• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

काठमाडौंमा शंकास्पद गतिविधि गर्ने ७८ विदेशी पक्राउ– पक्राउ पर्नेमध्ये चिनियाँ नागरिक धेरै

काठमाण्डौ ७ पुस पर्यटक भिसामा नेपाल आएर शंकास्पद गतिविधि गरेको अभियोगमा प्रहरीले करिब ७८ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।

केही चिनियाँ नागरिकहरु बैंक ह्याकिङ गर्ने योजनाका साथ सक्रिय रहेको सूचनाका आधारमा काठमाडौंका विभिन्न क्षेत्रमा खानतलासीमा जुटेको प्रहरीले सोमबार दिउँसोसम्म करिब ७८ जना विदेशीलाई पक्राउ गरेको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०, महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाको टोलीले सोमबार बिहानदेखि काठमाडौंका मनमैजु, बाँसबारी, ठमेललगायत क्षेत्रमा खानतलासी शुरु गरेको थियो ।महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले अहिले पनि खानतलासीको काम जारी रहेको जानकारी दिए ।

‘पर्यटक भिसामा नेपाल आएका विदेशीहरु शंकास्पद गतिविधिमा संलग्न रहेको सूचनाका आधारमा खानतलासी शुरु गरिएको हो । अहिले पनि छापा हान्ने क्रम जारी छ,’ एसएसपी सुवेदीले भने । सम्पर्कमा आएका महानगरीय प्रहरी परिसर काठमाडौंका एक अधिकारीले पक्राउ पर्ने मध्ये अधिकांश चिनियाँ नागरिक भएको बताए ।

‘उनीहरु फेरि पनि नेपालमा बैंक ह्याक गर्ने तथा अन्य अवैध गतिविधिमा संलग्न रहेको सूचना केही हप्ता अगाडि आएको थियो,’ खबरहबको सम्पर्कमा आएका काठमाडौं प्रहरीका अधिकारीले भने, ‘केही दिनको अनुसन्धानबाट उनीहरु बस्ने ठाउँ पत्ता लागेर खानतलासी शुरु गरिएको हो ।’

प्रहरीले गत असोज महिनामा मात्रै नेपाली बैंकका एटीएम ह्याक गरी रकम लुटिरहेको अवस्थामा केही चिनियाँहरुलाई पक्राउ गरेको थियो । एटीएम ह्याक गरी रकम लुटपाटमा संलग्न चिनियाँहरु अहिले बैंकिङ कसुर तथा संगठीत अपराधअन्तर्गत मुद्दाको पुर्पक्षका लागि जेलमा छन् ।

सोमबार, पुष ०७, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु

Recent Posts

  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.