सुर्खेत
असार ७
रुकुम पश्चिममा पहिलो कोरोना संक्रमित पुष्टि,भए सँगै कर्णालीमा कोरोना संक्रमितको संख्या १२५६ पुगेको छ ।
यो संगै कर्णालीका दशवटा जिल्लामा कोरोना संक्रमण संक्रमण फैलिएको छ ।
सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेश स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मी नारायण तिवारीका अनुसार सवैभन्दा धेरै संक्रमितको संख्या दैलेखमा रहेको छ । दैलेखमा अहिले सम्म ७११ जना संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
यसैगरी सुर्खेतमा २७९, सल्यानमा १६९, कालिकोटमा ४२, जुम्लामा २४, जाजरकोटमा १०, मुगुमा २ जना संक्रमित भएको मन्त्रालयले पुष्टि गरेको छ । यसैगरी हुम्ला र डोल्पामा १र१ जना संक्रमित पुष्टि भएको छ ।
प्रदेशका विभिन्न अस्पताल र आईसोलेसनबाट कोरोनाबाट निको भई डिस्चार्ज हुनेको संख्या ५३१ पुगेको छ ।
