आर्थिक वर्ष ०७५र०७६ को बजेटमा सरकारले मातहतमा रहेका अस्पतालहरुलाई पुँजिगत खर्च अन्तर्गत १ अर्ब रकम छुट्यायो । सुदूरपश्चिम प्रदेशको डडेल्धुरा अस्पतालले २० करोड पायो । सोही आर्थिक वर्षको बजेट विनियोजन भएसँगै डडेल्धुरा अस्पतालमा भ्रष्टाचारको चक्कर पनि सुरु भएको पाइएको छ ।
सिंगो विश्व कोरोना संक्रमणको चपेटामा परिरहेको बेलामा सरकारबाट स्वास्थ्य उपकरण कार्यमा खटाइएका प्रतिनिधि, अस्पतालका निमित्त मेसु, लेखा प्रमुख तथा सप्लायर्सका संचालकहरुको मिलेमत्तोमा भ्रष्टाचार भएको हो । काठमाडौंस्थित हस्पिटेक ईन्टरप्राईजेजका संचालक, धनगढीस्थित अमित मेडीसिनका संचालक दुष्यान्त बस्नेत, मुरलिधर जोशी र नेपाल सरकारबाट उपकरण मर्मत कार्यमा खटाइएका ई।हरेन्द्र चटौत, अस्पतालका नि मेसु जगदीश विष्टसहित लेखा प्रमुखको समेत संलग्नता रहेको बुझिएको छ ।
………………
भ्रष्टाचारको श्रङ्खला
सरकारले विनियोजना गरेको बजेट अन्र्तगत पहिलो चरणको आठ करोड निकासा गर्नेगरी अस्पतालबाट खरिद गर्ने उपकरणहरुको मान्यता प्राप्त बायोमेडीकल ईञ्जिनियरबाट स्पेशिफिकेशन बनाई प्रस्ताव पेश गर्न भनि पत्राचार गर्यो । स्रोतका अनुसार अस्पतालले प्रस्ताव तयार गर्न नसकी परामर्शदाता कम्पनि सँग सम्झौता गरी प्रस्ताव तयार पारेको थियो । बायोमेडीकल क्षेत्रको परामशर्शदाता कम्पनिको सहयोग लिएर अस्पतालले खरिद गर्ने उपकरणको स्पेशिफिकेशन र मन्त्रालयबाट बजेट निकासाको लागि प्रस्ताव तयार गर्ने, बाँकी सबै कार्य उक्त परामर्शदाताबाट नै गराउने भनेर अस्पतालका निमित्त मेसु जगदीश विस्ट ले सम्झौता गरेका थिए ।
उक्त प्रस्तावलाई मन्त्रालयले एकै पटकमा स्वकृती गरेको देखिन्छ । त्यसपछि प्रस्ताव तयार गर्ने परामर्शदातासँग परामर्श लिनेगरी अस्पताल प्रशासनले यसै आर्थिक वर्षमा सि।टी स्क्यान मेसिन खरीद प्रक्रिया अगाडी बढायो । सुरुमा प्रस्ताव तयार गर्ने परामर्शदाता सँग सम्झौता गरी स्पेशिफिकेशन तयार गर्यो । मन्त्रालयमा पेश गरेको स्पेशिफिकेशनलाई आधार बनाएर उक्त अस्पताल प्रशासनले खरिद प्रक्रिया अगाडी बढाएको हो । परामर्शदाताले स्पेशिफिकेशन कम्तीमा ४ वटा भन्दा धेरै ठूला विश्वसनिय कम्पनिहरुले प्राविधिक स्पेशिफिकेशन तुलनात्मक चार्ट समेत अस्पताल प्रशासनले पेश गरेको देखिन्छ । प्रशासनमा पेश गर्नेमा हितची, तोसिवा, सिमेन्स, जि.ई. जस्ता कम्पनिहरु रहेको थिए । सोही अनुरुप अस्पताल प्रशासनले खरिद प्रक्रिया अगाडी बढाई सार्वजनिक खरिद अनुगमनको वेबसाईटमा खरिदको सूचना समेत प्रकाशन गरेको थियो ।
………………………..
