राप्रपा निकट मिडिया नेपालको कोषाध्यक्षमा संचारकर्मी राधिका जोशी मनोनित भएकि छिन् । मिडिया नेपालका अध्यक्ष गोपाल पौड्यालको अध्यक्षतामा पोखरामा सम्पन्न केन्द्रीय कार्यसमितिको पूर्ण बैठकले जोशीलाई कोषध्यक्षमा मनोयन गरेको हो ।
मिडिया नेपालको स्थापना कालदेखी केन्द्रीय सदस्यमा रहेर काम गर्दै आएकी जोशीको पत्रकारीता प्रतिको इमानदारीता, लगाव र कार्य दक्षताका आधारमा कोषध्यक्षमा मनोयन गरिएको मिडिया नेपालले जनाएको छ । जोशी बिगत १५ वर्ष देखी रेडियो कालापानी, नेपाल टेलिभिजन जिल्ला संवाददाता, माउन्टेन टेलिभीजन, जनता टेलिभीजन हुर्दै हाल प्राईम टाइम्स टेलिभिजनमा जिल्ला समाचार संयोजक छिन् । निरन्तर पत्रकारीतामा कलम चाल्दै आएकी जोशीले मिडिया नेपाल मार्फत पत्रकारका हक हितका लागि लड्ने बताएकी छिन् ।
मिडिया नेपलाले २५ वर्ष निरन्तर पत्रकारिता क्षेत्रमा खटिरहेका श्रमजीवि पत्रकाहरुलाई पेन्सनको व्यवस्था गर्न पनि मिडिया नेपालले माग गरेको छ । यस्तै उपाध्यक्षमा श्रीधर सुबेदी, कर्णाली प्रदेशको तर्फबाट उपाध्यक्षमा अंगत देवकोटा, सचिवमा कृष्ण खनाल, काठमाडौं उपत्यका संयोजकमा दिपेशराज थारु तथा केन्द्रीय सदस्यहरुमा रञ्जीत प्रसाई झापा, विजय राउत सुनसरी, सविता पोखरेल गोरखा लाई मनोनयन गरेको छ । साथै मिडिया नेपालको स्थापना दिवस आगामी चैत महिनामा प्रदेश नम्बर ५ को नेपालगन्जमा हुनेछ ।