• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

किन हिंस्रक भीडन्तमा परिणत भयो भारत–चीन सीमा विवाद ?

"पछिल्लो पटक २० भारतीय सैनिकको मृत्यु समेत गराएको सीमा विवादका अन्तर्यबारे जान्नैपर्ने पाँच तथ्यहरु "

-एजेन्सी
२० भारतीय सैनिकको हत्यापछि एशियाका दुई छिमेकी मुलुकबीच तनाव बढ्दै जाँदा अन्तर्राष्ट्रिय समुदायको ध्यान यसतर्फ तानिएको छआणविक शक्तिसम्पन्न एशियाका दुई छिमेकी मुलुकहरु चीन र भारत यतिखेर ठूलो कुटनीतिक र सैन्य तनावमा छ । यो स्थिति विगत चालीस वर्षपछि हिंस्रक सीमा झड्पपछि पैदा भएको हो ।

चीन र भारतबीच विवादित लद्दाख क्षेत्रको गलवान उपत्यकामा, हिमाली क्षेत्रको वास्तविक नियन्त्रण रेखा मा जुन १५ मा भएको उक्त घटनामा २० भारतीय सैनिकहरुको निधन भएको थियो । चीनले आफ्नो तर्फ भएको हताहतीको औपचारिक घोषणा गरेको छैन ।

गत मे महिनाको शुरुवातदेखि नै उक्त क्षेत्रको करिब ३५०० किलोमिटर लामो वास्तविक नियन्त्रण रेखा क्षेत्रका विभिन्न भागहरुमा भारत–चीनका सैनिकहरु आमने सामने भएका छन् । त्यसमध्ये धेरै भागहरु अझै चिन्हित भइसकेका छैनन् ।

संसारकै सबैभन्दा धेरै जनसंखया भएका यी दुई देशबीच बढ्दै गइरहेको तनावले अन्तर्राष्ट्रिय समुदायको ध्यान खिचेको छ, संयुक्त राष्ट्रसंघले त दुवै पक्षलाई ‘अधिकतम संयमता अपनाउन’ अपील नै गरेको छ ।

चीन–भारतबीच कतै युद्ध नै त छेडिने होइन भन्ने भयावह प्रश्नलाई जन्म दिएको उक्त विवादबारे जान्नै पर्ने पाँच तथ्यहरु यस प्रकार छन् स्

जुन १५ मा के भएको थियो? 

जुन १५ को झडप चिनियाँ पक्षले निर्माण गरेको दुई वटा टेन्ट र अवलोकन टावरहरुलाई लिएर भएको थियो । भारतीय पक्षका अनुसार ती टेन्ट र टावरहरु वास्तविक नियन्त्रण रेखाको भारतीय क्षेत्रमा निर्माण भएको थियो ।

‘तनावलाई मत्थर पार्दै जाने भनी सैनिक अधिकारहिरुबीच जुन ६ मा सहमति हुँदा हुँदै पनि चिनियाँ सैनिकहरुले गलवान उपतयकामा अस्थायी ‘संरचना’हरु निर्माण गर्न रेखालाई पार गरे,’ चीनका वरिष्ठ कुटनीतिज्ञ वाङ यीसँगको फोन कुराकानीमा भारतीय विदेशमन्त्री सुब्रमन्यम जयशंकरले भने ।

भारतीय गस्ती सैनिकहरु चिनियाँहरुले दावी गरेको नियन्त्रण रेखाको क्षेत्रबाट फिर्ता गएको जाँच्न गएपछि समस्या शुरु भएको रोयटर न्यूज एजेन्सीले दुई सरकारका स्रोतहरुको हवाला दिँदै जनाएको छ ।

उक्त क्षेत्रबाट चिनियाँ सैनिकहरु छाड्दै गइरहेका थिए । स्रोतका अनुसार, त्यहाँ चिनियाँ सैनिकहरुले दुईवटा टेन्ट र सानो निरीक्षण पोष्टहरु छाडेका थिए, जसलाई भारतीय पक्षले भत्काइदिए ।

