मनोज भट्ट
२०७६ जनवादी गणतन्त्र चीनका कुल ३४ प्रान्त मध्ये हुवेई एउटा प्रान्त, जुन प्रान्तको राजधानी ९सदरमुकाम ० वुहान हो । वुहानमा स्न २०१९ को डिसेम्वर अन्ततिर कोरना भाइरसका सङक्रमित बिरामी देखा परेका थिए । जुन भाइरसले यतिबेला विश्वव्यापी महामारीको रुप लिएको छ । वुहानबाट उत्पत्ति भएको कोरोना भाइरस ९कोभिड–१९०माथि एक हदसम्म चीनले नियन्त्रणमा लिन सफल भईसकेको छ ।
यद्यपी यो भाइरसबाट फैलिने रोगमाथि विजय प्राप्त गर्न सकेको छैन । यो महामारीमाथि नियन्त्रण कायम गर्ने दौरानमा चीनले महत्वपूर्ण अनुभव सङगालेको छ । त्यो अनुभव कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि विश्वको मानव जातिलाई महत्वपूर्ण पुँजी सावित भएको छ । चीनले सङ्गालेको अनुभवलाई व्यवहारमा कार्यान्वयन गरेको हुनाले दक्षिण कोरिया र सिङगापुरले छोटो अवधिमा कम क्षती व्यहोरेर यो महामारीमाथि नियन्त्रण कायम गर्न सफल भएका छन् । तर, अमेरीकाले चीनको अनुभव र विश्व स्वास्थ्य सङ्गठनले दिएको सुझाव, चेतावनी र बारम्बार सर्तक गराउँदा पनि उपेक्षा गरेको हुनाले त्यहाँ महामारीले भयावह रुप लिएको छ । अमेरिकामा फैलिरहेको महामारी र त्यसले पुर्याएको क्षतिबाट अमेरिकन प्रशासन असन्तुलित भईरहेको छ ।
त्यसको परिणाम अमेरिकाले विश्व स्वास्थ्य सङ्गठन र चीनलाई विभिन्न प्रकारका आक्षेप लगाउने गरेको छ । विश्व स्वास्थ्य सङ्गठनलाई चीनतर्फ ढल्केको आरोप लगाएको छ । अहिले हेर्ने हो भने अमेरिका र विश्व स्वास्थ्य सङ्गठनबीच एक प्रकारको ‘शीत युद्ध’को अवस्था जस्तो छ । चीनले कोभिड–१९को संक्रमण वुहानमा देखा परेपछि त्यसलाई नियन्त्रण गर्न सम्पूर्ण शक्ति त्यहीँ केन्द्रित गरेको थियो । हामीले यो शैलीबाट सिक्दा सबै भन्दा सहज हुने देखिन्छ । यसको एउटै मुख्य कारण हो, हाम्रो नेपाल जस्तो स्वास्थ्य सामाग्री, जनशक्ति, भौतिक पूर्वाधार अभाव र कमजोर भएको मुलुकमा यो पद्धति उपयोगी हुन सक्दछ । चीनले महामारीलाई नियन्त्रण गर्न देखाएको तत्परता तथा त्यस दौरान सङ्गालेको अनुभवको विश्व स्वास्थ्य सङगठनले मुक्तकण्ठले प्रसंशा गरिरहेको छ ।
यही अप्रिल ५ तारिखका दिन कोरोना भाइरससम्बन्धी रिर्पोट सार्वजनिक गर्ने क्रममा विश्व स्वास्थ्य सङ्गठनले भनेको छ– ‘चीन यो महामारीलाई नियन्त्रण गर्ने अवधिबाट शिथील स्थितीको अवधिमा प्रवेश गरिसकेको छ । महामारीको रोकथाम र नियन्त्रणको क्षेत्रमा चीनले महत्वपूर्ण अनुभव सङ्गालेको छ ।’ महामारी नियन्त्रणपछि ७६ दिन लामो लकडाउनबाट चीन सामान्य अवस्थामा फर्किएको छ । चीनले महामारीसँग जुध्ने क्रममा अपनाएका तीनवटा उपाय लकडाउनलाई कडाई गर्नु, व्यापक नमुना परिक्षण, कन्ट्याक्ट ट्रेसिङ तथा उपचारलाई सँगसँगै एकीकृत ढंगबाट अगाडी बढाएको थियो । जसको परिणाम चिनियाँ सरकारले अप्रिल महिनासम्म स्थितीलाई नियन्त्रणमा लिइसक्ने पूर्वघोषित प्रतिबद्धतालाई पुरा गरेको छ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि यि तीनवटै उपाय महत्वपूर्ण रहेका सावित भएका छन् ।
