- स्थानीय तहमा जनतालाई सहज रुपमा सेवा प्रवाहकालागि आवश्यक ऐन नियम कानुनको व्यवस्था गरिने छ ।
- सरकारी, गैर सरकारी र वित्तीय संस्थाहरुको पारदर्शीताको लागि गाउँपालिकाद्वारा एकद्वार नीति अवलम्वन गरी गाउँपालिकामा हेल्प डेस्क(नागरिक सहायता कक्ष) स्थापना गरिनेछ ।
- एकिकृत नागरिक वडापत्रको राख्ने व्यवस्थालाई कडाईका साथ लागू गरिने छ ।
- सार्वजनिक आय र खर्च व्यवस्थापनलाई पारदर्शी, जवाफदेही र परिणाममुखी बनाउन चौमासिक सार्वजनिक सुनुवाई ,सार्बजनिक लेखा परिक्षण,सामाजिक परिक्षण गर्दै प्रगति समिक्षा गरिने छ ।
- आधुनिक लेखा प्रणाली, प्रतिवेदन र लेखा परीक्षण पद्धति अवलम्बन गर्दै वित्तीय कारोवारको स्वच्छता र स्तरीयता वृद्धि गरि शुन्य सहनसिलता नीति अबलम्बन गरिने छ ।
मानव संसाधान विकासः
“सेवामा सर्मपित सुशासन र सदाचार,राष्ट्र सेवक कर्मचारी समृद्धिको आधार ।”
“हाँसेर सेवा प्रबाह, गरौं झुकेर नमस्कार गरौ , सोधेर सहयोग गरौं, मिलेर समाधान गरौ ।”
१. कर्मचारी भर्नामा योग्यता, क्षमता र अनुभवलाई मुल्याङ्कन प्रणाली अपनाईने छ ।
२. अन्य निकायवाट समायोजन हुन आउने जनशक्तिलाई आवश्यकता, क्षमता र कार्यालयको आवश्यकताका आधारमा स्वीकारीने ब्यवस्था मिलाई र उचित जिम्मेवारी दिईनेछ ।
३. कर्मचारीको क्षमता अभिवृद्धी र सेवा सुविधामा न्यायोनिच व्यवस्था मिलाईने छ ।
४. गाउँपालिकाका स्थायी, अस्थायी र करारका कर्मचारीको काम, क्षमता र नतिजाको आधारमा मुल्याङ्कन गरि सेवामा निरन्तरता निर्णय गरिने छ ।
५. कार्यालयको मर्यादा line of command र आचारसंहिता भित्र रही जनसेवा प्रवाहमा प्रभावकारी बनाउने निरन्तरता दिइनेछ ।
अव म आ.व.२०७५।०७६को यथार्थ आय व्ययको विवरण यस गरिमामय गाउँसभामा प्रस्तुत गर्न चाहन्छु ।
| सि.न. | बजेट उप- शिर्षक | जम्मा बजेट | कैफियत |
| १. | गत बर्षको अल्या | ४४७२१०३१.६५(चार करोड सतचालिस लाख एक्काइस हजार एकतिस रुपया पैसट्ठी पैसा मात्र ) | |
| २. | वित्तीय समानीकरण संघ सरकार | १०४६०००००(दस करोड छयालीस लाख मात्र ) | |
| ३. | शसर्त अनुदान | १५८३६८०००(पन्ध्र करोड त्रियासी लाख अठ्सट्टी हजार मात्र) | |
| ४. | शसर्त अनुदान reciw | १९५१००००(एक करोड पन्चानब्बे लाख दस हजार मात्र) | |
| ५. | राजस्व बाडफाड संघिय सरकार | ५३४७६०००(पाँच करोड चौतिस लाख छहत्तर हजार मात्र ) | |
| ६. | जेष्ठ नागरिक सम्मान सामाजिकसुरक्षाकार्यक्रम | ४०१३१०००(चार करोड तेह्र लाख एक हजार मात्र ) | |
| ७. | बहुक्षेत्रिय पोषण कार्यक्रम | १२८३०००(बाह्र लाख त्रियासी हजार मात्र ) | |
| ८. | एल.जि.सि.डी.पी. | ३०५०००(तिन लाख पाँच हजार मात्र ) | |
| ९. | स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम | २५००००० (पच्चिस लाख मात्र ) | |
| १० | झुलुंगे पुल क्षेत्र बिकास कार्यक्रम | १८०००००(अठार लाख मात्र ) | |
