धनगढी, ७ माघ
नेपाल प्रहरी प्रधान कार्यलयबाट धनगढी उपमहानगरपालिकालाई प्रशंसा पत्र प्रदान गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी सुदीप गिरीले प्रशंसापत्र हस्तान्तरण गरेका हुन । धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले प्रहरी संग धनगढी उप–महानगरपालिकाको सुमधुर सम्वन्ध रहेको बताए । उनले भने, सबै मिलेर समाजमा घट्ने अपराधिक घटना न्यूनिकरण गर्न सकिन्छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत समाजमा अमनचयन स्थापनाका साथै अपराध न्युनिकरणका लागि विभिन्न कार्यक्रममा अतुलनिय योगदान गरेको भन्दै नगरपालिकालाई प्रशंसापत्र प्रदान गरिएको एसपी गिरीले बताए ।
धनगढी उप महानगरपालिकाले सामुदायिक सुरक्षालाई बलियो बनाउन, समुदाय र प्रहरीको सुमधुर सम्बन्ध कायम गर्न,लागुपर्दाथ दुव्र्यसन नियन्त्रण तथा रोकथाम, साईबर अपराध न्युनिकरण तथा रोकथाम लगायतका बिषयमा उत्कृष्ट कार्य सम्पादनमा प्रहरीसंग समन्वय गरि समुदाय प्रहरी साझेदारी कार्यक्रमको प्रभावकारिताका क्षेत्रमा उल्लेख्य कार्य गरेकोमा प्रहरी प्रधान कार्यालयबाट धनगढी उप महानगरपालिकालाई प्रशंसा पत्र प्रदान गरिएको हो ।
धनगढी उप–महानगरपालिकालाई प्रहरी प्रधान कार्यालयको प्रशंसापत्र
धनगढी उप–महानगरपालिकालाई प्रहरी प्रधान कार्यालयको प्रशंसापत्र
