सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या १२ सय ६१ पुगेको छ । मंगलबार ११७ जनामा थप संक्रमण देखिएपछि संक्रमितको संख्या १२ सय ६१ पुगेको हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा ६८ र सेती प्रादेशिक अस्पतालमा ४९ गरि ११७ जनामा कोरोना संक्रमण देखिएको हो । हालसम्म प्रदेशमा १७६ जना संक्रमित डिस्चार्ज भइसकेका छन् ।
संक्रमितमध्ये कैलालीका ४१०, कञ्चनपुरका ११७, अछामका ७०, डडेल्धुराका २०६, दार्चुलाका १३ जना छन् । बझाङका ४०, बैतडीका १७२, डोटीका १४२ र बाजुराका ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आरडीटी र पीसीआर विधिबाट हालसम्म १ लाख ११ हजार ३२ जनाको परीक्षण गरिएको छ भने १८ हजार ९२८ जनाको थ्रोट स्वाबको नमुना संकलन गरिएको मन्त्रालयले जनाएको छ । प्रदेशभर २८ हजार ५५ जना क्वारेन्टिनमा छन् ।