‘सोच बदलौं, जुन काम गरे पनि स्वदेश मै गरौं’
दश बर्षसम्म नेपाली जुनियर फुटबल टिममा सक्रिय फुटबलर विरेन्द्र बहादुर चन्द यतिबेला गृहनगर कञ्चनपुरको भीमदत्तनगरमा व्यवसायिक रुपमा बाख्रापालनमा लाग्नुभएको छ ।“सानैदेखि आफ्नै ठाउँमा केही गर्ने चाहना थियो ।” गोवरियामा रहेको चन्दाज गट एण्ड एग्रीकल्चर फर्म सञ्चालन गरिरहनु भएका फटुबलर चन्दले भन्नुभयो–“बुवासितको सल्लाह बमोजिम काठमाण्डौंमा बिलासी दैनिकीलाई प्रवाह नगरी गृहनगर आएर बाख्रापालन सुरु ग¥यौं ।”
विगतमा यु–१३ र १४ नेपाली फुटबल टिमको कप्तानी समेत गरेका चन्दले यु–१९ सम्मको फटुबलमा किपरको भूमिमा रहेका थिए ।दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) स्तरसम्मको फुटबलको अनुभव लिइसकेका चन्दले २०७३ सालमा खेलबाट अलग्गिएको बताउनुभयो ।२०५८ सालदेखि जिल्ला फुटबल संघको नेतृत्व हुदै एन्फाको केन्द्रीय सदस्य समेत रहीसक्नु भएका फुटबल प्रेमी गणेश बहादुर चन्दका जेठा छोरा हुन विरेन्द्र ।
निर्माण व्यवसायी क्षेत्रमा लामो समय काठमाण्डौंमा काम गरेका चन्दले आफू २५ बर्षदेखि खेलक्षेत्रको व्यवस्थापकीय भूमिकामा रहेको बताउनुभयो ।
‘‘सोच बदलौ जुन काम गरे पनि स्वदेश मै गरौ ।’’ भन्ने भावले छोरालाई बाख्रापालनमा सक्रिय बनाए ।” उहाँले हाल जिल्ला फुटबल संघ कञ्चनपुरका अध्यक्ष समेत रहनुभएका चन्दले भन्नुभयो–“कान्छो छोरा इन्जिनियर र छोरी डाक्टर भइसके ।” उहाँले फुटबलर जेठो छोरा विरेन्द्रलाई आफ्नै ठाउँमा कृषि पेशामा सक्रिय गराउन बाख्रापालन थालेको बताउनुभयो ।
“हामीले पनि कृषि पेशा नै अंगालेका थियौं ।” उहाँले भन्नुभयो–“आफू जन्मेको ठाउँमा केही गर्नुपर्छ भनेर छोरासित सल्लाहमै बाख्रपालन थालेका हौं ।”
रु ३ करोड लागतमा अत्याधुनिक खोर सहित व्यवसायिक बाख्रापालनमा लागेका चन्दले अष्टेलियाबाट बाख्रा भित्र्याउनुभएको छ । “छोरालाई व्यसायिक रुपमा बाख्रपालनमा लगाउँनैका लागि विभिन्न अध्ययन अवलोकन गरेर अघि बढेको हुँ ।” चन्दले भन्नुभयो–“अहिले आधुनिक प्रविधिबाट बाख्रपालन हेर्न देशका भिविन्न ठाउँबाट अवलोकनकर्ताहरु दिनहुँ जसो आउछन ।”

फुटबलको जुनियर टिममा महत्वपूर्ण भूमिका निभाएका विरेन्द्रले आफू सिनियर टिमको बन्दप्रशिक्षणसम्म सहभागी भएको बताउनुभयो । “अझै पनि फुटबलको व्यवस्थापकीय भूमिकामा आउने सोच छ ।” उहाँले भन्नुभयो–“बाख्रपालनलाई बढाउँदै सुदूरपश्चिममा बाह्य मासु खपत कम गर्ने योजना छ ।” फुटबलबाट नाम कमाएका चन्दले १ बिघा जमिनमा खोर बनाएर बाख्राका लागि ६ बिघा खेतमा घाँस खेती गरिएको जानकारी दिनुयभो ।“सुदूरपश्चिम प्रदेशमा मासु आयात विस्तापन गर्ने अवधारणाका साथ लागेका छौ ।’ चन्दले भने–“यहाँका किसानहरुसित सहकार्य गरेर एक सय आधुनिक बाख्रा फर्म सञ्चालनमा ल्याउने लक्ष्य पनि छ ।”
व्यवसायीक रुपमा अष्ट्रेलियाबाट उन्नत जातको बाख्रा भित्र्याउन प्रक्रियागत झन्झट रहेको चन्दको दुखेसो छ ।

“किसानलाई भारत लगायत अन्य मुलुकबाट कृषि औजार भित्र्याउन भन्सार शुल्क सहुलियत हुने कुरा पनि गफ जस्तै रहेछ ।” चन्दले भन्नुभयो–“अझै दोस्रो चरणमा अष्टे«लियाबाट बाख्रा ल्याउने तयारी छ ।”‘बोयर’ जातको बाख्रा पालन÷पोषणका लागि सहज र रोगसंग लड्न सक्ने क्षमता बढी हुने भएकाले बाख्रापालन फस्टाउनेमा उहाँ आशावादी हुनुहुन्छ ।“यहाँ आउनुअघि काठमाण्डौंमा पनि बाख्रापालनको विषयमा तालिम लिएर आएँ ।” चन्दले भन्नुभयो–“फिल्डमा काम गर्दै जाँदा पनि अनुभव बढ्दै गएको छ ।”अष्ट्रेलियामा प्रति बोयर २ लाख २६ हजार पर्ने ५३ वटा उन्नत जातका बाख्रा भीमदत्तनगर पहिलो पटक भित्र्याएका चन्दले दुई सय बाख्रा अटाउने क्षमताको आधुनिक खोर समेत निर्माण गर्नुभएको छ


