धनगढी, ८ चैत- कैलालीका बिभिन्न स्थानमा गाँईगोरुलाई झापा लैजान लागेको ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । बिगतका केही दिनदेखी कञ्चनपुरको कृष्णपुर नगरपालिका र गोदाबरी नगरपालिकाका बिभिन्न क्षेत्रबाट गाईगोरु झापा लैजाने लागेको ट्रक स्थानीयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको हिन्दु धर्म बचाउ संर्घष समिति गुलरियाका प्रतिनिधी बिष्णुप्रशाद भट्टले जानकारी दिए ।
‘केही दिन देखी यस क्षेत्रबाट झापा लैजाने भन्दै एक समुह गाँईगोरु संकलन गरिएको छ’ भट्टले भने–‘शंकास्पद भएपछि प्रहरी समक्ष बुझाएको हौ ।’ प्रहरीले गोदाबरी–१० ओलानीबाट गोरु ढुवानी गरे जादै गरेको अबस्थामा प्रहरीले नियन्त्रमा लिएको ईलाका प्रहरी कार्यालय अत्तरियाका प्रमुख डिएसपी ज्ञानबहादुर बिष्टले जानकारी दिए ।
न५ख २९२४ नम्बरको ट्रक र सो ट्रकमा लोड भएका ११ गोरु नियन्त्रणमा लिएको डिएसपी बिष्टले सुदूरपत्रलाई जानकारी दिए । उक्त समुह संग शुभलक्ष्मी गाई फर्म झापा गाउपालिका ३ झापालाई गोरु निकासी पैठारीको अनुमति भएको पत्र समेत भेटिएको छ । ‘सोधपुछ भैरहेको छ’ डिएसपी बिष्टले भने–‘छानबिन पछि मात्रै सत्यतथ्य बुझिनेछ ।’ उक्त समुहले केही दिन देखी कृष्णपुर ४ मौवाफाटा र गोदाबरी–१० ओलानीबाट गाईगोरु संकलन गरिरहेको बुझिाएको छ ।
गोरु लैजान भनि अनुमति लिएर आएको झापा गाउपालिका ३ झापा अनुमती प्राप्त शुभलक्ष्मी गाई फर्मको संचालकमा सुन्दरलाल गणेश, देवी प्रशाद अधिकारी, अमृत बहादुर भुजेल, रंगलाल दहाल र हरिष प्रशासद दुलालका नाममा साझेदारी भनि फर्म नाममा रहेको पत्रमा उल्लेख छ । अहीले प्रहरीले ड्राईभर र ट्रक नियन्त्रणमा लिएर छानविन गरिरहेको छ । उक्त समुहका व्यक्त कुनै पनि सम्पर्कमा आएका छैनन् ।
