धनगढी, २७ जेठ
धनगढी उप–महानगरपालिका क्षेत्र भित्रका अति अती बिपन्न अति अशक्त अपाङ्गलाई मंगलबार राहत उपलब्ध गराईएको छ ।
धनगढी उप–महानगरपालिकाको समन्वयमा लुथरन विश्व फेडरेशन, दिगो विकास समाज र अपाङ्ग समन्वय समितिले १ सय ३० जना अपाङ्गलाई नेपाल सरकारको मापदण्ड अनुसारको हात चामल, तेल, नुन, साबुन लगायतको सामाग्री हस्तान्तरण गरेको हो । धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले राहत पाउनबाट छुटेका भए अती बिपन्न अति अशक्त अपाङ्ग राहत फेरी पनि उपलब्ध गराउने बताए । सबै सहयोगि मनहरुका कारण राहत उपलब्ध गराउन सजिलो भएको नगरप्रमुख वडले बताए ।
रातह वितरणमा अपाङ्गहरुका अगुवा धर्म ओझा र नन्दराज भट्टले समन्वय गरेका थिए ।
अती बिपन्न अति अशक्त अपाङ्गलाई राहत
अती बिपन्न अति अशक्त अपाङ्गलाई राहत
