डडेल्धुरा
आफूलाई वनको राजा भन्न रुचाउने राउटे जातिको डडेल्धुरामा जीवनशैली फेरिएको छ । जंगलमै बस्ने र जंगली फलफूल, कन्दमूलमा निर्भर राउटे जाति अब पूर्व अवस्थाभन्दा माथि उठेका छन् । डडेल्धुरामा लहरै चिटिक्क परेका घर छ । घर अगाडि, पछाडि सानो तरकारी बारी ।
आ“गनमा बाँधिएका गाई वस्तु, कुखुराका खोर, घर घरमा बिजुली, शौचालय र गाउ“ नजिकै रहेको विद्यालयमा पढिरहेका छन् बालबालिका कसैले कल्पना पनि गर्न सक्दैन । यो बस्ती कुनै समय जंगल जंगल डुलेर हि“ड्ने राउटेहरुको हो भनेर ।
रहन सहन, भेषभूषा, बोली भाषा सवै परिवर्तन भएको राउटे गाउ“ परशुराम नगरपालिका केन्द्र पुग्नु भन्दा दुई किलोमिटर वरै रहेको आमपानी र रज्यौडा गाउ“का राउटे अब राउटे रहेनन । जंगली युगबाट सामाजिक मूलधारमा मिसिएपछि उनीहरुको जीवन शैली नै परिवर्तन भएको छ ।
हुन पनि हो छोराछोरी बोकेर जंगल जंगल डुल्नु गिठा, तरुल , कन्दमूल खोज्नु, पुरुषले शिकार गरि ल्याएको जंगली पशु पंक्षि पोलेर सबैलाइ खुवाउनु आधा जीवन यसरी नै काटेकी कुणी राउटे आजभोली तरकारी खेती गर्छिन् ।
आफैं स्थानीय बजारमा लगेर तरकारीको मूल्य तय गरेर बिक्री गर्छिन् घर फर्कंदा दैनिक उपभोग्य सामान सहित नाति नातिनीका लागि चाहिने स्कुलको सामान किनेर ल्याउछिन् । कसैले ठम्याउन पनि सक्दैन २५ वर्ष अघि मात्र जंगली युगबाट मानव बस्तीमा आएकी कुणी राउटे हुन भनेर ।
उनले नाम समेत परिवर्तन गरेकी छिन कुणी राउटेबाट उनी कुमा रजवार । ‘सपना जस्तो न विपना जस्तो’ आधा शताब्दी पार गरेकी कुणी भन्छिन् ‘अरुको मरेर पुर्नजन्म हुन्छ हामी राउटेहरुको जिउंदै पुर्नजन्म भएको छ ।’ ३० वर्षको कल्कलाउंदी युवती हु“दा गाउ“ छिरेकी कुणीले भनिन् ‘अरु ५५ वर्ष लाग्दा बुढा हुन्छन् मैले भर्खर जीवन शुरु गरे जस्तो लाग्छ ।’
आफूस“ग भएको ३ रोपनी जग्गामा तरकारी खेती गरेकी छु उनले भनिन्–एक दर्जन कुखुरा छन्, ४ वटा बाख्रा छन् , दुहुनो गाइ छ अव त पूरै कृषक भइसके । कुणीको मात्र जीवन शुरु भएको छैन् जंगली जीवन र संस्कृति छोडेर गाउंका सबै ४७ परिवार राउटेको जीवन शैली पुरै परिवर्तन भएको छ ।
कुनै समय मान्छे देखेर भाग्ने राउटे वालबालिका सफा र चिटिक्क पोशाकमा झोला बोकेर विद्यालय जान्छन् । खोलामा मारेका माछा र जंगलबाट ल्याएको कन्दमूल पोलेर खाने सबैका घरमा चूल्हो छ । अरुले जस्तै बिहान सांझ उनको भान्छामा खान पाक्छ । सबैले करेसाबारी बनाएका छन् ।
सरकारले निर्माण गरिदिएका पक्की घर छन् । घर घरमा शौचालय छन् । गाउँमा सरसफाइ पनि त्यस्तै छ । जंगलबाट गाउ“ छिरेको छोटो अवधिमा यति ठूलो परिवर्तन भएको देख्दा धेरै छक्क पर्छन् र भन्छन् ‘राउटेहरु अब आएर बल्ल रजवार भएका छन् ।’
आफूलाई प्राचिन कत्युरी वंशका ठकुरी बताउने उनीहरु आफूलाई रजवार भनाउन मन पराउछन् । ‘जे भने पनि हामी जंगलबाट आएका राउटे नै हौ’ स्थानीय युवा राजु रजवारले भने ‘हाम्रो पुस्तालाइ जंगली युगको सम्झना समेत छैन ।’
