धनगढी, २८ चेत- सुदुरपश्चिम प्रदेशका बिभिन्न जिल्लाबाट अध्ययनको शिलशिलामा धनगढी डेरा गरि बसेका बिद्याथीहरुलाई खाद्यान्न समस्या भए सम्पर्कमा आउन नेबि संघले आग्रह गरेको छ ।
बिशेष गरि कैलाली बहुमुखी क्याम्पसमा अध्यनरत गरिरहेका बिद्यार्थीहरुलाई लकडाउनका कारण जिल्लाबाट आयर धनगढीमा डेरा गरि बस्दै आएकाहरुलाई समस्या परे खाद्यन्न सहयोग गर्ने जनाएको छ ।
बिश्वभर फैलिएको कोरोना भाइरसलाई रोकथाम गर्नका लागी देश नै लकडाउमा रहेका बेला आर्थिक स्थिति कम्जोर भएका बिद्यार्थीहरुलाई कुनै पनि समस्या नहोस् भन्दै सो अभियान चलाईरहेको बताइको छ ।
बिद्यार्थीहरुको हकहितका लागी आफुहरु अघि बढीरहेकाले विपतको समयमा सहयोग गर्नु सकारात्मक भएकाले सो अभियान सञ्चालन गरेको बताएको छ । आर्थिक स्थिति कम्जोर भएका बिद्यार्थीहरुले ९८४८४६९५६३,९८५८४२११८० ,९८५१२४२६६६ अथवा विनय चोखाल, मनिस कुँवर र रोशन उपाध्ययलाई सम्पर्क गरिदिन आग्रह गरेका छन् । यसैगरी धनगढी भित्र डेरा गरी बस्ने श्रमिक र विद्यार्थीलाई नेविसंघ क्षेत्र नं।५ ले पनि खाद्यान्न सामाग्री सहयोग अभियान सुरु गरेको छ ।
विभिन्न संचारमाध्यम र सामाजिक सञ्जालमा प्रशारण भएका विद्यार्थी र मजदुरका समस्या बारे जानकारी प्राप्त भएपछी उनीहरुको सहयोगका लागी अभियान थालिएको क्षेत्रिय सभापति गजेन्द्र विक्रम शाहीले बताए । सहयोगको आवश्यक रहेका र अफ्ठ्यारोमा रहेका धनगढीका सबै कलेजका बिद्यार्थीहरुले क्षेत्रिय सचिव देवेन्द्र जोशी को फोन नं ९८४८४०५५४८ मा सम्पर्क गर्न पनि उहाँले आग्रह गरे ।