| ११ | प्रधान मन्त्रि रोजगार कार्यक्रम | ४२५२०००(बयालीस लाख बाउन्न हजार मात्र ) | |
| १२ | आन्तरिक आम्दानि | ४४०१८६७.८३(चौवालिस लाख एक हजार सतसट्ठी रुपया त्रियासी पैसा मात्र ) | |
| १३ | वित्तीय समानीकरण प्रदेश सरकार | ६८२५०००(अठ्सठी लाख पच्चिस हजार मात्र ) | |
| १४ | राजस्व बाडफाड प्रदेश सरकार | १५९९०००(पन्ध्र लाख उनान्सय हजार मात्र ) | |
| १५ | वित्तीय अनुदान प्रदेश सरकार | ११३६४०००(एक करोड तेह्र लाख चौसट्ठी जहार मात्र )
|
|
| १६ | राष्ट्रिय योजना आयोग | २३१०००(दुइ लाख एकतिस हजार मात्र) | |
| १७ | बिद्यालय कर्मचारी पोशाक | ५९००००(पाँच लाख नब्बे हजार मात्र ) | |
| १८ | युनिसेफ कार्यक्रम | ४२९९४४८.६३(बयालीस लाख उनान्सय हाजर चार सय अठचालिस रुपया त्रिसट्ठी पैसा मात्र ) | |
| जम्मा बजेट | ४५५८६८३४८.११(पैचालिस करोड अन्ठाउन्न लाख अठ्सट्टी हजार तिन सय अठचालिस रुपया एघार पैसा मात्र ) | ||
| जम्मा निकासा | ४३९९५२७४०.९९(त्रिचालिस करोड उनान्सय लाख बाउन्न हजार सात सय चालीस रुपया उनान्सय पैसा मात्र ) | ||
| जम्मा खर्च | ४३६५८९०४२.७३(त्रिचालिस करोड पैसट्ठी लाख उनानब्बे हजार बयालीस रुपया त्रिहत्तर पैसा मात्र ) | ||
| बाँकी बजेट | ३३६३६९८.२६(तेत्तिस लाख त्रिसट्ठी हजार छ सय अन्ठानब्बे रुपया छब्बीस पैसा मात्र | ||
अव म गत आ.व.२०७६।०७७को संसोधित आय व्ययको विवरण यस गरिमामय गाउँसभामा प्रस्तुत गर्न चाहन्छु ।
| सि.न. | बजेट उप- शिर्षक | जम्मा बजेट | कैफियत |
| १. | गत बर्षको अल्या | ३३६२८३३.३३(तेत्तिस लाख बैसट्ठी हजार आठ सय तेत्तिस रुपया तेत्तिस पैसा मात्र | |
| २. | वित्तीय समानीकरण संघ सरकार | १०११०००००(दस करोड एघार लाख मात्र ) | |
| ३. | शसर्त अनुदान | १८३९१३०००(अठार करोड उनन्चालीस लाख तेह्र हजार मात्र ) | |
| ४. | राजस्व बाडफाड संघिय सरकार | ६२१०००००(छ करोड एक्काइस लाख मात्र ) | |
| ५. | जेष्ठ नागरिक सम्मान सामाजिकसुरक्षाकार्यक्रम | ६०२६६०००(छ करोड छब्बीस लाख छ हजार मात्र ) | |
| ६. | बहुक्षेत्रिय पोषण कार्यक्रम | १२८३०००(बाह्र लाख त्रियासी हजार मात्र ) | |
| ७. | समपुरक अनुदान संघ सरकार | १२८०००००(एक करोड अट्ठाइस लाख मात्र) | |
| ८. | बिशेस अनुदान संघ सरकार | २५०००००(पच्चीस लाख मात्र ) | |
| ९. | स्थानीय पूवाधार बिकास कार्यक्रम | २५०००००(पच्चीस लाख मात्र ) | |
| १० | आन्तरिक आम्दानि | ६०००००० (साठी लाख मात्र ) | |
| ११ | बिमा प्राप्त आम्दानि | ३४५५०००(चौतिस लाख पचपन्न हजार मात्र ) | |
| १२ | वित्तीय समानीकरण प्रदेश सरकार | ६८८००००(अठ्सट्टी लाख असि हजार मात्र ) | |
| १३ | संक्रमण बिशेस कार्यक्रम | १६५००००(सोह्र लाख पचास हजार मात्र ) | |
| १४ | राष्ट्रिय परिचय पत्र तथा पंजीकरण बिभाग | १२०७०००(बाह्र लाख सत्तरी हजार मात्र ) | |
| १५ | सम्पुरक अनुदान प्रदेश सरकार | ९२१२०००(बयानब्बे लाख बाह्र हजार मात्र ) | |
| १६