– सुदुरपश्मिमा सरकारी र निजी गरी जम्मा २५ बेड आईसीयु, १० बेड भेन्टीलेटर उपलब्ध छ ।
– चीनको वुहानमा देशभरिबाट ४० हजार डाक्टर झिकाएर वुहानमा केन्द्रित गरियो ।
– वुहानमा जस्तै विज्ञ चिकित्सक, औषधी, पूर्वाधारहरु सुदुरपश्चिम केन्द्रित गरौं ।
महामारीको दौरानमा चीनले संक्रमित क्षेत्रमा अपनाएको केन्द्रीयकरण नीतिका सम्बन्धमा यहाँ चर्चा गर्न चाहेको छु । चीनले कोभिड–१९को संक्रमण वुहानमा देखा परेपछि त्यसलाई नियन्त्रण गर्न सम्पूर्ण शक्ति त्यहीँ केन्द्रित गरेको थियो । हामीले यो शैलीबाट सिक्दा सबै भन्दा सहज हुने देखिन्छ । यसको एउटै मुख्य कारण हो, हाम्रो नेपाल जस्तो स्वास्थ्य सामाग्री, जनशक्ति, भौतिक पूर्वाधार अभाव र कमजोर भएको मुलुकमा यो पद्धति उपयोगी हुन सक्दछ । नेपालमा कोभिड–१९ दोस्रो चरणमा प्रवेश गरी सकेको छ । नेपालमा सङक्रमितमध्ये बढी सुदुरपश्चिममा देखिएका छन् । सङक्रमित व्यक्तिबाट उसका आफ्न्तमा समेत यो रोग देखा परेको छ । जसलाई दोस्रो चरण भनिन्छ । कैलाली, कञ्चनपूर, डोटी, अछाम, जुम्ला र बागलुङ जिल्लालाई सरकारले कोभिड–१९को उच्च जोखिममा रहेका जिल्ला भनेर पहिचान गरेको छ । योसँग जोडिएको अर्को महत्वपूर्ण तथा गम्भीर पक्ष भनेको सुदुरपश्चिममा लकडाउनको अवधिमा झण्डै एकलाख पचास हजार नेपाली भारतबाट घर फर्किएका छन् । सीमा नाकामा अलपत्र परेर भारतले उपलब्ध गराएको आश्रयस्थलमा बसेका नेपालीहरुको रोगको सङक्रमणको अवस्थालाई झन् बढाई दिएको छ । त्यहाँ भएका नेपालीहरुलाई नेपालमा ल्याएर स्वास्थ्य परिक्षणमा ध्यान दिनुपर्ने आवस्यकता छ ।
लकडाउनका बावजुद भारतबाट अबैधरुपमा नेपाल आउने क्रम पनि उत्तिकै छ । नेपालमा चिकित्सकको संख्या २२र२३ हजारको आसपास मात्रै हुन आउँछ । नेपालमा जम्मा २२ वटा केन्द्रीय तथा ७५ वटा जिल्ला अस्पताल, ७ सय ११ वटा स्वास्थ्य चौकी, ३१ सय ७६ वटा उप–स्वास्थ्य चौकी छन् । हाम्रो स्वास्थ्य सम्बन्धी भौतिक पूर्वाधारको अवस्था यही हो । सीमा जोडिएका भारतको उत्तरप्रदेशसँग १५ वटा जिल्ला कोरोना भाइरसको उच्च जोखिममा देखिएको छ । भारतमा लकडाउनको अवधि बढाईनु पर्दछ भनि उत्तरप्रदेशको मुख्य मन्त्रीले माग गरेका छन् । यद्यपी भारतका विभिन्न ठाउँमा कोरोना भाइरसको प्रकोप तीब्र रुपमा बढी रहेको छ । सङक्रमित रोगी र त्यसबाट मृत्यु हुनेको संख्यामा बृद्धि भैरहेको छ । भारत कोरोना भाइरस रोगको सङक्रमणको तेस्रो चरणमा प्रवेश गरिसकेको छ । नेपाल–भारतबीच खुला सीमाना, लाखौं नेपालीहरु कार्यरत छन् भारतमा । र सुदुरपश्चिमका जनता बढि त्यहाँ मजदुरीमा जान्छन ।
