धनगढी, २ असार- सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७७÷०७८ का लागि रु ३३ अर्ब ३८ करोड १३ लाख ४८ हजारको बजेट विनियोजन गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले आगामी आर्थिक वर्षका लागि कूल विनियोजनमध्ये चालूतर्फ १४ अर्ब १८ करोड ७८ लाख ६० हजार र पूँजीगत तर्फ १६ अर्ब ७५ करोड ८४ लाख ८८ हजार रहेको जानकारी दिए ।
गरिबी र महामारीबाट अक्रान्त नागरिकलाई तत्काल राहत पुग्ने कार्यक्रम, कोभिड–१९ ले सिर्जित बन्दाबन्दीका कारण प्रदेशमा परेको प्रभाव र भविष्यमा पर्नसक्ने असरलाई न्यूनीकरण गर्ने, स्वदेश तथा विदेशमा रोजगारी र स्वरोजगारी गुमाएका नागरिकको आयआर्जन बढाउँदै उनीहरुमा रहेको ज्ञान सीप र क्षमताको प्रयोग गरी कृषि र गैर कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्ने विकासका कार्यक्रमलाई लक्षित गर्ने प्राथमिकता बजेटको छ ।
बजेटमा प्रतिपक्षीको प्रतिकृया
डा. रणबहादर रावल
संसदीय दलका नेता, नेपाली काँग्रेस
कोरोना कहर असारको अन्तपछी सकिने हिसाबले प्रदेश सरकारले आव २०७७÷७८ को बजेट ल्याएको छ । योजनाको प्राथमिकता भन्दा पनि कार्यकर्ता बितरणमुखी देखिन्छ । यस्तो महामारीका बेला ठोस कोभिड १९ लक्षित योजना कुनै छैन । बजेट फेरी पनि कनिका छराई पुरानै योजनाहरुको पुन समाबेश, चालु आवको सञ्चितीमा आधारित भएको छ ।
हरेक बर्ष बजेट बनाउने तर समय मा खर्च नगर्ने गरेका छन् । १ बर्षको बजेटले धन्नै ३ बर्ष धान्ने हुन्छ । बजेट बनाई सकेपछि कार्यान्वयन गरेपछि पो प्रभावकारी हुने हो । हाम्रो नजरमा असफल सरकारको असफल बजेट ठहर गरेका छौ । अहिले त कोभिट १९ रोगले प्रभावका कारण झन्डै ९ लाख बेरोजगार श्रमिक ९ स्वदेश र प्रबासबाट फर्केका छन् अहिले उनीहरुलाई पुन बैदेशिक रोजगारमा नफर्कनका लागि कृषी उत्पादन ब्यवसाय बढाउने, गरिबी घटाउने, लोक कल्याणकारी आदि बारे कुनै ठोस परिणाममुखी बजेट आउनु पर्ने त्यो देखेन ।
कार्यान्वय भए राम्रो : जसपा
कृष्ण चौधरी, जनता समाजबादी पार्टी
बजेट हेर्दा राम्रो नै छ । तर, कार्यन्यन जुन पक्ष राम्रो भए राम्रो प्रभावकारी हुन्छ । बजेट ल्याउने कार्यान्वयन भएन भने प्रभावकारी हुदैन । अहिले कोबिट १९का कारण बिदेशबाट फर्केकालाई कृषी र व्यबसायी मुखी बजेटले केही हद सम्म पनि जनताका पक्षमा देखिन्छ ।
यो बजेटले सुदूरपश्चिमलाई अलिकत भएपनि माथी लगेर जान्छ । बिदेशबाट फर्केर आएकालाई कृषी व्यबसायीक राखेकोले राम्रो नै भन्नुपर्छ ।
