धनगढी ३० चैत- नेविसंघले धनगढीमा डेरागरी बस्ने बिद्यार्थीहरुलाई खाद्य सामग्री सहयोग गरेको छ । लकडाउनका कारण दैनिक उपभोग्य खाद्यान्नको समस्यामा परेका बिद्यार्थीहरुलाई कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत ३ सय ३५ जना बिद्यार्थीहरुलाई खाद्यान्न सहयोग गरेको हो ।
सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट पढाईको सिलसिलामा धनगढी डेरा गरी बसेका बिद्यार्थीलाई अहिले निकै समस्यामा परेकोले खाद्य सामग्री संकलन गरी बितण अभियान संचालन गरेको नेविसंघका युवा नेता मनिष कुँवरले जानकारी दिए ।
बिद्यार्थीहरुको हकहितका लागी नेवि संघ अघि बढिरहेकाले विपतको समयमा सहयोग गर्नु सकारात्मक भएकाले नेपाल विद्यार्थी संघ क्षेत्र नम्वर ५ कैलालीका सचिव देवेन्द्र जोशीले जानकारी दिए । नेविसंघले आर्थिक स्थिति कमजोर भएका बिद्यार्थीहरुलाई प्रति विद्यार्थी १० किलो चामल, दुई किलो दाल र .एक पोका तेल राहत बितरण गरिरहेको छ । नेविसंघका अनुसार यो अभियान जारी राखिने बताएको छ । समस्यामा रहेका विद्यार्थीलाई नेविसंघ संग सम्पर्क गर्नहुन अनुरोध गरेको छ ।
नेवि संघले मनिस कुँवर, विनय चोखाल, रोशन उपाध्याय, निराजन खड्का विपिन कटवाल र नेवि संंघको सम्पर्कमा आएका विद्यार्थीहरूलाई खाद्यान्न वितरण जनाएको छ ।