जसको कारण पनि सुदुरपश्चिम क्षेत्रमा निकै गम्भीर अवस्था उत्पन्न हुने खतरा रहेको छ । भारतबाट आएका झण्डै डेढ लाख नेपालीमध्येको ठूलो संख्या स्वास्थ्य परिक्षणको लागि सम्पर्कमा नआएको स्थिति छ । सुदुरपश्चिममा १२ हजार ४ सय १२ कोरेन्टाईन बेडको व्यवस्था गरेको तथ्याङ्कमा देखिन्छ । अहिलेसम्म कोरेन्टाइनमा बस्नेको सङख्या झण्डै २३ सयमात्र देखिन्छ । सरकारी तथ्याङ्कलाई ध्यान दिंदा सुदुरपश्चिम प्रदेशमा कोरोना भाइरसको सङक्रमणले विस्फोटक अवस्था ल्याउने खतराको संकेत गरिरहेको छ । एकातर्फ विभिन्न कारणले कोरोना भाइरसले विस्फोटकरुप लिने खतरा, अर्कोतर्फ स्वास्थ्य जनशक्ति , स्वास्थ्य समाग्रीको अभाव र भौतिकपूर्वाधारको कमजोर अवस्था रहेको छ । यो स्थितीमा सुदुरपश्चिम उच्च जोखिममा रहेको जोसुकैले अनुमान लगाउन सक्दछ । सन् २०१६ को सरकारी तथ्याङ्क अनुसार नेपालमा डाक्टरहरुको संख्या १६ हजार ४ सय ३२ मात्र रहेको थियो ।
यो संख्यालाई आधार बनाउँदा एक डक्टरको अनुपातमा १७ सय ३४ जनता पर्दछन । नेपालमा प्रति वर्ष २ हजारको संख्यामा डाक्टरहरु उत्पादन हुने गरेको तथ्याङ्क देखिन्छ । त्यस अनुसार पनि सन् २०२० को सुरुवाती अवस्थामा आईपुग्दा ३ वर्षको अवधिमा लगभग ६ हजार डाक्टरको संख्या थपिएको अनुमान गर्नुपर्ने हुन्छ । यसरी नेपालमा चिकित्सकको संख्या २२र२३ हजारको आसपास मात्रै हुन आउँछ । नेपालमा जम्मा २२ वटा केन्द्रीय तथा ७५ वटा जिल्ला अस्पताल, ७ सय ११ वटा स्वास्थ्य चौकी, ३१ सय ७६ वटा उप–स्वास्थ्य चौकी छन् । हाम्रो स्वास्थ्य सम्बन्धी भौतिक पूर्वाधारको अवस्था यही हो । निजी स्वास्थ्य संस्था तथा शिक्षण अस्पतालहरुलाई यो तथ्याङ्कमा समावेश गरिएको छैन । जसरी चीनले आफ्नो सम्पूर्ण शक्ति वुहानमा केन्द्रित गरेर कोरना भाइरसको महामारीलाई नियन्त्रणमा लिएको थियो । ठीक त्यसै प्रकारले हामीले पनि सुदुरपश्चिममा देशका अन्य ठाउँको स्वास्थ्य जनशक्ति, स्रोत समाग्रीलाई केही बढी मात्रामा केन्द्रित गरी परिचालन गर्नु पर्ने आवश्यकता देखिएको छ । वुहानकै अवस्थामा सुदुरपश्चिम नपुगे पनि दक्षजनशक्ति, विषेशज्ञ डाक्टर र आवयश्क साधन स्रोत बाहिरबाट ल्याएर युद्धस्तरमा संक्रमण नियन्त्रणमा लाग्नुकोे विकल्प छैन । समग्र मुलुक स्वास्थ्य अवस्था त यस्तो छ भने झन् सुदुरपश्चिमको स्वास्थ्य जनशक्ति तथा भौतिक पूर्वाधारको अवस्था कस्तो होला रु सहज अनुमान गर्न सकिन्छ । केही दिनयता राष्ट्रिय तथा स्थानीय सञ्चार माध्यमले यो विषयलाइ निकै जोड्तोड्का साथ उठाई रहेका छन् । सुदुरपश्मिमा सरकारी र निजी गरी जम्मा २५ बेड आईसीयु र १० बेडमा भेन्टीलेटर उपलब्ध छ ।
