धनगढी, ९ चैत- देशको सिमा रक्षाका लागि भारतीय एसएसबीको गोली लागेर निधन भएका सहिद गोविन्द गौतमकी आमाको निधन भएको छ ।
केही दिन अघि देखि बिरामी भएर नेपालगन्ज स्थित भेरी अञ्चल अस्पतालमा उपचारार्थ रहनुभएकी सहिद गौतमकी आमा हरिदेवी गौतमको मृत्यु भएको हो ।
बिहिवार अस्पतालबाट डिस्चार्ज भएर घर ल्याएकी सहिद गौतमकि आमा हरिदेवी गौतमको राति राती ८ बजे आफ्नै निवासमा मृत्यु भएको र आज बिहान १०बजे शव यात्रा निकालिने सिमा संघर्ष समिति पुनर्वासका संयोजक चन्द्रमणी गैरेले जानकारी दिए ।