प्रि–बिड बैठक बाटै मिलोमतो सुरु
अस्पताल प्रशासनले २०७६र१२र०३ गते प्रि–बिड बैठक राखेको थियो । उक्त बैठकमा ३ बिडरहरु उपस्थिति थियो । जहाँ सामान्य संशोधनभन्दा बाहेक अन्य कुनै संशोधनको माग गरिएनन् । तर, अस्पताल प्रसासनले चलखेल सुरु गरी प्रस्ताव तयार गर्ने परामर्शदाता सँगको औपचारीक रुपमा सम्बन्धसमेत तोडेको स्रोतको दाबी छ । यसबारे परामर्शदाता कम्पनि भने बजेट निकासा भएदेखि नै आफूहरुले अस्पतालसँग सम्झौता गरेर काम गरिरहेको बताएका छन् । प्रि–बैठकबाट नै आफूहरुसँग सल्लाह लिन छोडेको, आर्थिक वर्षभरिको खरिद प्रक्रियाको सम्झौता गरेको र पूरा काम नगराएको बारेमा आफूले पनि नबुझेको बताएका छन् ।
………………
यसरी चल्यो खरिद प्रकरणमा आर्थिक चलखेल
अस्पताल प्रशासनले एउटा सप्लायर्सलाईमात्र मिल्नेगरी स्पेशिफिकेशन संशोधन गर्न भनेपछि परामर्शदाताले मानेनन् । ‘फिलिप्स’ कम्पनिसँग मात्र मिल्नेगरी संशोधन गनै भनिएपछि परामर्शदाता नै फेर्नेगरि योजना बुनिएको अस्पताल निकट स्रोतले समाचार दैनिकसँग दाबी गरेका छन् । सो योजना अन्र्तगत प्रि–बिडको बहना बनाई फिलिप्स नेपालका प्रतिनिधि, धनगढी स्थित अमित मेडीसिनका प्रतिनिधि, स्वास्थ्य सेवा विभागबाट सुदुरपश्चिम प्रदेशमा उपकरणको मर्मतलागि खटाईएका ई. हरेन्द्र चटौत एउटै गाडीमा डडेल्धुरा अस्पतालसम्म पुगेको स्रोतको दाबी छ । फिलिप्स नेपालका प्रतिनिधि, धनगढीस्थित अमित मेडीसिनका प्रतिनिधि, ई. हरेन्द्र चटौत र अस्पतालका नि मेसु जगदीश विस्ट समेत आन्तरिक बैठक बसेर उक्त योजना बनाएको हो ।
त्यसपछि उक्त खरीद प्रक्रियामा सहभागी हुने हस्पिटेक ईन्टरप्राईजेजले माग गरेको संसोधन गरी ‘फिलिप्स’कम्पनि सँगै मिल्ने गरी बनाएको र पूर्ण शुल्कमा टेण्डर बिड गरी लाखौँको चलखेल गर्ने योजना बनाएको बुझिन्छ । त्यसका लागि बाह्य परामर्श दाता कम्पनिले तयार गरेको स्पेशिफिकेशन २ बटा बुदाँ संसोधन गरीएको छ । सिटी स्क्यान मेसिनको भोल्टेज सेलेक्सनमा ७०–१४० के भि बनाईएको छ, पहिले ८०–१४० के भि राखिएको थियो । ७०–१४० बनाउँदा फिलिप्स भन्ने कम्पनि मात्र मिल्छ र यसको लागि USFDA pediatric protocol
अिनुसार भनि ई.चटौतले संसोधन रिर्पोट बनाएको स्रोतले बतायो ।
यस बारेमा सप्लायर्ससँग बुझ्दा USFDA म्ब्सर्टिफिकेट नै स्पेशिफिकेशनमा माग नै नगरीएकोमा यो तर्क गलत भएको एक बायोमेडीकल विज्ञले हामीलाई बताए । pediatric protocol को लागि ७० के भि बनाउनुको तुक छैन् । ८० के भि मा पनि pediatric protocol हुने हुदाँ संसोधनको बहाना मात्रै खोजेको प्रस्ट हुन्छ । त्यसैगरी बाह्य परार्शदाता कम्पनिले बनाएको स्पेशिफिकेशनले चाईनिज कम्पनि आउने र संसोधन गरेको अस्पतालले जवाफ दिने गरेको छ । यो बारेमा उक्त टेण्डरमा सहभागी भएको एक बिडरसँग हामीले सम्पर्क गर्यौं । उनले तोसिवा कम्पनि बाहेक सबै कम्पनिका मेसिनहरु चीन मै उत्पादन हुने बताए । अहिले आशय पत्र निकालेको फिलिप्स को मोडेल पनि चीनमा बन्ने र टेण्डर हाल्दाcountry of origen china नै लेख्ने गरेको छ । तसर्थ विविध बहानामा चरम भ्रष्ट्राचार गर्ने अस्पताल प्रशासनको नियति प्रस्ट हुन्छ । सप्लायर्सका अनुसार यो बुँदाहरु संसोधन गर्दा ‘फिलिप्स’ बाहेक अरु कम्पसिन सँग मिल्दैन । यो संसोधनमा बायोमेडीकल ईञ्जिनियर हरेन्द्र चटौत ले सिफारीस गरेको पाइएको छ ।
…………………………………
मुल्यांकन प्रक्रिया : खरिद प्रक्रियामा ६ सप्लायर्स सहभागी
डडेल्धुरा अस्पतालको सि।टी स्क्यान खरिदमा ‘फिलिप्स’सँग मात्रै स्पेशिफिकेशन संसोधन गरेपनि ६ सप्लायर्सले भाग लिएका थिए । जसमा सहभागीमध्ये कम लागतमा मुल्यमा टेण्डर हालेका ३ सप्लायर्सलाई प्राविधिक त्रुटी देखाँउदै र बाँकी ३ तिन सप्लायर्स लाई प्राबिधिक रुपमा पास गरेको स्रोतको दाबी छ । पुर्व निर्धारित योजना अनुसार नै युनाईटेड, मिनिफन्ड र फिलिप्सलाई प्राविधिक रुपमा ई. हरेन्द्र चटौतले पास गरे ।
…………..
