बुटवल । कपिलवस्तु जिल्लाका थप ५ जना कोरोना भाइरस जितेर घर फर्किएका छन्। मबार बिहान कपिलवस्तु नगरपालिकाका ४ जना र विजयनगर गाउँपालिकाका १ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका हुन्।
उनीहरू रुपन्देहीको भैरहवास्थित भीम अस्पतालमा उपचाररत् थिए । आइतबार पनि कपिलवस्तुका तीन जनाले कोरोना जितेर बुटवल स्थित कोरोना आइसोलेसन अस्पतालबाट घर फर्किएका थिए।
यससँगै कपिलवस्तुमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २३ पुगेको छ। कुल २ सय ७० संक्रमित रहेको कपिलवस्तुमा अब २ सय ४७ जना विभिन्न आइसोलेसन अस्पतालमा रहेको बताइएकाे छ ।