चिनियाँ सैनिकहरुको एउटा ठूलो समुह आएर त्यस कुराको प्रतिवाद गर्यो । त्यसपछि के भयो, त्यो प्रष्ट छैन, तर दुवै पक्ष भीडनतमा उत्रियो । चिनियाँ सैनिकहरुले फलामे छड, तार बेरिएको लठ्ठीले हिर्काएको दावी गरएको छ । त्यस झडपमा परी २० जना भारतीय सैनिक मारिए, दर्जनौं घाइते भए ।

हतियारको प्रयोगबिना नै भएको उक्त भीडन्तमा आफ्नो पक्षतर्फ भएको हताहतीबारे चीनले अझै केही बताएको छैन ।

गत आइतबार, भारतका सडक र यातायातसम्बन्धी संघीय मन्त्री भीके सिंह र पूर्व प्रधान सेनापतिले उक्त भिडन्तमा ४० जना चिनियाँ सैनिकहरु मारिएको दावी गरेका थिए तर उनीहरुले त्यससम्बनधी कुनै प्रमाण चाहिँ दिएका थिएनन् ।

चीनको राज्यनियन्त्रित ग्लोबल टाइम्सले चीनको तर्फ पनि हताहती भएको जनाएको छ तर विस्तृत जानकारी दिएको छैन ।

किन भयो भीडन्त?

सन् १९७५ पछि त्यसरी हिंस्रक भीडन्त हुनुका पछाडि विज्ञहरु दुईटा कारण बताउँछन् ।

केही विज्ञहरुका अनुसार उक्त भीडन्त हुनुको मुख्य कारण गत वर्ष भारतले गरेको संविधानको धारा ३७० को खारेजीसँग सम्बन्धित छ । उक्त धाराले पूर्व जम्मु कश्मिर राज्य र विवादित लद्दाख क्षेत्रमा समेत स्वायत्तताको प्रत्याभूत गरेको थियो ।

पाकिस्तानले सरह नै चीनले पनि भारतको उक्त कदमलाई आफ्नो क्षेत्रमा एकतर्फी रुपमा गरेको असरको रुपमा लिएको थियो र गत वर्ष राष्ट्रसंघको सुरक्षा परिषद्मा त्यस कदमको कडा विरोध गरेको थियो ।

विश्लेषकहरुका विचारमा अहिलेको झडपको अर्को कारण चाहिँ सीमा क्षेत्रमा भारतीय पक्षले निर्माण गरिरहेको संरचनाहरुको विरुद्धमा चिनियाँ प्रतिरोधको नतिजा पनि हो ।

भारतले गत वर्ष मात्रै वास्तविक सीमा रेखासँगै निर्माण गरिएको २५५ किलोमिट लामो क्जथयप(म्बगबित द्यभन इमिष्भ ९म्क्म्द्यइ० सडकको उद्घाटन गरेको थियो । भारतको त्यस कदमलाई यस क्षेत्रमा आफ्नो स्वार्थ माथिको खतरा भन्दै चीनले आपत्ति जनाएको थियो ।

चीनको पाकिस्तान र मध्य एशिया जाने आर्थिक मार्ग काराकोरम भएर जान्छ, जुन क्षेत्र गत जुन १५ मा हिंसात्मक भीडन्त भएको गालवान उपत्यकाको नजिक पर्छ । गालवान उपत्यका चीनको नियन्त्रणमा रहेको तर भारतले आफ्नो हो भनी दावी गर्दै आएको अक्साइ चीन प्लेटुको नजिक पर्छ ।

भारतको राजधानी नयाँ दिल्लीस्थित जवाहरलाल नेहरु युनिभर्सिटीमा अन्तर्राष्ट्रिय सम्बन्धका प्रोफेसर ह्याप्पीमोन जाकोबका अनुसार ‘चीनले लद्दाख क्षेत्रलाई मध्य एशियामा आफ्नो पहुँच बनाउन र आफूले करिब ६० अरब अमेरिकी डलर लगानी गरेको पाकिस्तानसँगको ऋएभ्ऋ परियोजनाको लागि लद्दाख क्षत्रलाई अत्यन्तै महत्त्वपूर्ण मान्ने गर्छ ।’

दुवै पक्षले के दावी गरिरहेका छन् ?