केही वर्ष अघि धेरै संघसंस्थाले उनीहरुको आयआर्जनका लागि दिएका बाख्रा, कुखुरा मारेर खाइदिने राउटेले अहिले रहर लाग्दा खशी बोका र कुखुरा पालेका छन् । मात बन्धकीमा सरकारले दिएको जग्गा सिद्धाएका उनीहरु अहिले पश्चाताप गर्छन र भन्छन् सरकारले १ पटक अरु मौका दिने हो अब राउटे उदाहरण भएर देखाउन सक्छन् ।
स्थानीय राउटे अगुवा शान्ति देवी भन्छिन् सामाजिक असुरक्षा र अपहेलानाले राउटेलाई सरकारले दिएको जग्गा सकियो । फेरि एक पटक मौका दिने हो भने बल्ल राउटे सामाजिक मूल प्रवाहमा जोडिने थिए उन्ले भनिन् ‘राउटेबाट मान्छे भइसक्दा सम्म धेरै गुमाइसके अव नयां जीवन शुरु भएको छ ।’
‘जंगलको गिठा भन्दा गाउंको तरकारी नै मीठो’ ३५ वर्ष जंगल र ३४ वर्ष गाउ“मा बिताएका धनवीर राउटे आफ्नो करेसाबारी देखाउंदै भन्छन् छोरा बुहारी दिनभरी यीनै दुई गरामा के के गर्छन् के के रु गाउंका सबै परिवर्तन भएपछि आफूलाई पनि रमाइलो लागेको बताउने बृद्ध धनवीर राउटेले आफूले लगाएको टाउजर देखाउंदै भने लुगालत्ता पनि छोराहरुले यस्तो यस्तो पो ल्याउन थालेका छन् ।
केही बर्ष अरु बाँच्न पाइयो भने के के देखिने हो कुन्नी रु आधा भन्दा बढी जीवन दार्चुला देथलाका गुफामा बिताएका उनले भने ‘हामी त मान्छे हुन सकेनौं अबको पुस्ता भने सांच्चै मान्छे भएर बांँच्न थालेका छन् ।’
२०४२ सालमा राजा बिरेन्द्रको हुकुम प्रवा¨ीले कमाइ खान राउटे परिवारले एक एक बिगाह जमिन, घर बनाउन र गाई वस्तु खरिद गर्न नगद समेत पाएका थिए । डडेल्धुराको तत्कालीन जोगबुढा तथा शिर्ष गाउ“पञ्चायतमा पुस्र्थापना गरिएका राउटे मध्ये केही परिवार पुन जंगल फर्केपनि अधिकांश परिवार भने सामाजिक मूलधारमा जोडिएका छन ।
मुलुकमा द्वन्द्व सुरु भएपछि केही परिवार राउटे सामाजिक असुरक्षाका कारण गाउ“ छोडेर हि“डेका हुन । राउटे अगुवा शान्तिदेवीले भनिन–‘केही परिवार कञ्चनपुर, डडेलधुराको सीमा क्षेत्र मुसेटीमा छन अरु भने कता गए कसैलाई जानकारी छैन ।’
पछिल्लो राजनैतिक परिवर्तन पछि लोपोन्मुख राउटेलाइ जन्मिने वित्तिकै एक हजार मासिक भत्ता दिने सरकारी निर्णयले पनि उनीहरुलाइ सामाजिक मूलधारमा ल्याउन सहज भएको हो । स्थानीय अगुवा कैलाश पाण्डेयले भने ‘सरकार , स्थानीय समाजिक संघसंस्था र राउटे अगुवाहरुको अथक प्रयासले पछिल्लो सयम उनीहरुमा सामान्य परिवर्तन मात्र होइन राजनैतिक चेतना समेत आएको छ ।’
स्थानीय तहको निर्वाचनपछि बनेको स्थानीय सरकारले पनि राउटेको जीवन स्तर सुधार गर्न धेरै प्रयास भएको छ उनले भने ‘राउटेहरुको परम्परागत काठको काम गर्ने सिपलाइ आधुनिककरण गरी उनीहरुलाइ ब्यवसायिक वनाउने हो चा“डै राउटेहरु आर्थिक रुपमा समृद्ध हुन सक्छन ।’
काठका भा“डाकु“डा र सामग्री वनाउने उनीहरुको परम्परागत अदभुत सिप अरु समुदायमा पनि सार्न सके अझ वढी प्रभावकारी हुन सक्ने सामाजिक अगुवा पाण्डेयले बताए । उनले भने ‘आमपानी र रज्यौडा वस्तीमा अव राउटे भेटिदैनन सवै रजवार भइसकेका छन ।’