धनगढी, २३ मंसिर
धनगढी उप–महानगरपालीका ७ पटेलामा रहेको पटेला सामुदायीक बनको १०औं साधारणसभा शोमबार सम्पन्न भएको छ ।
पटेला सामुदायीक बन धनगढीको उत्तकृष्ट सामुदायीक बन भित्र पर्दछ । साधारणसभाको धनगढी उप–महानगरपालिकाका कार्यबाहक नगरप्रमुख हिरासिंह पातलीले गरेका थिए । पटेला सामुदायीक बन उपभोक्ता समितिले स्थानीय सरकारले पुरा गर्नुपर्ने कतिपय काम आफै गरेको छ कार्यबाहक नगरप्रमुख पातलीले भने, आगामी दिनमा पनि उप–महानगरपालिका साझेदारी गरेर अगाडी बढ्ने छ ।
पटेला समुदायीक बन उपभोक्ता समितिले बनबाट भएको आम्दानीले सडक कालोपत्रे सम्म गरेको छ कार्यबाहक नगरप्रमुख पातलीले भने, आयआर्जन र गरिवि निवारणका क्षेत्रमा पनि काम गरेको पाईयो ।
धनगढी उप–महानगरपालिका वडा नं ७ का अध्यक्ष सिताराम रानाले पटेला सामुदायीक बनले नगरमै उत्कृष्ठ काम गरेको बताए । स्थानीय सरकार संचालन ऐन २०७४ ले सामुदायीक बनको ब्यबस्थापन, रेखदेख र नियमन गर्ने जिम्मेवारी स्थानीय सरकारलाई दिएको छ अध्यक्ष रानाले भने, सामुदायीक बन स्थानीय सरकारको अभिन्न अंग पनि हो । पटेला सामुदायीक बन उपभोक्ता समितिका अध्यक्ष अर्जुन चौधरीले आफुहरुको प्रयास सामुदायीक बनलाई गरिव र निमुखाको धन बनाउनमा रहने बताए ।
पटेला समुदायीक बन उभोक्ता समितिको साधारणसभा सम्पन्न
पटेला समुदायीक बन उभोक्ता समितिको साधारणसभा सम्पन्न