चीनका विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजिआनले उक्त घटनाका बारेमा आफू ठोस रुपमा जानकार नरहेको बताउँदै ‘जुन ६ मा भएको सेना फिर्ता बोलाउने सम्झौतालाई उल्लंघन गर्दै पछिल्ला दिनमा भारतीय सेनाले थुप्रै ठाउँहरुमा चिनियाँ सीमा नाघेको’ बताए ।

त्यसलाई ‘नयाँ दिल्लीको तर्फबाट नियोजित रुपमा भएको उक्साउने घटना’को संज्ञा दिँदै झाओले भनेका छन्, ‘सही वा गलत।।। त्यो प्रष्टै छ र त्यसको सम्पूर्ण जिम्मेवारी भारतमाथि छ ।’

जवाफमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले ‘गालवान उपत्यका क्षेत्रको सार्वभौमिकतालाई लिएर ‘बढाइचढाइ गरिएको तथा पुष्टि गर्न नसकिने दावीहरु नगर्न’ सावधान गराएका छन् ।

भारतका अनुसार चीनले अक्साइ चीन प्लेटुमा आफ्नो ३८ हजार वर्ग किलोमिटर भूभाग कब्जा गरेको छ र त्यहाँ १२ हजार सेनालाई राखेर सीमा मिच्दै आएको छ ।

गत हप्ता मात्रै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चीनले भारतीय भूभाग कब्जा गरेको भनाइलाई बुँदागत खण्डन गरेका थिए । उनको उक्त भनाइ भारत सरकारले यसअघि गर्दै आएको दावीसँग विरोधाभाषपूर्ण बनेको थियो ।

मोदीको उक्त दावीले विवादलाई बढाएको थियो, त्यहाँका विपक्षी दलका नेताहरुले गुप्तचर संयन्त्र फेल खाएको भन्दै सरकारमाथि आरोप लगाएका थिए र त्यहाँ किन झडप भयो भनी प्रश्न उठाएका थिए ।

कसको हात माथि ?

कार्नेजी इन्डोवोमेन्ट फर इन्टरनेशनल पिसका सिनियर फेलो एस्ले टेलिजको विश्वासमा लद्दाख क्षेत्रमा चिनियाँहरुको पछिल्लो अग्रताले भारतलाई ‘पीडादायी चयन’को स्थितिमा पुर्याइदिएको छ ।

‘गत जनवरी २०२० सम्म चिनियाँहरुको नियमित उपस्थिति समेत नरहेको विवादित क्षेत्रमा बेइजिङ पुगेको छ,’ टेलीजले उक्त झडप हुनुभन्दा २ दिनअगावै जुन ४ मा लेखेका थिए ।

पृथ्वीको छायाङ्कन गर्ने कम्पनी प्लानेट ल्याब्सले उपग्रहमार्फत् झडपको आसपासका दिनहरुमा लिएका तस्विरमा गालवान उपत्यकामा चिनियाँ गतिविधिहरु बढ्दै गइरहेको देखाएको छ ।

‘प्लानेटमा यसलाई हेर्दा, चीनले उपत्यकामा सडकहरु बनाइरहेको र सम्भवतः नदीहरुमा बाँध बनाइरहेको देखिन्छ,’ क्यालिफोर्नियाको मिडिलबरी इन्स्टिच्यूट अफ इन्टरनेशन स्टडीअन्तर्गत इस्ट एशिया ननप्रोलिफेरेसन प्रोगामका डाइरेक्टर जेफ्री लेविसले रोयटरलाई बताएका छन् ।

उनी भन्छन्, ‘वास्तविक नियन्त्रण रेखाका दुवैतर्फ थुप्रै वाहनहरु देखिन्छन्, तीमध्ये पनि चिनियाँ पक्षमा बाक्लो देखिन्छ । मैले ३०–४० वटा भारतीय वाहनहरु र चिनियाँ भागमा १०० भन्दा बढी वाहनहरु गिन्ती गरें ।’