|
सशर्त अनुदान प्रदश सरकार | २००५०००(बिस लाख पाँच हजार मात्र ) | |
| १७ | बिशेष अनुदान प्रदेश सरकार | ७५०००००(पचहत्तर लाख मात्र ) | |
| १८ | राजस्व बाडफाड प्रदेश सरकार | १३४३०००(तेह्र लाख त्रिचालिस हजार मात्र ) | |
| १९ | युनिसेफ कार्यक्रम | ५२०००००(बाउन्न लाख मात्र ) | |
| जम्मा बजेट | ४७४२७६८३३.३३(सतचालिस करोड बयालीस लाख छहत्तर हजार आठ सय तेत्तिस रुपया तेत्तिस पैसा मात्र ) | ||
| जम्मा निकासा | ४२३६४१३४०.०६(बयालीस करोड छत्तिस लाख एकचालीस हजार तिन सय चालिस रुपया छ पैसा मात्र ) | ||
| जम्मा खर्च | २७५३३५०८८.१३ सत्ताइस करोड त्रिपन्न लाख पैतिस हजार आठासी रुपया तेह्र पैसा मात्र ) | ||
| बाँकी बजेट | १४८३०६२५१.९३(चौध करोड त्रियासी लाख छ हजार दुइ सय एकाउन्न रुपया त्रियानब्बे पैसा मात्र ) | ||
अब म आगामी आ.व.२०७७/२०७८ को अनुमानित आय व्ययको विवरण यस गरिमामय गाउँसभामा प्रस्तुत गर्न चाहन्छु ।
| सि.न. | बजेट उप- शिर्षक | जम्मा बजेट | कैफियत |
| १. | वित्तीय समानीकरण संघ सरकार | १०४००००००(दस करोड चालिस लाख मात्र ) | |
| २. | शसर्त अनुदान संघ सरकार | १७७००००००(सत्र करोड सत्तरी लाख मात्र )
|
|
| ३. | राजस्व बाडफाड संघ सरकार | ६५०३३४४०(छ करोड पचास लाख तेत्तिस हजार चार सय चालिस मात्र ) | |
| ४. | जेस्ठ नागरिक सम्मान सामाजिक सुरक्षा कार्यक्रम | ७०००००००(सात करोड मात्र )
|
|
| ५. | बहुक्षेत्रिय पोषण कार्यक्रम | १२८३०००(बाह्र लाख त्रियासी हजार मात्र ) | |
| ६. | समपुरक अनुदान संघ सरकार | १६००००००(एक करोड साठी लाख मात्र ) | |
| ७. | बिशेस अनुदान संघ सरकार | १५००००००(एक करोड पचास लाख मात्र ) | |
| ८. | आन्तरिक आम्दानि | ६००००००(साठी लाख मात्र) | |
| ९. | वित्तीय समानीकरण प्रदेश सरकार | ६९९४०००(उन्नान्सत्तरी लाख चौरानब्बे हजार मात्र ) | |
| १० | समपुरक अनुदान प्रदेश सरकार | १३२०००००(एक करोड बत्तीस लाख मात्र ) | |
| ११ | बिशेष अनुदान प्रदेश सरकार | ६८०००००(अठ्सट्ठी लाख मात्र ) | |
| १२ | राजस्व बाडफाड प्रदेश सरकार | १३४३०००(तेह्र लाख त्रिचालिस हजार मात्र ) | |
| १३ | युनिसेफ कार्यक्रम | ४१९४२००(एकचालीस लाख चौरानब्बे हजार दुइ सय मात्र ) | |
| १४ | संघियता सहयोग कार्यक्रम | ४००००००(चालिस लाख मात्र ) | |
| १५ | स्थानीय तथा प्रदेश स्वायत्त कार्यक्रम (plgsp) | ३६०८९६(तिन लाख साठी हजार आठ सय छयानब्बे मात्र ) | |
| जम्मा | ४९१२०८५३६(उन्नान्पचास करोड बाह्र लाख आठ हजार पाँच सय छत्तिस मात्र ) | ||
अन्त्यमा,बित्थडचिर गाउँपालिकाको नीति तथा कार्यक्रम तय गर्न निरन्तर सहायता प्रदान गर्नुहुने गाउँपालिकाको अध्यक्ष ज्यू , गाउँसभा सदस्य ज्यूहरु , सम्पूर्ण कर्मचारीहरु र अन्य सहयोगी हातहरु प्रति हार्दिक आभार व्यक्त गर्दछु ।
हार्दिक अभिवादन सहित धन्यवाद ।
जानकी बोहरा
उपाध्यक्ष
वित्थडरचिर गाँउपालिका
`