धनगढी : जवरजस्ती करणी उद्योगका आरोपी, सत्तारुढ दल नेकपा सुदूरपश्चिमका सचेतक समेत रहेका प्रदेश सभा सदस्य अक्कल रावल ५ लाख धरौटीमा छुटेका छन्। जिल्ला अदालत कैलालीका सूचना अधिकारी नरबहादुर नेगीका अनुसार जिल्ला न्यायाधिस जयानन्द पनेरुको ईजलासले उनलाई ५ लाख धरौटीमा छोड्न आदेश भएकोमा रावल धरौटी बुझाएर छुटेका हुन्।
१७ दिन सम्म हिरासतमा राखेर जिल्ला प्रहरी कार्यालय कैलालीले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाएको थियो। रावलले गत माघ २१ गते धनगढी उप–महानगरपालिका वडा नम्वर ४ की एक विवाहित महिलाको कोठामा गएर जबरजस्ती बलात्कार प्रयास गरेको जाहेरी प्रहरीमा परेको थियो। फागुन १४ गते जाहेरी दिईएकोमा रावल २१ गते प्रहरी कार्यालयमा उपस्थित भएका थिए।