धनगढी , १० चैत
गैर कानुनी रुपमा मास्कको कारोवार गर्ने धनगढी अस्पताल लाईनका आर. बि. पुजा स्टोरका प्रोप्राईटर ललन गुप्ता कार्वाहीमा परेका छन् ।
उनले बिल बिनाका मास्कको कारोवार गरेको फेला पारेपछि सोमबार धनगढी उपमहानगरपालिका,वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र जिल्ला प्रशासन कार्यालयको संयुक्त अनुगमन टोलीले २० हजार जरीमाना गरेको हो ।
बिल विजक जारी नगरी मास्क बेचेको पाइएकाले उनलाई जरिवाना गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय कैलालीका निमित्त प्रमुख कमल बहादुर पुन मगरले बताए । उनले भने, ललनलाई उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ ( घ) को कसुरमा सोही ऐनको दफा ३९ को १ ( क) अनुसार कार्वाही गरिएको हो ।
गैर कानुनी रुपमा मास्कको कारोवार गर्ने ललनलाई कार्वाही
गैर कानुनी रुपमा मास्कको कारोवार गर्ने ललनलाई कार्वाही