चीनसँगको विवादबाहेक, यतिखेर भारत आफ्ना अन्य दुई छिमेकीहरु–चीरपरिचित दुश्मन पाकिस्तान र नेपालसँग पनि आफू विवादमा फँसेको स्थितिमा छ ।

नेपाल र भारतबीच ऐतिहासिक कालदेखि कै राम्रो सम्बन्ध रहिआएको छ । तर यतिखेर यी दुई मुलुक विश्लेषकहरुले ‘नक्सा युद्ध’ को संज्ञा दिएको सीमा विवादमा अल्झिएको छ ।

नेपालको संसदले गत हप्ता मुलुकको नयाँ नक्सा पारित गरेको छ, जसमा भारतले नियन्त्रण गरेको जमीनलाई समेत समेटिएको छ ।

‘एकातिर यस क्षेत्रकै मुख्य शक्ति चीन भारतको विरुद्धमा छ र अर्कोतिर परम्परागत रुपमै भारतको अत्यन्तै निकट मित्र रहिआएका छिमेकीहरुमा पनि भारतप्रति नकारात्मकता बढेर गएको छ । मेरो विचारमा यो मुख्यतः नीतिगत असफलता हो,’ अलजजिरासँग जाकोबले भनेका छन् ।

अब के ?

अहिले चिनियाँ अग्रताको विरुद्धमा भारतमा ठूलो कोलाहल मच्चिएको छ । त्यहाँका जनता र व्यापार संस्थाहरुले मोदी नेतृत्वको सरकारलाई चिनियाँ सामानहरुका वहिष्कार गर्नके लागि आव्हान गरिरहेका छन् ।

मुलुकभरि नै भइरहेका विरोध प्रदर्शनहरुमा चिनियाँ झण्डा र सामानहरु जलाइँदैछ । साथै सामाजिक सञ्जालहरुमा हालिएका भिडियोहरुमा युवाहरुले आफ्ना चीन निर्मित फोनहरु फुटाइरहेका दृश्य देखिन्छन् ।

स्मरण रहोस्, चीन भारतको सबैभन्दा ठूलो व्यापार साझेदार हो । यी दुईबीचको वार्षिक व्यापार ९२ अरब अमेरिकी डलर बराब छ । यी दुईबीचको व्यापारमा व्यापक असन्तुलन छ र त्यो चीनको पक्षमा छ ।

द इकोनोमिक टाइम्सलाई दिएको एक अन्तर्वार्तामा पूर्व भारतीय विदेश सचिव श्याम शरणलेचीनविरुद्ध ‘सोचविचारबिना गरिने प्रतिक्रिया’ बाट भारत बच्नुपर्ने बताएका छन् । उनका अनुसार, नयाँ दिल्लीका लागि आसन्न भविष्यमा वैकल्पिक आपूर्तिकर्ताहरु फेला पर्न असम्भव छ । जाकोबको विचारमा भारतले चीनको सामना गर्न क्वाडका रुपमा जानिने समूहसँग सुरक्षा वार्ता गर्नु जरुरी छ । क्वाड भनेको भारत, जापान, अस्ट्रेलिया र अमेरिका सम्मिलित अनौपचारिक रणनीतिक मञ्च हो ।

‘अमेरिकाले भारतको पक्षमा बोल्यो र क्वाडलाई बलियो बनायो भने यसले हामी आक्रामक कदमहरु चाल्ने छौं र हाम्रा स्वार्थहरुको रक्षा गर्नेछौं भन्ने सन्देश चीनलाई जानेछ,’ जाकोबको मत यस्तो छ ।

मंगलबार भारत, चीन र रुसबीच त्रिपक्षीय सम्मेलन हुँदैछ । भारतका विदेशमन्त्री सहभागी हुने भनिएको यस भर्चुअल मिटिङमा सीमाको विषयलाई सम्भवतः सम्बोधन गरिनेछ ।

यसबीचमा, भारत र चीनका सेनाहरुबीच पनि वास्तविक नियन्त्रण रेखामा तनावलाई समाप्त पार्नका लागि तारन्तार वार्ताहरु भइरहेका छन् ।

अलजजिरामा प्रकाशित विश्लेषणको नेपाली रुपान्तरण

मङ्गलबार, असार ०९, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.