सबैभन्दा रोचक पक्ष
६ वटा बिडर सहभागी भएकामध्ये ३ वटालाई हटाइयो । ३ बिडर पनि (युनाईटेडर मिनिफन्ड) चाईनिज कम्पनि हुन् । यी कम्पनिहरुको नेपालमा कुनै पनि मेसिन खरीद भएको छैन । टेण्डरमा नेपालमा मेसिन पहिला नै खरीद हुनुपर्ने प्रावधान राखिएकाले सोहि कारण अनुभवलाई आधार मानि २ वटा चाईनिज कम्पनि प्राबिधिक रुपमा पास भए पनि अन्य कारणले फेल बनाईयो । सार्वजनिक खरिद ऐन नियम अनुसार कुनैपनि कम्पनिलाई प्रतिस्पर्धामा रोक लगाउन पाईंदैन ।
चाईनिज कम्पनि प्रतिस्पर्धामा आउँछन् भनेर गरिएको संसोधनमा ई. चटौत र अस्पताल नि. प्रमुख जगदीश बिस्ट सोझै दोषि देखिएका छन् । अन्तिममा, ६ सप्लायर्स बाट १ वटा सप्लार्य मात्रै पास भएको देखाएर पुर्व निर्धारीत योजना अनुसार आशय पत्र सार्वजनिक गरिएको हो ।
उक्त सप्लायर्सलाई नै खरिदको जिम्मा दिन अस्पताल प्रशासन अन्य सप्लायर्सका प्रतिनिधिको मिलोमतोमा स्पेशिफिकेशन संसोधन गरीएको थियो । यदी पहिले तयार गरेको स्पेशिफिकेशन (जुन बजेट निकासा गर्ने बेलामा मन्त्रालयमा पेश भएको थियो) लाई आधार बनाउने हो भने हाल बिड गर्ने ६ वटा सप्लायर्स मध्ये ५ वटा पुर्ण रुपमा प्राविधिक पास हुन्थ्यो र एउटा आंशिक रुपमा पास हुन्थ्यो । संसोधन गरिएको स्पेशिफिकेशन अनुसार खरिद गर्दा राज्यकोषको ७० लाख देखि १ करोड रुपैँया हिनामिना हुने देखिन्छ । त्यसो नगरी फिलिप्सको acess CT 16 model भिन्नेबारे यसअघि नै समाचार प्रकाशन गरेको थियो ।
………………………..
मिलोमतोको कनेक्सन
यस खरिद प्रक्रियामा हस्पिटेक ईन्टरप्राईजेजका संचालकहरु, धनगढीको अमित मेडीसिनका संचालक दुष्यान्त बस्नेत, मुरलिधर जोशी र नेपाल सरकारबाट उपकरण मर्मत कार्यमा खटाईएका ई हरेन्द्र चटौत, अस्पतालका नि मे सु जगदीस बिस्ट सहित लेखा प्रमुखको समेत संलग्नता रहेको बुझिएको छ । यो खरीद प्रक्रियामा सहभागी भएका अन्य सप्लायर्सले सार्वजनिक खरिद ऐन नै मिचेर प्रक्रिया अगाडी बढेकाले कानुनी उपचारमा जाने एक प्रतिनिधिले समाचार दैनिकलाई बताए । टेण्डर प्रक्रियामा बिडरहरुको मूल्यको मुल्यांकन गर्दा न्युनतम मुल्य राखेको सप्लायर्स र आशयपत्र सार्वजनिक भएको सप्लायर्स बिचको मुल्य ८० लाख देखि ९७ लाखको फरक छ ।
…………………
खरिदमा संलग्नलाई कसले कारबाहि गर्ने ?
