धनगढी, ७ असार- कोरोना परिक्षणका लागि थप एक पीसीआर मेसीन सुदूरपश्चिममा आईपुगेको छ । डडेल्धुरामा जडान हुने उक्त मेसीन आईतबार अत्तरिया पुगको छ । ह्युमिनिटी फाउन्डेसन नेपालले खरिद गरेको पिसिआर मेसिन काठमाडौंबाट ट्रक मार्फत ल्याईएको हो ।
शुक्रबार काठमाडौंबाट ट्रकमार्फत पठाएको मेसिन अत्तरियाबाट आजै डडेल्धुरा पठाउने तयारी गरिएको उद्योग बाणिज्य तथा आपुर्ती मन्त्री लेखराज भट्टका स्वकिय सचिब हितेस ओझाले जानकारी दिएका छन ।
फाउन्डेसनले सुदूरपश्चिम तथा विदेशमा बस्दै आएका समाजसेवी, व्यापारी, वुद्धिजीवी लगायतका दाताहरुबाट संकलन गरिएको रकमले खरिद गरेको मेसिन डडेल्धुराका लागि पठाएका हुन ।
पिसीआर मेसिन खरिदमा फाउन्डेसनले अगुवाइ गरेपनि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सहजीकरण एवं समन्वय गरेको ह्युमिनिटी फाउन्डेसन नेपालका अध्यक्ष श्याम तायलले जानकारी दिएका छन । उक्त पिसिआर मेसिन डडेल्धुरा अस्पताललाई हस्तान्तरण गरिने छ ।