धनगढी ८ पुस- समाजवादी पार्टीले सरकारबाट अलग हुने निर्णय गरेको छ । मंगलबार बसेको पार्टीका शीर्ष नेताको बैठकले सरकारबाट अलग हुने निर्णय गरेको हो । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव वर्तमान सरकारमा उपप्रधानमन्त्री तथा कानुन मन्त्री रहेका छन् ।
उनी यसअघि स्वास्थ्य मन्त्रालयको जिम्मेवारीमा रहेका थिए । मन्त्रिपरिषद पुनर्गठनमा उनको मन्त्रालय परिवर्तन गरेर कानुन मन्त्रालयमा ल्याएर भानुभक्त ढकाललाई स्वास्थ्यमन्त्रालयको जिम्मेवारी दिएका थिए ।
समाजवादी पार्टीबाट स्वास्थ्य राज्यमन्त्री रहेका सुरेन्द्र यादव उपचारका लागि अस्पतालमै रहेका बेला थाहा नै नदिई हटाइएको थियो ।
