सुर्खेत । असार ३
कर्णालीमा समुदाय स्थरमा कोरोना संक्रमित व्याक्ति भेटिन थालेका छन् । केहि दिन अगाडि सुर्खेतका एक जना विद्यार्थिमा कोरोना पोजिटिभ भेटिएको थियो ।
उनि भारतबाट आएका व्याक्ति होइनन् भने गाउँमा पनि कसैको सम्पर्कमा पुगेका थिएनन् । उनि कर्णालीको समुदाय स्थरको पहिलो कोरोना संक्रमित व्याक्ति हुन् ।
दोश्रो पटक कर्णाली प्रदेशको प्रदेश अस्पताल कालागाउँमा उपचार गराउन आएका ३ जना व्याक्तिमा एकै चोटि कोरोना पोजेटिभको देखियो । यसरी समुदाय स्थरबाट उपचार गराउन आएकाहरुमा धेरै संख्यमा कोरोना पोजेटिभ देखिएको यो पहिलो पटक हो ।
गएको जेष्ट महिनाको ३१ र ३२ गते दैलेखबाट आएका दुई जना बिरामी र सुर्खेतका १ जनामा कोरोना पोजेटिभको देखिएको हो । उनिहरुमा कोरोना देखिए सँगै प्रदेश अस्पतालको इमेरजेन्सि कक्ष सिल गरिएको प्रदेश अस्पतालका कोरोना फोकल पर्सन डाक्टर के।एन। पौडलले जानकारी दिए ।
दैलेखको दुल्लुबाट आएका दुई जना विरामीहरु मध्य एक जना ८ महिना अघि देखि टिभिको बिरामी थिए भने दैलेखका अर्को एक जना र सुर्खेतका एक जनाले विस सेवन गरेका कारण उपचारको लागि प्रदेश अस्पतालको इमेरजेन्सि वार्डमा उपचार गराइरहेका थिए ।
इमेरजेन्सि वार्डमा उपचार गराईरहेका ती ३ जनामा कोरोना पोजेटिभ देखिएपछि उनिहरुको नजिक गएका अस्पतालका चिकित्सक र अन्य कर्मचारी ४० जना भन्दा बडि अहिले अस्पतालको निगरानिमा रहेको फोकल पर्सन डा। पौडेलले जानकारी दिए
समुदायमा स्थरमै भेटिन थाले कर्णालीमा कोरोना संक्रमित प्रदेश अस्पतालको इमेरजेन्सि सिल
समुदायमा स्थरमै भेटिन थाले कर्णालीमा कोरोना संक्रमित प्रदेश अस्पतालको इमेरजेन्सि सिल