भक्तपुर – भक्तपुरमा कम्युनिष्टको लालकिल्ला कांग्रेसले भत्काइ दिएको छ । भक्तपुर क्षेत्र नम्बर १ (क) मा नेपाली कांग्रेस विजयी भएको हो । कांग्रेस उम्मेदवार कृष्णलाल भडेल १३ हजार ७४८ मत सहित प्रदेशसभा सदस्यमा विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेकपाका उम्मेदवार डीपी ढकालले ११ हजार २ सय १० मत पाएका छन् । नेमकिपाका निरज लवजुले ५ हजार ८२९ मत पाएका छन् । भक्तपुर क्षेत्रनम्बर २ कमा भडेल निर्वा्चित भएको औपचारिक घोषणा हुन भने बाँकी रहेको बताइएको छ ।