८ असार,
सुर्खेत ।
कर्णाली प्रदेश अस्पतालमा कार्यरत डाक्टरहरुले साना तिना समस्याहरु भए फोनबाट जानकारी लिनको लागि सबैलाई आग्रह गरेका छन् । पछिल्लो समय कर्णालीमा कोरोना भाइरस संक्रमितको संख्या बढेसँगै डाक्टहरुले यस्तो आग्रह गरेका हुन् ।
सुरु–सुरुमा कर्णालीमा कोरोना भाइरसका संक्रमितहरु भारतबाट आएका व्याक्तिहरुमा मात्रै संक्रमण देखिएको भएपनि अहिले समुदाय स्तरमा फैलिसकेको हुनाले सानो तिनो काममा अस्पताल आउनु भन्दा घरमै बसि सुरक्षित हुनको लागि चिकित्सकहरुले सुझाव दिएका हुन् ।
‘सुरुका दिनहरुमा कोरोना भाइरस भित्रिएको मात्रै थियो फैलिएको थिएन, त्यो बेला हामिहरुले यसलाई फैलिन नदिने अनेक प्रयासहरु गरे पनि विषेश गरेर छिमेकी मुलुक भारतबाट आउने दाजुभाईहरुले यसलाई गम्भिर ढंगले नलिएको हुनाले आज कोरोना भाइसर समाजमा फैलिन पुग्यो,’ ‘प्रदेश अस्पतालमा कार्यरत बालरोग विषशेज्ञ डाक्टर नवराज केसीले भने,’ ‘हुदा हुदा आज स्वास्थ्यकर्मीमा पनि पोजेटिभ देखिएको छ, यो बेला समुदाय स्तरमा ध्यान नदिने हो भने यसको स्थिति रोकि नसक्नुको हुन सक्छ,।’
कर्णाली प्रदेश अस्पतालमा कार्यरत ५ जना स्वास्थ्यकर्मीहरुमा कोरोना पोजेटिभ देखिएसँगै डाक्टरहरुले सबैलाई यस्तो आग्रह गरेका हुन् । एउटा जीवनजल लिनको लागि अस्पताल पुग्नुभन्दा सानो तिनो समस्यो यो बेला घरमै बसेर पनि उपचार विधि अपनाएर गर्दा राम्रो हुने चिकित्सकहरुको भनाई छ ।
विश्वलाई नै आतंकित पारेर यो भाइरस फैलिएको हुनाले कर्णालीमा त झन् कोरोना भाइरस संक्रमण देखिएको मात्रै होइन फैलिएको पनि छ ,यसलाई रोक्ने अरु केहि पनि उपायहरु नभएको यो अवस्थामा भिडभाडमा नहिड्नु नै राम्रो हुने र हिड्नु परेपनि कम्तिमा २ मिटरको दुरी कायम गरी मास्क लगाएर हिड्दा राम्रो हुने कर्णाली प्रदेश अस्पताल कोरोना फोकल पर्सन डाक्टर के।एन। पौडेल बताउँछन् ।
‘अस्पतालमा उपचार त हुन्छ, तर यो भाइरस संक्रमणको बेला रोग सर्ने डर पनि उत्तिकै हुन्छ यो बेला झन् भाइरस संक्रमण भएको बेला अस्पतालमा भिडभाड गरेर आउनुभन्दा आफूले जानेको तरिकाले घरायसी उपचार विधिबाट पनि केही समस्या समाधान गर्न सकिन्छ,’ ‘प्रदेश अस्पतालमा कार्यरत हाडजोर्नि विषशेज्ञ डाक्टर शुभ श्रेष्ठ भन्छन्,’ ‘त्यसैले डाक्टरहरुलाई भाइरस सर्ने भनेको समुदायबाट हो समुदायलाई पनि सर्ने भनेको डाक्टरहरुबाट भएकोले समुदाय र चिकित्सकहरुले बेलैमा सवधानि नपनाउने हो भने यो महाकारीले ठूलो रुप लिन सक्ने डाक्टर श्रेष्ठको तर्क छ ।
समचार दैनिकबाट साभार
