रेशम चौैधरी
छ महिनादेखि प्राय: हप्तामै दुई तीनपटक मेरो मोबाइलमा घरबाट फोनमा घण्टी बज्छ। मैले फोन उठाउन नपाई छोराको एकतमास बालसुलभले भरिएको च्याट्ठिएको एकोहोरो बोली सुनिन्छ, ए बाउ, खोइ मेरो साइकलरु खोइ, खोइ, खोइ! ऊ तारन्तार मोबाइलमा बोलिरहन्छ।
एकदिन संयोग पनि यस्तै पर्यो। मैले फोन गर्दा छोरो साइकल चलाइरहेको रहेछ। मैले फोन गर्नु अनि उसको साइकल बिग्रनु। साइकलको चेन फ्राइविलबाट उत्रेपछि पाङ्ग्रा अगाडि पछाडि गुड्दैन। ऊ बालक न हो, अनि रञ्जितालाई पनि यो साइकल अब बन्छ, बन्दैन भन्ने थाहा हुने पनि कुरै भएन। उनले अब यो साइकल पुरानो भयो। थोत्रो भो। कहिल्यै बन्दैन भनेर छोरालाई सुनाइदिइछिन्। अब मेरो साइकल बन्दैन भन्ने पीरमा छोरो रुन थाल्यो।
छोराको रुवाइसँगै उनले आफूले कुरा गरिरहेको मोबाइल छोरालाई दिइन्। मैले के भयो छोरारु भनेर फकाउँदै सोधेँ। छोरा मेरो साइकल बिग्रियो भनेर फोनमै ह्वाँ ह्वाँ रुन थाल्यो। पीर नगर छोरा, म अर्को नयाँ साइकल किनिदिन्छु नि भनेर फकाउन खोजेँ। ुकहिले किन्दिनेरु मलाई खेल्ने साइकल चाहिँदैन, उसले फर्माइसयुक्त स्वरमा भन्यो। पख, म अब केही दिनमै मेरो राजालाई नयाँ साइकल किनेर पठाउँछु है भनेर थामथुम पारें।
छोराले हस् भनेर फोन राख्यो। त्यहाँबाट जुन दिन छोराले सम्झिन्छ, त्यही दिन फोन गर्छ र साइकल खोइ भन्छ। बिचरी रञ्जिताले पनि कति दिन थेग्नु छोराको जिद्दी। उनी पनि जब जब छोराले साइकल सम्झेर दुस्ख दिन थाल्छ, तब तब मलाई फोन लगाइदिएर छोरालाई थमाइदिन्छिन्। फेरि छोराको उस्तै धम्की सुन्छु म, ए बाउ, मेरो साइकल खोइरुु मैले छोराको मायालु धम्कीपूर्ण भाषा यसरी सुन्दै गएँ र भोलि भोलि भन्दै टार्दै गएँ।
मसँग पैसा भए पो साइकल किनिदिनु त१ कहिलेकाहिँ बजार घुम्ने टेम्पो भाडासमेत नभएको अवस्थामा छोरालाई साइकल किन्ने पैसाको जोहो त टाढाकै कुरा भयो। पटक पटक आफ्नो छोरासँग झुटो बोलिरहनुको पीडाको बयान गरेरै साध्यै छैन। भोलि भोलि भन्दा छोरो पनि आत्तिइसकेको थियो। अघिपछि भनेको फर्माइस भुइँमा झर्न नदिने बाबुको आनीबानीबारे जानकार थियो ऊ। तर, अहिले त्यत्रो पटक फोन गर्दासमेत मेरो कुरा किन नसुनेको होला बाबाले भन्ने पनि लाग्दो हो उसलाई। झुटको पनि सीमा हुन्छ। त्यसैले आजभोलि त उसले पनि पत्याउन छाड्यो क्यारे१ मैले फोन गरें भने पनि सिधा धम्की दिन्छ, ए बाउ, खोइ मेरो साइकलरुु भारतमा दशैंको रौनक नभए पनि नेपालमा दशैं आएको जानकारी छ मलाई।
टीकापुर आन्दोलनका क्रममा हामी सबै परिवारको सम्पत्ति जायजेथासहित सम्पूर्ण लत्ताकपडा पनि जलाइएको छ। एउटा झोलामा आमा–छोराका दुई–चार जोर कपडाबाहेक रञ्जितासँग पनि अन्य लत्ताकपडा कहाा होलान् ररु दशैंजस्तो चाडबाडमा छिमेकका सबैजना नयाँ नाना किन्न जाँदा उनले पनि सोच्दिहुन्, ुआमा–छोराका लागि एकसरो कपडा किन्न पाए त हुन्थ्यो।ु च्यात्तिएको एकसरो लुगाबाहेक केही नभएको मेरो पीडाको साक्षात जानकार थिइन् उनी। त्यसैले यो अवस्थामा दवाव दिनु उचित ठान्दिन थिइन् क्यारे१ सम्झेर मन त्यसै त्यसै भक्कानिन्छ। फोन राखेपछि ढोका लगाएर क्वाँ क्वाँ धित मरुञ्जेल रुन्छु। मुखमा हाँसो सिद्धिएको धेरै भो। आजभोलि आँसु नै साथी, आँसु नै सहारा छ। छोराको जिद्दी थाम्न नसकेपछि एकदिन काठमाडौंमा साथीलाई साइकलका लागि अनुनय गरें।
