धनगढी, २६ माघ
धनगढीमा चर्चामा रहेको धनगढी पिपलचौतारा—स्याउने सडकको स्तरोउन्नतीका लागि संघीय सांसद नारदमुनी राना र धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वड बिच आईतबार छलफल भएको छ ।
संघ र प्रदेशको निर्णय फेरीरहदा धनगढी –बिपीनगर–गडसेरा – दिपायल सडकले गती लिन सकेको छैन । जसको मारमा धनगढी पिपलचौतरा–स्याउले सडकखण्ड पनि परेको छ । प्रदेश र संघको लुछाचुडीले पिपलचौतरा–स्याउले सडकखण्ड निर्माण हुन सकेको छैन नगर प्रमुख वडले भने, सास्ती धनगढी नगरबासीले भोग्नु परेको छ । प्रदेश र संघले जिर्ण बन्दै गएको पिपलचौतरा–स्याउले सडकखण्डको मर्मत नगर्दा धनगढी उप–महानगरपालिकाले बर्षेनी खर्च गरेर पिपलचौतरा–स्याउले सडकखण्ड मर्मत गरिरहेको छ नगरप्रमुख वडले भने, प्रदेश र संघले धनगढी उप–महानगरपालिकालाई जिम्मा दिएमा नगरबासीको सजिलोका लागि हामी स्तरोउन्नती गर्न तयार छौं ।
आफुले यही बिषयमा संघीय सांसद नारदमुनी राना संग कुरो राखेको नगरप्रमुख वडले बताए । उनले भने, माननीय ज्यूले स्तरोउन्नतीका लागि आफुले पहल गरिरहेको बताए ।
पिपलचौतारा—स्याउने सडकका बारेमा छलफल
पिपलचौतारा—स्याउने सडकका बारेमा छलफल