चीनसँग युद्वको स्थिति आएपछि भारतले नेपालमा बिदामा रहेका गोर्खा सैनिकलाई फिर्ता बोलाएको छ।
भारतमा कोरोना भाइरसको संक्रमण बढ्नुअघि भारतीय सेनामा कार्यरत गोर्खालीहरू बिदा मनाउन घर फर्किएका थिए। तर चीनसँग उत्तरी सीमा विवाद चुलिएपछि भारतीय सेनाले छुट्टि मनाइरहेका गोर्खालीलाई जागिरमा फर्किन आदेश दिएको छ।
हाल भारतीय सेनामा नेपालका ७० हजार सैनीक कार्यरत छन्।