‘ठीकै छ, म भोलि भाउजुलाई बोलाएर साइकल किनिदिउँला’ साथीले भन्यो। भोलि नै मलाई फोन गर्न मन लागेन तर साथीको भोलि कहिल्यै आएन। मेरो एकजना निकटको मित्रलाई गुहारें अनि दशैंको बेलामा श्रीमती र छोराका लागि केही गरिदिन अनुनय गरें। उहाँले पनि भोलि भन्नुभयो। भोलिपल्ट दिउँसो साथीलाई अनलाइनमा देखें। हेलो भनेर च्याट गर्न खोजें, तर उसले लाइन अफ गर्यो। आज बिहान फेरि छोराको फोन आयो। रञ्जिता केही बोलिनन्। सायद उनलाई थाहा थियो, मेरो बुढाले आज पनि पक्कै भोलि भन्नेछ। मन थामिएन। काठमाडौंमा भाइलाई फोन गरेर भतिजाका लागि साइकल किनिदिनु भनेर अनुनय गरें।
उसले किनिदिने आश्वासन दिएको छ। सायद मेरो छोराले दशैंमा साइकल पाउँछ होला। मेरो जिन्दगीका हरेक संघर्षमय दिनहरुमा रञ्जिताको साथ छ। रञ्जिता छोरीजस्तै ( बाबा, भोक लाग्यो भन्थिन्। म खाजा लिएर टुप्लुक्क उपस्थित हुन्थें। आज घरमा भात नपकाऊ है भन्दा हामी गाडी चढेर राम्रो होटेलमा गई मनलाग्दो खान्थ्यौं। तर, समयले अनायस हामीमाथि घोर अन्यायको बादल ओढाइदिएपछि एकअर्काको आलिङ्गनबाट पनि टाढिएका छौं।
रञ्जितालाई भोक लागेको बेला सकेको खुवाएँ। आजभोलि सोच्छु, छोराको नाथे साइकल फर्माइस पूरा गर्न नसक्नेले श्रीमतीको आवश्यकता कसरी पूरा गर्नु ररु जे भए पनि मन बुझाएकै होलिन्। चित्त बुझाएकै होलिन्। अहिलेसम्म मुद्दा फिर्ता गर्ने सरकारको कुनै छाँटकाटै छैन। यता परदेशमा मैले त आङ ढाकेकै छु। उनी कस्ती छिन् भनेर कल्पेर रुनुको विकल्प छैन मसँग। उनले पकाएको खसीको मासु असाध्यै मीठो लाग्छ मलाई। तर के गर्ने समयले उनको र मेरो भान्सा अलग अलग गरिदिएको छ। एकै थालमा पस्केर एकअर्कोलाई नखुवाइकन पेट भरेको जस्तो नलाग्ने हाम्रो जोडीमाथि राजनैतिक राहुको प्रवेशले छुट्टयाइदिएको छ।
सायद साढे सात र शनिले हाम्रो यो पीडामा थपडी बजाइरहेका होलान्। हामीलाई घानमा पारेर धेरै थारु नेता मन्त्री भएका छन्। उनीहरूको हरेक चाड उमङ्गमय नै होला१ हामीले धेरै वर्षदेखि दशैंताका रेडियोको कार्यक्रममा एउटा गीत निरन्तर बजाउने गर्दथ्यौं दशैंको पीडाको। हामी खुशी भएका दिनमा दुखिला दशैं हुनेहरुको पीडा पनि यसैगरी बज्यो हाम्रो रेडियोमा(दिनै बित्छ रोएर, रातै कोल्टे फेरेर कति बसुँ दया राजै बाटो कुरेर ।।।।। राति सपनीमा देखें रञ्जु र छोरा बाटोमा बसेर भीख माग्दै रहेछन्। कुनै दयालुले उनले ओछ्याएको रुमालमा एक रुपैयाँको ढ्याक हालिदिएछ। दुबैजना खुसीले उफ्रेछन्। झसङ्ग भएर असिनपसिन भई उठें। फेरि कोल्टो फेरेर निदाउन प्रयत्न गरें। दोस्रो सपनामा रञ्जिता र छोरा अगाडि थिए। रञ्जिता हात जोडेर उभिएकी थिइन्। छोरा भने मलाई थर्काउँदै थियो ए बाउ, मेरो साइकल खोइ!