टीकापु, माघ २६- नेपाली कागेंस सुदुरपश्चिम संसदीय दलका नेता डाक्टर रणवहादुर रावलले टीकापुर एयरपोर्ट बनाउने भनेर पटक पटक धोका भएको आरोप लगाउनु भएको छ । टीकापुर महोत्सवको समापन गर्दै डाक्टर रावलले यस्तो बताउनु भएको हो ।
समापन समारोहमा वोल्दै प्रमुख अतिथि समेत रहनु भएका रावलले प्रमुख अतिथि बनेर एयरपोर्ट बनाउँछु भन्नेहरु कहाँ गए ? भनेर प्रतिप्रश्न गर्नुभयो । प्रुमख अतिथिको रुपमा सम्मान वोकेर माला लगाउने तर काम नगर्ने नेकपाका नेताहरुले टीकापुर वासीलाई झुटो आश्वासन दिएको तर काम केही पनि नगरेको डाक्टर रावलको आरोप छ ।
यस क्षेत्रमा भएका महोत्सवमा आएर टीकापुर एयरपोर्टलाई एक नम्बर बनाउनु भनेर पर्यटन मन्त्री योगेश भट्टराईले गत भदौमा डल्फिन महोत्सव उद्घाटन गर्न आउँदा भन्नुभयो । तर अहिलेसम्म केही पनि काम भएको छैन् । डाक्टर रावलले भन्नुभयो– फेरि यस क्षेत्रमा आएर हिजो आज पनि एक नम्बर नै बनाउनु भन्दै हुनुहुन्छ । यो एयरपोर्ट कस्तो एक नम्बर हो ?
टीकापुर क्षेत्रमा सिंचाई आयोजना नेपाली काग्रेंसले ल्याएको दावी गर्दै उहाँले नेकपाका नेताले आफु ल्याएको भन्नु हास्यास्पद रहेको बताउनुभयो । अर्काले गरेका कामलाई आफुले गरेको भन्दा पनि आफै काम गरेर देखाउन प्रतिपक्षी दलका नेता रावलले चुनौती दिनुभयो । अव टीकापुर वासीले एक भएर टीकापुर क्षेत्रको विकासका लागि एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।
