• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

बर्दगोरिया गाउँपालिकामा बाल कचहरी कार्यक्रम

रंगप्रसाद तिमिल्सैना
लम्की ७ पौष
कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिकामा आज बाल कचहरी कार्यक्रमको आयोजना गरिएको छ । बर्दगोरिया गाउँपालिकाको आयोजनामा गुड नेवर्स इन्टरनेशनल नेपाल कैलाली र सेवक नेपाल कैलालीको आर्थिक तथा प्राविधिक सहयोगमा बर्दगोरिया गाउँपालिकाको महुन्याल मावि बास्कोटीमा कार्यक्रम सम्पन्न भएको हो ।

बाल अधिकारको सम्बर्द्धन स् नेपालमा बाल विवाहको अन्त्य विषयमा बाल विवाह विरुद्धको अभियानलाई सघाउ पुर्याउन स्थानीय सरकार , जनप्रतिनिधि , बुद्धिजीवी , समाजसेवी , बाल अधिकारकर्मी, शिक्षक , बालबालिका तथा सरोकारवालाहरु सबै एकै मञ्चम उभिएर बालविवाह न्यूनीकरणको लागि चिन्तन मनन गर्ने र सम्बन्धित सबैको प्रतिबद्धता लिने उदेश्यले बाल कचहरी कार्यक्रमको आयोजना गरिएको हो ।
बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष रामकृष्ण डगौराको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि बर्दगोरिया गाउँपालिकाका अध्यक्ष बलिराम डगौरा थारु रहनु भएको थियो ।

कार्यक्रममा बर्दगोरिया गाउँपालिका वडा नम्बर २ का अध्यक्ष भेक्कुराम चौधरी , वडा नम्बर ४ का अध्यक्ष पुरन सिंह बिसी, स्वास्थ्य शाखा प्रमुख कृष्णदेव जोशी , शिक्षा शाखा प्रमुख नन्दा कुमारी भट्ट , गुड नेवर्श इन्टरनेशनल कैलालीका संयोजक देबेन्द्र भण्डारी , सेवक नेपाल कैलालीका शिक्षा विकास अधिकृत प्रेम चौधरी , श्रोत व्यक्ति निरिकनन्द लालकर्ण, महुन्याल मावि बास्कोटीका प्रधानाध्यापक चन्द्रीका जोशी, इलाका प्रहरी कार्यालय बौनियाका प्रहरी सहायक निरीक्षक भरत बहादुर अधिकारी, विभिन्न्न विद्यालयका प्रधानाध्यापक , शिक्षक, पत्रकार तथा सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बालबालिकाहरुले बाल अधिकार , बाल विवाह , बाल संरक्षण लगायतका विषयमा उपस्थित अतिथिहरुलाई प्रश्न राखेका थिए भने अतिथिहरुले प्रश्नहरुका उत्तर दिनु भएको थियो । कार्यक्रममा बर्दगोरिया गाउँपालिकालाई बाल विवाह मुक्त गाउँपालिका घोषणाका लागि रणनीतिक योजना निर्माण गर्ने , बाल विवाह अन्त्यका लागि सरोकारवाला सबैले सामुहिक अभियान संचालन गर्ने, बाल अधिकारको सुनिश्चितताका लागि लाग्ने लगायतका बुदामा सहभागीहरुले प्रतिबद्धता समेत गरेका छन ।

गुड नेवर्श इन्टरनेशनल कैलालीका संयोजक देबेन्द्र भण्डारीले कार्यक्रमको उदेश्यमाथी प्रकाश पार्नु भएको कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघका केन्द्रिय पार्षद तथा बाल अधिकारकर्मी रंगप्रसाद तिमिल्सैनाले गर्नु भएको थियो । कार्यक्रममा बर्दगोरिया गाउँपालिकाका सरोकारवाला तथा बालबालिका गरि करिब एक सय जना बढीको सहभागिता रहेको थियो ।

सोमबार, पुष ०७, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.