• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

एक नेपाली फुटबलर : जो १० वर्षे खेलयात्रा छाडेर व्यवसायिक बाख्रा पालन गर्दैछन्

‘सोच बदलौं, जुन काम गरे पनि स्वदेश मै गरौं’

दश बर्षसम्म नेपाली जुनियर फुटबल टिममा सक्रिय फुटबलर विरेन्द्र बहादुर चन्द यतिबेला गृहनगर कञ्चनपुरको भीमदत्तनगरमा व्यवसायिक रुपमा बाख्रापालनमा लाग्नुभएको छ ।“सानैदेखि आफ्नै ठाउँमा केही गर्ने चाहना थियो ।” गोवरियामा रहेको चन्दाज गट एण्ड एग्रीकल्चर फर्म सञ्चालन गरिरहनु भएका फटुबलर चन्दले भन्नुभयो–“बुवासितको सल्लाह बमोजिम काठमाण्डौंमा बिलासी दैनिकीलाई प्रवाह नगरी गृहनगर आएर बाख्रापालन सुरु ग¥यौं ।”

विगतमा यु–१३ र १४ नेपाली फुटबल टिमको कप्तानी समेत गरेका चन्दले यु–१९ सम्मको फटुबलमा किपरको भूमिमा रहेका थिए ।दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) स्तरसम्मको फुटबलको अनुभव लिइसकेका चन्दले २०७३ सालमा खेलबाट अलग्गिएको बताउनुभयो ।२०५८ सालदेखि जिल्ला फुटबल संघको नेतृत्व हुदै एन्फाको केन्द्रीय सदस्य समेत रहीसक्नु भएका फुटबल प्रेमी गणेश बहादुर चन्दका जेठा छोरा हुन विरेन्द्र ।

निर्माण व्यवसायी क्षेत्रमा लामो समय काठमाण्डौंमा काम गरेका चन्दले आफू २५ बर्षदेखि खेलक्षेत्रको व्यवस्थापकीय भूमिकामा रहेको बताउनुभयो ।
‘‘सोच बदलौ जुन काम गरे पनि स्वदेश मै गरौ ।’’ भन्ने भावले छोरालाई बाख्रापालनमा सक्रिय बनाए ।” उहाँले हाल जिल्ला फुटबल संघ कञ्चनपुरका अध्यक्ष समेत रहनुभएका चन्दले भन्नुभयो–“कान्छो छोरा इन्जिनियर र छोरी डाक्टर भइसके ।” उहाँले फुटबलर जेठो छोरा विरेन्द्रलाई आफ्नै ठाउँमा कृषि पेशामा सक्रिय गराउन बाख्रापालन थालेको बताउनुभयो ।
“हामीले पनि कृषि पेशा नै अंगालेका थियौं ।” उहाँले भन्नुभयो–“आफू जन्मेको ठाउँमा केही गर्नुपर्छ भनेर छोरासित सल्लाहमै बाख्रपालन थालेका हौं ।”
रु ३ करोड लागतमा अत्याधुनिक खोर सहित व्यवसायिक बाख्रापालनमा लागेका चन्दले अष्टेलियाबाट बाख्रा भित्र्याउनुभएको छ । “छोरालाई व्यसायिक रुपमा बाख्रपालनमा लगाउँनैका लागि विभिन्न अध्ययन अवलोकन गरेर अघि बढेको हुँ ।” चन्दले भन्नुभयो–“अहिले आधुनिक प्रविधिबाट बाख्रपालन हेर्न देशका भिविन्न ठाउँबाट अवलोकनकर्ताहरु दिनहुँ जसो आउछन ।”

फुटबलको जुनियर टिममा महत्वपूर्ण भूमिका निभाएका विरेन्द्रले आफू सिनियर टिमको बन्दप्रशिक्षणसम्म सहभागी भएको बताउनुभयो । “अझै पनि फुटबलको व्यवस्थापकीय भूमिकामा आउने सोच छ ।” उहाँले भन्नुभयो–“बाख्रपालनलाई बढाउँदै सुदूरपश्चिममा बाह्य मासु खपत कम गर्ने योजना छ ।” फुटबलबाट नाम कमाएका चन्दले १ बिघा जमिनमा खोर बनाएर बाख्राका लागि ६ बिघा खेतमा घाँस खेती गरिएको जानकारी दिनुयभो ।“सुदूरपश्चिम प्रदेशमा मासु आयात विस्तापन गर्ने अवधारणाका साथ लागेका छौ ।’ चन्दले भने–“यहाँका किसानहरुसित सहकार्य गरेर एक सय आधुनिक बाख्रा फर्म सञ्चालनमा ल्याउने लक्ष्य पनि छ ।”
व्यवसायीक रुपमा अष्ट्रेलियाबाट उन्नत जातको बाख्रा भित्र्याउन प्रक्रियागत झन्झट रहेको चन्दको दुखेसो छ ।

“किसानलाई भारत लगायत अन्य मुलुकबाट कृषि औजार भित्र्याउन भन्सार शुल्क सहुलियत हुने कुरा पनि गफ जस्तै रहेछ ।” चन्दले भन्नुभयो–“अझै दोस्रो चरणमा अष्टे«लियाबाट बाख्रा ल्याउने तयारी छ ।”‘बोयर’ जातको बाख्रा पालन÷पोषणका लागि सहज र रोगसंग लड्न सक्ने क्षमता बढी हुने भएकाले बाख्रापालन फस्टाउनेमा उहाँ आशावादी हुनुहुन्छ ।“यहाँ आउनुअघि काठमाण्डौंमा पनि बाख्रापालनको विषयमा तालिम लिएर आएँ ।” चन्दले भन्नुभयो–“फिल्डमा काम गर्दै जाँदा पनि अनुभव बढ्दै गएको छ ।”अष्ट्रेलियामा प्रति बोयर २ लाख २६ हजार पर्ने ५३ वटा उन्नत जातका बाख्रा भीमदत्तनगर पहिलो पटक भित्र्याएका चन्दले दुई सय बाख्रा अटाउने क्षमताको आधुनिक खोर समेत निर्माण गर्नुभएको छ

बुधबार, माघ २२, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.