धनगढी,९ असार-भारताल साझेदारी वन ब्यबस्थापन समुहले सशस्त्र प्रहरी बललाई साईकल हस्तान्तरण गरेको छ । धनगढ़ी उप–महानगरपालिका–१४ फूलबारीमा रहेको साझेदारी वनले सशस्त्र प्रहरी बल फूलवारीलाई साईकल हस्तान्तण गरेको हो ।
मंगलबार भारताल साझेदारी वनले फूलबारीमा एक कार्यक्रम बीच सशस्त्र प्रहरीलाई साझेदारी बनका अध्यक्ष यादब भण्डारी ३ वटा साइकल हस्तान्तरण गरेका हुन् । कोरोना माहामारीका बिचपनि बन संरक्षणका निम्ति महत्बपुर्ण योगदान दिदै आएको सशस्त्र प्रहरीलाई वन संरक्षण गर्न र अन्य थप सुरक्षा गर्न सहयोग पुगोस् भन्ने उदेश्य साइकल प्रदान गरिएको साझेदारी वनका अध्यक्ष यादब भण्डारीले बताए ।
साईकल सहयोग भएपछि वनमा हुने चोरी निकासी र अन्य सुरक्षा गस्ती गर्न सहज हुने सशस्त्र प्रहरी बल फूलवारीका इन्चार्ज जयबाहादुर महता बताए ।