असार ८,
सुर्खेत ।
सुर्खेतको भेरीगंगा नगरपालिकाको क्वारेन्टिनबाट फर्किएपछि मृत्यु भएका व्यक्तिमा पिसिआार रिर्पोट नेगेटिभ देखिएको छ।
भेरीगंगा–५ भर्लेनीका एक युवकको आइतबार बिहान मृत्यु भएको थियो। छिन्चुमा रहेको शारदा माविमा रहेको क्वारेन्टिनमा १४ दिन बसेका उनी जेठ २९ गते घर फर्किएका थिए।
मृत्युपछि उनको स्वाब लिएर प्रदेश अस्पतालमा रहेको प्रयोगशालामा पिसिआर गरिएको थियो। उनको रिपोर्ट नेगेटिभ आएको भेरीगंगा नगरपालिकाका उपमेयर रेणु ढकालले जानकारी दिइन्।
क्वारेन्टिनमा आरडिटी गर्दा उनमा कोरोना नेगेटिभ देखिएपछि घर पठाइएको थियो। मृत्यु भएका उनी जेठ १६ गते भारतबाट फर्किएका थिए।
