• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

सोती हत्या प्रकरण पीडितहरूको पक्षबाट २४ जना वकिल

असार ८

रूकुम पश्चिमको चौरजहारीमा जेठ १० गते भएको नरसंहारयुक्त घटनाले देश तरंगित छ । अन्तरजातीय प्रेम विवाहको निहुँमा सामुहिक र सुनियोजित ढंगबाट ६ जना युवाहरुको विभत्स हत्या भएपछि एक महिनादेखि दलित समुदाय र अधिकारकर्मीहरु सडक आन्दोलनमा छन् । जातको आधारमा भएको उक्त घटनालाई सबै तहतप्काबाट निकै गम्भिर रुपमा हेरिएको छ ।

छ जनाको विभत्स हत्याको योजनाकार वडाअध्यक्ष ,केटीका बाबु र दाई भएको गृहमन्त्रालयले घटनाको प्रारम्भिक अध्ययन प्रतिवेदनमा सार्वजनिक गरिसकेको छ । घटनामा संलग्न भएको ओरोपितहरुलाई जिल्ला सरकारी वकिलको कार्यालयले चौरजहारी नगरपालिका—८ का वडाध्यक्षसहित ३४ जनाविरूद्ध मुद्दा दर्ता गरेको छ । नवराज विककी प्रेमिका भनिएकी १७ वर्षीया युवती र उनका भाइलाई नावालक ठहर गर्दै यसअिघ नै जिल्ला अदालतले सुधार गृहमा राख्ने आदेश दिइसकेको छ । जिल्ला अदालत रुकुममा २७ जना प्रतिवादीको थुनछेक बहस चलिरहेको छ ।

यो बहसमा रूकुम पश्चिमका वकिलहरू जिल्लाको नाता लगाउँदै पीडकको पक्षमा बहसमा उत्रिएका छन् । तर जिल्लाका बरिष्ठ अधिवक्ता डाक्टर नवराज गौतम लगायत जिल्लाका १२ र काठमाठौंबाट गएका ७ वकिल सहित २० जना वकिलहरु पीडितहरुको पक्षमा उभिएका छन् । सरकारी ५ वकिल गरी २४ जनाले बहस गदै छन् । उनीहरूका तर्फबाट निःशुल्क वकालत गरिरहेका छन् ।

रुकुम पश्चिमका वरिष्ठ अधिवक्ता डाक्टर नवराज गौतम जिल्लाकै पुरानो र पाका अधिवक्ता हुन् । उनी पीडितको पक्षमा उभिएपछि दोषीहरु उम्किन गाह्रो पर्ने धेरैले अनुमान समेत गरेका छन् । काठमाडौंमा अधिवक्ताको रूपमा बहस गर्दै आएका रामचन्द्र गौतम उनी डाक्टर गौतमका छोरा हुन् । असार १ गतेबाट सुरु भएको जिल्ला अदालतमा नवराजकी प्रेमिका र उनका भाइको थुनछेक बहसमा रामचन्द्र अधिवक्ता थिए । घटनापछि मात्रै रामचन्द्र जाहेरीवाला ९मृतक० को पक्षबाट निःशुल्क बहस गर्न काठमाडौंबाट मुसिकोट रूकुम पुगेका हुन् ।सोती घटनापछि त्यसमा राजनीति पनि मिसिएको छ । त्यही राजनीतिक दबाब, प्रलोभन र त्रास न्यायालयमा पनि पर्ने खतरा छ । त्यही कारणले जिल्लाका ५ वकिल प्रतिवादीको पक्षमा बहस गर्न उभिएको छन् । पीडितको पक्षबाट सरकारी वकिल पाँच र १९ जना वकिलले निःशुल्क बहस गदै आएका छन् । जिल्लाका बरिष्ठ अधिवक्ता डाक्टर नवराज गौतम, अधिवक्ता दिनेश त्रिपाठी, ओम आर्याल, इन्द्र आर्याल, मोहन शाहसंकर, श्याम विश्वकर्मा, प्रकाश नेपाली, सुधार सोनी ,पुष्पा पौडेल, बद्रि भुषाल ,रामचन्द्र गौतम ,हरि सुवेदी ,राम शर्मा,यमकुमारी ददेल, त्रिलोकचन्द्र विश्वास लगायत २४ जना वकिलहरुले शुक्रबारदेखि पीडितपक्षबाट बहस सुरु गरेका छन् ।

सोमबार, असार ०८, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.