विश्वसहित नेपाल पनि कोरोना संक्रमणको चपेटामा छ । सुदूरपश्चिममा केन्द्रीय सरकार मातहत रहेको एकमात्र अस्पतालमा भएको यो अनियमिततामा कसैको पनि चासो देखिएको छैन् । झण्डै सात करोड अन्य प्रयोगशालाका उपकरण, ल्याप्रोस्कोप, एनेस्थेसिया र भेन्टिलेटर खरिदमा समेत मिलोमतो देखिन्छ ।
……………….
केही अनुत्तरित प्रश्नहरु:
१– यो आर्थिक बर्ष सम्म काम गर्ने गरि सम्झौता भएको परामर्श दातासग सम्झौता कायम हुँदै ई हरेन्द्र चटौतलाई किन ल्याइयो ? जहाँ पहिलो परामर्शदाता नेपालकै सबैभन्दा ठूलो र अनुभवी परामर्शदाता हुँदा हुँदै भर्खरै मात्र इन्जिनियरिङ पास भएको मर्मत सम्बन्धी काम गर्ने इन्जिनियरलाई किन काममा लगाइयो ?
२– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बजेट निकसा गर्दा पेस गरेको स्पेसिफिकेसन जुन नेपालमा रहेका सबै कम्पनीले प्रतिस्पर्धी हुने खालको थियो प्रि बिड पछि किन सम्सोधन गरियो र एकमात्र कम्पनीलाई मिल्ने गरि किन बनाइयो ?
३– प्रि बिडमा एउटै प्राइभेट गाडीमा हस्पिटेक्क प्रतिनिधि, अमित मेडिसिनका प्रतिनिधि र ई हरेन्द्र चटौत किन डडेलधुरा गए रु त्यस समय सम्म बाह्य परामर्शदाता कम्पनीले काम गरेकै समय थियो र तत्कालीन अवस्थामा खरिद प्रक्रियासग असम्बन्धित अमित मेडिसिनका सचालक र ई चटौतको कुनै सम्लग्नता किन भयो ?
४– मन्त्रालयमा पेश भएको स्पेसिफिकेसनका बिपरित अस्पताल प्रसासन र ई चटौतले किन नेपालमा भएको एकमात्र कम्पनीलाई मिल्ने गरि संसोधन गरे ?
५– अस्पताल प्रसासनले चाइनिज कम्पनी पनि प्रतिस्पर्धामा आउछन भनी सम्सोधन गरेको हो भनेर प्रती उत्तर दिने गर्छ तर प्राबिधिक रुपमा २ वटा चाइनिज कम्पनी कसरी पास भए ?
६– हाल आसयपत्र जारी गरिएको फिलिप्सको acess CT 16 model मोडेलको country of origen china चाइना नभएर कहाँ हो ?
७–हामिले खोजमुलक तरिकाबाट समाचार सम्प्रेषण गरि डेढ महिना पहिलानै फिलिप्सको acess CT 16 model ल्याउने गरि योजना बनेको भनिरहदा सरोकार वालाहरु किन अहिले सम्म मौन छन ?
८– पहिलो र अन्तिमको बिडर को मुल्य फरक १ करोड ५० लाख र फिलिप्स र lowest बिडर नियोसफ्टको बिचमा १ करोड फरक छ । मन्त्रालयमा पेस गरेको स्पेसिफिकेसन वा पहिलो परामर्शदाताले बनाएको स्पेसिफिकेसन आधारमा मुल्यांकन गर्दा १ करोड कम मुल्यमा सिटि मेसिन आउथ्यो र जुन आए पनि चाइना ओरिजिन भएकै आउने हुदा हुँदै किन हरेक कुरा सम्सोधन गरि खरिद प्रक्रिया बिपरित अस्पताल प्रमुख डा बिस्ट र ई चटौत गए रु र नगरपालिका, साम्सद र नयाँ अस्पताल ब्यवस्थापन समितिले के गर्छन रु सायद समयले यी प्रश्न को जवाफ मागेको छ । सेतो कोट भित्र हुने अनिमियता र भ्रष्टाचार अन्त्य कहिले हुन्छ ।
(यो समाचार सामचार दैनिकमा पदम राज भट्ट ले लेखेका छन् ।)