• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

विभूषण पाउने व्यक्तिको संख्या तोकियो

काठमाडौं । कामभन्दा पहुँचको भरमा दिन थालेपछि सरकारले हरेक वर्ष दिने विभूषण विवादित मात्र भएको छैन, यसको महत्व पनि घट्दै गएको छ ।

गृह मन्त्रालयले गत वर्ष संविधान दिवस ९३ असोज० मा हालसम्मकै सबैभन्दा धेरै ६३४ जनालाई मानपदवी, अलंकार र पदकबाट विभूषित गर्ने निर्णय गरको थियो । जसमा सत्तारुढ दल निकट, विवादास्पद र राज्यलाई योगदान नपुर्‍याएका व्यक्ति पनि परेका थिए । यसअघि पनि मानपदवी तथा विभूषण वितरणमा धेरै प्रश्न उठ्ने गरेको थियो ।

यसलाई सच्याउन भन्दै सरकारले हरेक वर्ष विभूषण पाउनेको संख्या तोकेको छ । गृह मन्त्रालयको प्रस्तावमा हरेक वर्ष दुई सय जनालाई मात्र विभूषण दिने निर्णय भएको हो । त्यसका लागि २ असारको मन्त्रिपरिषद बैठकले विभूषणसम्बन्धी नियमावली संशोधन गरेको छ । गृहसचिव महेश्वर न्यौपानेले अनलाइनखबरसँग भने, ‘नियमावली संशोधन स्वीकृत भइसकेको छ, हामीकहाँ आउन भने बाँकी छ ।’

गृहको विभूषण शाखाकी उपसचिव बन्दना राईका अनुसार अब मानपदवी एक सय, अलंकार र पदक ५०र५० जनाले पाउनेछन् । साथै पदकको वर्गीकरण पनि हुनेछ । ‘जस्तै, जनसेवाश्री प्रथमदेखि पञ्चमसम्म हुन्छ, त्यो कुरा पदकमा उल्लेख हुँदैन थियो’, राईले अनलाइनखबरसँग भनिन्, ‘त्यसैले अब पदकमा पनि प्रथमदेखि पञ्चमसम्म कुन हो छुट्टाउने गरी प्रस्ताव पठाएका थियौं ।’

समाजका बिभिन्न क्षेत्रमा योगदान पुर्‍याएकाहरुलाई वैशाख १ गते नयाँ वर्षको अवसरमा राष्ट्रपतिबाट मानपदवी, विभूषण र अलंकार वितरण गर्ने चलन छ । तर कोरोना भाइरस संक्रमणको जोखिमका कारण यस वर्षको वैशाखमा भने वितरण गरिएन ।

दुई सय बढी सभासदले लिएनन् पदक

राष्ट्रपति विद्यादेवी भण्डारीले गत वर्ष १६ जेठमा संविधान निर्माणमा महत्वपूर्ण योगदान दिएको भन्दै पहिलो र दोस्रो संविधानसभाका सभासद्हरुलाई संविधानसभा पदक दिएकी थिइन् ।

एउटा पदकका लागि करिब ५० हजार रुपैयाँ खर्च गरेर बनाइएको पदक दुई सय ४६ पूर्वसभासद्ले लिएनन् । पदक नलिएपछि २३ माघमा गृह मन्त्रालयले सूचना नै जारी गरेर लिन आउन आह्वान गरेको थियो । पदक नलिनेमा कांग्रेस सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, विजयकुमार मच्छदार, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, प्रकाशशरण महत, वामदेव गौतम, महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी, उपेन्द्र यादव, नारायणमान विजुक्छेलगायत थिए ।

सूचना जारी गरेपछि पनि लिन नआउने कतिपय सभासद्को पदक गृहले घरमै पनि पुर्‍याइदिएको थियो ।

मापदण्ड

विभूषण सिफारिस कार्यविधि एवं प्रदान सम्बन्धी मापदण्ड, २०७५ ले नेपाली नागरिक वा विदेशी नागरिकले स्वदेश तथा विदेशमा रहेर उल्लेखनीय काम गरेर आ(आफ्नो क्षेत्रमा विशिष्ट योगदान दिए विभूषण प्रदान गर्न सिफारिस गर्न सक्ने व्यवस्था गरेको छ ।

जसमा राजनीतिक, सामाजिक, आर्थिक, शान्ति सुरक्षा र प्रशासन, शिक्षा, स्वास्थ्य, सूचना, सञ्चार, विज्ञान, प्रविधि, अन्वेषण, अनुसन्धान, खेलकुद र राष्ट्रिय जीवनका अन्य महत्वपूर्ण व्यक्तिलाई पदक दिन सकिने भनिएको छ ।

नेपालरत्न, राष्ट्र गौरव, राष्ट्रदीप र जनसेवाश्री गरी चार प्रकारका पदक प्रदान गर्ने गरिन्छ । नेपालरत्न वर्षमा एक जनालाई मात्र दिइन्छ ।

विभिन्न निकायको हकमा जनशक्तिका आधारमा कोटा निर्धारण गरिएको छ । जसअनुसार नेपाली सेनातर्फ बर्सेनी २५, नेपाल प्रहरीमा २०, सशस्त्र प्रहरी बलमा १२ र राष्ट्रिय अनुसन्धानतर्फ ४ जनालाई पदक दिने व्यवस्था छ ।

आइतबार, असार ०७, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.