धनगढी,११ माघ
धनगढी उप–महानगरपालिका वडा नं ५ को वडा कार्यालय भवनको शनिवार एक कार्यक्रमका बिच सिलन्यास गरिएको छ ।
धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले भवनको सिलन्यास गरेका हुन । वडा नं ५ को भैरव मन्दिर नजिक वडा कार्यालय निर्माण भैराखेको छ । नगरप्रमुख वडले आफ्नो कार्यकाल भित्र धनगढी उप–महानगरपालिकाका सबै वडा कार्यालयका आफ्नै भवन निर्माण गर्ने योजनामा आफु रहेको बताए ।
सबै वडा कार्यालयलाई पूर्वाधार सम्पन्न बनाएर लैजाने अभियान अन्तरगत वडा कार्यालय निर्माण भैराखेको नगरप्रमुख वडले बताए । उनले भने, बाँकीको भवन निर्माणका लागि जग्गा खोज्ने काम भैरहेको छ । आफ्नै वडा कार्यालय भएमा वडाबासीलाई सजिलो गरी सेवा प्रदान गर्न सकिने नगरप्रमुख वडले बताए । साघुरो ठाउँमा सेवा दिदा सेवाग्राहीलाई समेत अप्ठेरो भैरहेको थियो नगरप्रमुख वडले भने, अव सबैलाई सजिलो हुने छ । वडा नं ५ का अध्यक्ष हिरा सिंह पातलीले निर्धारीत समयमै वडा कार्यालय निर्माण गरिने बताए ।
नगरप्रमुखद्धरा वडा कार्यालयको सिलन्यास
नगरप्रमुखद्धरा वडा कार्यालयको सिलन्यास