यो अत्यन्तै कमजोर भौतिक पूर्वाधारको अवस्था हो । अहिलेसम्म नेपालमा कोरना भाइरसको सङक्रमणको अवस्थालाई हेर्दा राजधानी सुरक्षित नै रहेको देखिन्छ । मुख्यतया सुदुरपश्चिम नै बढी संबेदनशील अवस्थामा प्रवेश गरेको छ । यस्तो गम्भीर स्थितिमा वुहानको अनुभव नेपालका लागि उपयोगी तथा महत्वपूर्ण हुन सक्दछ । पहिलो पटक वुहानमा २३ जनवरी तद्नुरुप ९ माघका दिन लकडाउनको घोषणा भएको थियो । माघ १४ गते मध्यरातसम्म चीनका २९ वटा प्रान्तबाट ६ हजार डाक्टरहरुलाई वुहानमा केन्द्रित गरियो । यो सङख्या अपुग भएपछि देशभरिबाट ४० हजार डाक्टर झिकाएर वुहानमा केन्द्रित गरियो । वुहानको र बाहिरबाट ल्याएको जनशक्तिलाई परिचालन गरेर १० दिनभित्र १ हजार बेड क्षमता भएको होसनसान नामको अस्थायी अस्पताल तथा १३ सय सैयाको लेईसनसान नाम गरेको अस्थायी अस्पताल १३ दिनमा निर्माण गरियो । चीनको यी अनुभवहरुलाई हेर्ने हो भने चीनले आफ्नो शक्ति, साधन स्रोत परिचालन गरेर वुहानमा देखा परेको कोरना भाइरसको महामारीलाई ठाउँको ठाउँ निमीट्यान्न पार्ने काम गर्यो ।
जसको परिणाम वुहानबाट बाहिर कोरना भाइरसको महामारी फैलिन पाएन र चाँडै नियन्त्रणमा आयो । सुदुरपश्चिम सङक्रमणको फैलावटको सम्भावना विद्यमान छ । अर्कोतर्फ स्वास्थ्य समाग्री र जनशक्तिको अभाव, भौतिक पूर्वाधारको कमजोर अवस्था रहेको छ । यदि यो सवालमा समयमा नै ध्यान नपुर्याउने हो भने नेपालमा सङक्रमणको केन्द्र सुदुपश्चिम हुनेछ । जसले देशभरी नैै फैलिएर महामारीको रुप लिन सक्दछ । जसरी चीनले आफ्नो सम्पूर्ण शक्ति वुहानमा केन्द्रित गरेर कोरना भाइरसको महामारीलाई नियन्त्रणमा लिएको थियो । ठीक त्यसै प्रकारले हामीले पनि सुदुरपश्चिममा देशका अन्य ठाउँको स्वास्थ्य जनशक्ति, स्रोत समाग्रीलाई केही बढी मात्रामा केन्द्रित गरी परिचालन गर्नु पर्ने आवश्यकता देखिएको छ । वुहानकै अवस्थामा सुदुरपश्चिम नपुगे पनि दक्षजनशक्ति, विषेशज्ञ डाक्टर र आवयश्क साधन स्रोत बाहिरबाट ल्याएर युद्धस्तरमा संक्रमण नियन्त्रणमा लाग्नुकोे विकल्प छैन ।
चैत्र १५ गते देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले भन्नु भएको छ– ‘आउँदो थप दुई साता हाम्रा लागि चुनौतीपूर्ण हुने ।’ त्यो अवस्थामा सामाजिक दुरी कायम गर्नुलाई महत्वपूर्ण उपायकारुपमा सुझाएका छन् । त्यसका लागि लकडाउनलाई प्रभावकारीरुपमा कार्यान्वयन गरौं । स्वास्थ्य परिक्षण तथा कन्ट्याकट ट्रेसिङलाई ब्यापक पारौं । नेपालको अन्यत्र भएको स्वास्थ्य जनशक्तिलाई सुदुरपश्चिममा तत्काल केही मात्रामा भए पनि केन्द्रित गरौं ।
(लेखक भट्ट राष्ट्रिय जनमोर्चाका केन्द्रीय नेता हुन ।)