धनगढी,८ असार- रोयल कोल्याब्रेटिभ्सको आयोजनामा धनगढीले त्रिनगर नाकामा विगत ३० दिन देखि संचालन गरिरहेको निशुल्क खाना, पानी र फोन सेवा हाललाई स्थगित गरेको छ ।विश्वव्यापी कोरोना संक्रमणका कारण उत्पन्न असहज परिस्थितिमा रोजीरोटी गुम्दा भारतबाट नेपाल आउने यात्रुको लागि उक्त अभियान संचालन गरिएको थियो ।
उक्त सस्थाले नेपाल९भारत सिमाको दशगजा क्षेत्र डोकेबजारमा ूनिशुल्क खाना घरू नै स्थापना गरेर जेठ ९ गते बाट ूनिशुल्क खाना९पानी तथा आकस्मिक फोन सेवा अभियानू चलाउदा विभिन्न सामाजिक सस्था तथा व्यक्तिहरुको सहयोग रहेको जनाइएको छ । सोमवार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरि संचालन गरिएको निशुल्क खाना, पानी र फोन सेवा हाललाई स्थगित गरिएको सस्थाका अध्यक्ष गजेन्द्र शाही ूगज्जुू ले बताउनुभयो ।उनले यस अभियानलाई निसर्ग अस्पतालले पनि सहयोग गरेको जानकारी दिए ।
अभियानले ३० दिनको अवधिमा कूल ६५ हजार छ सय तीन खाना प्लेट वितरण गरेको थियो । रोयल कोलाबोरेटिभ्सको टिममा संयोजक गजेन्द्र शाही र सदस्यहरु देवेन्द्र जोशी, ईन्द्र विनाडी, दिनेश शाह, रचित शाह ले ३० दिनसम्म निरन्तर सक्रिय रुपमा मानवसेवा कार्यमा संलग्न रहेको सस्थाले जनाएको छ । यस अभियानमा खटिएका स्वयमसेवक घर नगएर सेल्फ क्वारेन्टाइनमा बस्ने गरेका छन् ।
अभियानमा कूल २० लाख बराबरको खाद्यान्न सामग्री र २ लाख ७० हजारको पानी वितरण गरिएको विज्ञप्ती मार्फत जनाएको छ । निसर्ग अस्पताल प्रालि मूख्य सहयोगी रहेको यस अभियानलाई प्राविधिक र व्यवस्थापकीय सहयोग धनगढी उपमहानगरपालिकाले गरेको थियो । यस अभियानका सहयोगी दातामा सिएनएन हिरो २०१५ म्यागी डोयन, नेपालगंज मेडीकल कलेज, दिदीबहिनी महिला समूह बेलायत,लायन्स क्लब अफ धनगढी हेल्थ एण्ड मेडिको,रुडुक , डा.आरजु राणा देउवा, सनराईज बैंक धनगढी शाखा, भागेश्वर ग्रुप, अनिल भूजनिया, तिर्थ पन्त, कुवेर शाही, ललित कार्की , डा. प्रदिप मिश्र, उद्योग वाणिज्य संघ कैलाली लगायतले खाद्यान्न सामग्री सहयोग गरेको आयोजक सस्था रोयल कोल्याबरेटिभ्सका सदस्य देवेन्द्र जोशीले जानकारी दिए ।