• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

लकडाउनमा हरेक दिन पाँच महिलामाथि बलात्कार

"राजधानीमै सामूहिक बलात्कार  "

 काठमाडौं । रौतहटको ईशनाथ नगरपालिका– ५ लक्ष्मीनियाँकी २३ वर्षीया रेखादेवी ठाकुरको वर्षदिनअघि गाउँकै सञ्जय ठाकुरसँग विवाह भयो । सञ्जयको परिवारले ११ लाख नगद दाइजो पनि लिए । तर, दाइजो रकम सञ्जयका बुबा नागेन्द्र आफैँले राखे ।

सञ्जयले बुबासँग उक्त रकम माग्ने आँट गरेनन्, बरु पत्नी रेखादेवीलाई माइतबाट थप रकम ल्याउन भन्दै यातना दिन सुरु गरे । यातनाको शृृंखला बढ्दै गएपछि रेखादेवी ज्यान जोगाउँदै माइत गइन् । केही समयपछि सञ्जयले आगामी दिनमा यातना नदिने प्रतिबद्धता गरेर पत्नीलाई घर ल्याए । तर, रेखादेवीमाथिको यातना रोकिएन, झन् बढ्यो ।

यही क्रममा आठ महिनाकी गर्भवती रेखादेवी १८ वैशाखमा घरमै मृत फेला परिन् । मृतकका भिनाजु रोशन ठाकुरका अनुसार रेखादेवीको घाँटीमा नीलडाम थियो, अनुहारमा रगतका टाटा र कपाल असरल्ल छरिएका थिए । तन्नामा पोका पारिएको अवस्था भेटिएको शव हेर्दा हत्या गरिएको अनुमान सजिलै गर्न सकिन्थ्यो ।

‘दाइजोको विषयमा विवाद थियो । ११ लाख रुपैयाँ त पहिले नै बुझाएको हो । पुगेन भनेर बहिनी ९साली० माथि यातना दिइरहेका थिए । कुटपिट गरेरै हत्या भएको देखिन्छ । निष्पक्ष अनुसन्धान गरेर दोषीलाई कडा कारबाही हुनुपर्छ,’ उनले भने । ठाकुरका अनुसार जिल्ला प्रहरी कार्यालय रौतहटले सुरुमा मृतकको पोस्टमार्टम गर्न र पीडित पक्षको जाहरी लिनसमेत मानेको थिएन ।

तर, सबैतिरबाट दबाब भएपछि मात्रै प्रहरी बाध्य भयो । अहिले अनुसन्धानका लागि मृतक रेखादेवीका ससुरा नागेन्द्र र श्रीमान् सञ्जयलाई पक्राउ गरेको छ । पोस्टमार्टम रिपोर्टमा रेखादेवीको झुन्डिएर मृत्यु भएको उल्लेख गरिएको सूचना आफूहरूले पाएको ठाकुरले बताए । प्रहरीले औपचारिक रूपमा रिपोर्ट सार्वजनिक गरेको छैन ।

‘पोस्टमार्टममा झुन्डिएर मृत्यु भएको उल्लेख भए पनि उनीहरू (रेखादेवीका श्रीमान् र ससुरा) ले कुटपिट गरी झुन्ड्याएको हो भन्ने हाम्रो आशंका हो । प्रहरीले निष्पक्ष छानबिन गरोस्,’ उनले भने । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी रविराज खड्काले घटना अनुसन्धानकै क्रममा भएकाले पोस्टमार्टम रिपोर्ट सार्वजनिक नगरिएको बताए । ‘हत्या हो कि आत्महत्या भन्ने अनुसन्धानपछि खुल्छ । किटानी जाहेरी दर्ता भइसकेको छ, अनुसन्धानपछि मात्रै घटनाको सम्बन्धमा भन्न सकिएला,’ उनले भने ।

राजधानीमै सामूहिक बलात्कार

भक्तपुरको ठिमी नगरपालिका– ६ स्थित पुरानो थिमी बस्ने २० वर्षीया युवती गत ८ जेठमा चिनजानकै साथीको योजनामा सामूहिक बलात्कारमा परिन् । नजिकै डेरा गरी बस्ने २२ वर्षीय रोहित गिरी चिनजानकै थिए ।

उनले युवतीलाई ललाइफकाई डेरामा लगेर बलात्कार गरे । पीडित युवती घर जान चाहन्थिन्, तर रोहितले जान दिएनन् । बरु, छिमेकमा बस्ने २९ वर्षीय कवाङ लामासहितका चार साथीलाई समेत कोठामा बोलाए ।

र, युवतीलाई रातभर पालैपालो बलात्कार गरे । पीडित युवतीले दोस्रो दिन नै प्रहरीमा जाहेरी दिएकी थिइन् । गिरी पक्राउ परे पनि अन्य चार युवक भने फरार छन् । भक्तपुर प्रहरीका प्रमुख एसपी सविन श्रेष्ठले सामूहिक बलात्कार भएको र घटनाको गम्भीरतापूर्वक अनुसन्धान भइरहेको बताए ।

–नयाँ पत्रिका दैनिकबाट साभार

 

सोमबार, असार ०८, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.