धनगढी, ६ फागुन
लाईन्स क्लव एफ कैलाली फारवेष्टले शोमबार धनगढी उप–महानगरपालिकालाई डष्टविन हस्तान्तरण गरेको छ ।
बजारको फोहर ब्यबस्थापनमा सहयोग पुगोस भन्ने उदेश्यले एक थान ठूलो डस्टविन हस्तान्तरण गरिएको लाईन्स क्लव एफ कैलाली फारवेष्टले जनाएको छ । धनगढी उप–महानगरपालिका वडा नं १ का अध्यक्ष सन्तोष मुडभरीलाई डस्टविन हस्तान्तरण गरेको हो ।
लाईन्स क्लव एफ कैलाली फारवेष्टलाई धन्यवाद दिन चाहन्छौं वडा नं १ का अध्यक्ष सन्तोष भुडभरीले भने, अन्य संघसंस्थाहरुले यसरी नै सामाजिक उत्तरदायीत्वका क्षेत्रमा सहयोग गरेमा उप–महानगरपालिकालाई राहत पुग्ने थियो ।
लाईन्स क्लव कैलालीद्धारा डस्टविन हस्तान्तरण
लाईन्स क्लव कैलालीद्धारा डस्टविन हस्तान्तरण
