धनगढी, २ बैशाख
सुदूरपश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्ट र धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वड बिच कोरोना भाइरस (कोभिड १९) रोकथाम र उपचार बारेमा छलफल भएको छ ।
मंगलबार मुख्यमन्त्री कार्यालयमा छलफल भएको हो । कोरोना भाइरस (कोभिड १९) रोकथाम भैरहेका कामको समिक्षा गर्नुका साथै देखिएको चुनौती ब्यबस्थापनका बारेमा छलफल भएको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले बताए । उनले भने, समन्वय,सहकार्य बिना यो चुनौती संग लड्न सकिदैन ।
नगरप्रमुख वडले श्रोत साधनले भ्याएसम्म पूर्व तयारी, उपचार र रोकथाममा लागि आफुहरुले काम गरिरहेको बताए । उनले भने, लकडाउनको मात्रै पूर्ण पालना गरिदिएमा संक्रमणबाट बच्न सकिन्छ । उनले प्रदेश सरकार संग समन्वय गरेर काम गरिरहेको बताए ।
मुख्यमन्त्री भट्ट र नगरप्रमुख वड बिच कोभिड रोकथामका लागि भैरहेका कामको समिक्षा
मुख्यमन्त्री भट्ट र नगरप्रमुख वड बिच कोभिड रोकथामका लागि भैरहेका कामको समिक्षा