बासुदेब बडु
दार्चुला ६ असार- दार्चुलाको शैल्य शिखर नगरपालीका वडा नं. १ बलाँच स्थित चमेलिया जलविद्युत आयोजनाको सुरक्षाका लागी नेपाली सेनाको टोली खटिएको छ ।
२०७४ साल देखी ससस्त्र प्रहरी ले ३२ मेगा वाट क्षमताको चमेलिया जलविद्युत आयोजनाको सुरक्षा गर्दै आएको थियो । सरकार ले ससस्त्र प्रहरी लाई सिमा सुरक्षामा खटाउने निर्णय गरे पछि चमेलिया जलविद्युत आयोजनाको सुरक्षाका लागी दुर्गा दल गुल्म खलंगा बाट ४० जना नेपाली सेनाको टोली खटिएको हो ।
दार्चुलामा ससस्त्र प्रहरी को ३ ओटा बि.ओ.पी. थपिने भए पछि चमेलिया जलविद्युत आयोजनामा सुरक्षार्थ खटिएका ससस्त्र प्रहरी लाई बि.ओ.पी.हरुमा समायोजन गर्न लागिएको छ । नेपाल सरकार ले दार्चुलाको भारत सित सिमा जोडिएका मालिकार्जुन गाउँपालिकाको जौलजीवी, व्याँस गाउँपालिकाको दुम्लिङ्ग र लेकमगाउँपालिकाको लालीमा बि.ओ.पी. राख्ने तयारी गरेको छ
