धनगढी, १२ फागुन
धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले नगरका जनप्रतिनिधी अतिथी हुने कार्यक्रममा खादा र ब्याच प्रयोग नगर्न आग्रह गरेका छन् ।
शोमबार धनगढी उप–महानगरपालिका १३ मा रहेको जनता राष्ट्रिय माध्यमिक विद्यालयको ५८ औं बार्षिकोत्सव कार्याक्रमको उद्घाटन गर्दै यसले कार्यक्रमलाई थप खर्चिलो र भड्कीलो जस्तो बनाउने गरेको बताए । ब्याच र खादा किन्ने पैशालाई बचाएर संस्था हित तथा उप–महानगरपालिका क्षेत्रमा रहेका असहाय र टुहुरालाई सहयोग गर्दा हुन्छ नगरप्रमुख वडले भने, यस कुरालाई गम्भीर रुपमा दिन म नगरबासी संग अनुरोध गर्दछु ।
सुरुमा कार्यक्रम आयोजकहरुलाई अनुरोध गर्दछौं नगर प्रमुख वडले भने, त्यती गर्दा खादा र ब्याचको प्रयोग गर्नेहरुको कार्यक्रममा सहभागि हुन असमर्थ जनाउने छु । नगरप्रमुख वडले ब्याच र खादाको सट्टामा फुल र हरियो पात हातमा थमाउन सकिने बताए । कार्यक्रमका लागि बाहिरबाट खर्च गरेर फुल नल्याउन नगरबासी संग आग्रह गर्दछु नगरप्रमुख वडले भने, सक्नुहुन्छ स्वदेशमै फुलाएको फुल प्रयोग गर्नुपर्छ छैन भने किन खर्च गर्ने ।
धनगढीमा आयोजना गरिने कार्यक्रममा मायाको चिनो वितरण गर्दा अनिवार्य रुपमा शिवपुरी धाम, बेहडाबाबा मन्दिर र जाखोरवावा तालको तस्वीर राख्न नगरप्रमुख वडले आग्रह गरे ।
त्यसैगरी नगरप्रमुख वडले धनगढी उप–महानगरपालिकाले शिक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए । शिक्षाको विकास बिना अन्य विकास पनि असम्भव हुन्छ नगरप्रमुख वडले भने, त्यसैले शिक्षा अवश्यक हो । नगरप्रमुख वडले जनता राष्ट्रिय माध्यमिक विद्यालयलाई आउने आर्थिक बर्षमा १ वटा भवनको लागि बजेट बिनियोजन गर्ने प्रतिवद्धता ब्यक्त गरे । कार्यक्रममा वडा नं १३ का अध्यक्ष बिजय राज जोशीले विद्यालयको पढाईमा सुधार ल्याउनका लागि अभिभावक पनि जिम्मेवार हुनुपर्ने बताए । कार्यक्रम विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष बिनोद पन्तको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा खादा र ब्याच प्रयोग नगर्न मेयर वडको आग्रह
कार्यक्रममा खादा र ब्याच प्रयोग नगर्न मेयर वडको आग्रह