सुर्खेत
कर्णाली प्रदेश अस्पतालका ५ जना स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको छ । कोरोना पोजेटिभ देखिएका मध्य । सबै प्रदेश अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी हुन् ।
गत जेष्ट ३१ र ३२ गते देखि असार ३ गने सम्म प्रदेश अस्पतालको आकस्मिक कक्षमा उपचार गराइरहेका ३ जना विरामीमा कोरोना पोजेटिभ देखिए पछि उनिहरुको नजिकरहेका स्वास्थ्यकर्मी र कार्यलय सहयोगि गरी ४२ जनालाई क्वारेन्टाइनमा राखिएको थियो ।
क्वारेन्टाइनमा राखिएका ४२ जना मध्य १ जना भिडियो एक्सरेमा कार्यरत र ४ जना ल्यावमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको प्रदेश अस्पतालका निर्देशक डाक्टर डम्वर खड्काले जानकारी दिए ।
उनका अनुरसार उनिहरु सबैलाई प्रदेश अस्पतालको आइसोलेशनमा राखि उपचार गराइने छ ।
यसरी संक्रिमित भएका हुन ५ जना स्वास्थ्यकर्मी
गत जेष्ठ ३१ र ३२ गते दैलेखका २ जना र सुर्खेतका १ जना विरामीलाई प्रदेश अस्पतालको आकस्मिक कक्षमा राखेर उपचार भैरहेका थियो । ती मध्य दैलेखबाट आएका एक जना विरामी टिभिको दिर्घ रोगि थिए भने दैलेखका १ जना र सुर्खेतका १ जनाले विस सेवन गरेका कारण उनिहरुलई आकस्मिक कक्षमा राखेर उपचार गराइएको थियो । यी सबै विरामी समुदाय स्थरबाट आएको हुनाले कसैले पनि उनिहरु कोरोना संक्रिमित छन् भन्ने संका गरेको थिएनन् ।
कोरोना संक्रिमितको संका नगरेकै कारण उनिहरुलाई ३ दिन सम्म नजिकबाट स्वास्थ्यकर्मीहरुले उनिहरुको हेरचाह गरे जव उनिहरुमा कोरोनाको लक्षण देखिन थाल्यो त्यसपछि ती विरामीहरुको पिसिआर चेक गराइयो । असार ३ गते उनिहको पिसिआर रिर्पोाट कोरोना पोजेटिभ देखिए पछि उनिहरुको नजिकरहेर उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुको खोजि सुरु भयो र ४२ जनालई क्वारेन्टाइनमा रोखियो ।
क्वारेन्टाइनमा राखिएका सबैको पिसिआर चेक गर्दा ५ जनालई कोरोना कोरोना देखिएको अस्पतालले जानकारी देखिएको छ ।
कर्णालीमा यसरी एकै चोटि धेरै स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको यो पहिलो पटक हो ।
